Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका सांसद भानुभक्त ढकाल कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री नियुक्त भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो । यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी संघीय समाजवादी फोरमका डा. सुरेन्द्र यादवले पाउने बताएको छ । मन्त्री राज्यमन्त्रीको सपथ साढे ४ बजे तय भएको छ ।

Read More

काठमाडौँ : नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल छन् । ज्ञानेन्द्र मल्ल ब्यकित्गत १३ रन र अनिल शाहले ४ रन बनाएर बाहिरिए । नेदरल्यान्ड्स टोलीमा पिटर सिलार (कप्तान), वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर,…

Read More

काठमाडौँ: प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । यसघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । सिंहदरबारमा बसेको समितिको बैठक आजै सकी सहमति नभए मतदान वा अन्य प्रक्रियाबाट नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुने समितिका सदस्य सुमनराज प्याकुरेलले बताए ।

Read More

काठमाडौँ: प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । सिंहदरबारमा बसेको समितिको बैठक आजै सकी सहमति नभए मतदान वा अन्य प्रक्रियाबाट नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुने समितिका सदस्य सुमनराज प्याकुरेलले बताए ।

Read More

काठमाडौँ: नेपाल टेलिकमले वितरण गरिरहेको एफटीटीएच सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । सेवाको आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि ३ महिनाको लागि प्रमोसनल अफरको रुपमा कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरिएको छ । आईपी प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुन्छ । यसका लागि ग्राहक वर्गलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराएको टेलिकमले जनाएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ…

Read More

काठमाडौँ: नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय वाल्मीकि विद्यापीठको भवन रहेको चौरमा प्रि–फ्यावमा सञ्चालित छ । आज यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गरे । ऐतिहासिक रानीपोखरीको पश्चिम दिशामा रहेको करीब नौ रोपनी जमीनमा भवन बन्नेछ । चारतले यस भवनमा ४० कक्षाकोठा बन्नेछन् । २०…

Read More

काठमाडौँ :धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान÷अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ । धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ । करीब २० मिनेटको समयपछि सेवा पुनःशुरु भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले राससलाई जानकारी दिए । खासगरी वर्षाको समयमा यस्तो समस्या पटक–पटक निम्तिने गरेको छ । केही दिन पहिले नेपालगञ्जबाट काठमाडौँ आउनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सवार विमानसमेत धावनमार्ग उप्किएका कारण करीब ४५ मिनेट आकाशमै घुम्ने (होल्ड) मा पर्नुभएको थियो । विमानस्थलको धावनमार्ग मर्मतका लागि पटक–पटक…

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ । यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम “सोल्टी” र डेढदेखि दुई वर्षको पोथीको नाम “मितिनी” राखिएको छ । बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौँ पठाइँदै छ । पहिलो…

Read More

काठमाडौँ: गत आर्थिक वर्षमा कुल पूँजीगत बजेटको खर्च पाँच वर्षकै उच्च भएको छ । आर्थिक वर्षको अन्तिम एक महिनामा विकासका कामले तिब्रता पाउँदा पूँजीगत बजेटको ७९ दशमलब ७४ प्रतिशत बजेट खर्च भएको छ । गत आर्थिक वर्षको कुल पूँजीगत खर्च बिनियोजनको ३ खर्ब ३५ अर्ब १७ करोड मध्ये २ खर्ब ६७ अर्ब २० करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०६९/७० मा पूँजीगत खर्च ७८ दशमलब ३७ प्रतिशत भएको थियो भने २०७०/७१ मा घटेर ७६.०९ प्रतिशत र २०७१/७२ मा ५९.०१ प्रतिशत भएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७३ /७३ मा आर्थिक वर्ष २०७२ /७३ को तुलनामा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित “डिजिटल नेपाल कन्फरेन्स” को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा हामी कुद्न सकेनौँ भने हामीलाई कसैले पर्खेर नबस्ने उल्लेख गर्दै सरकार सुशासनमार्फत देशलाई विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग बढाउने प्रक्रियामा रहेको बताए । सरकारले विद्युतीय भुक्तानी शुरु गरिसकेको र शिक्षा क्षेत्रमा डिजिटलको प्रयोग अस्वीकार गर्न नसकिने भइसकेको जनाउँदै उनले मुलुकको उत्पादन र उत्पादकत्व बढाउन नागरिकको क्षमता वृद्धिका लागि सम्मेलनले…

Read More