काठमाडौँ: प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ ।
समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
यसघि, प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय गर्न बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठक १५ मिनेटका लागि स्थगन भएको छ ।
सिंहदरबारमा बसेको समितिको बैठक आजै सकी सहमति नभए मतदान वा अन्य प्रक्रियाबाट नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुने समितिका सदस्य सुमनराज प्याकुरेलले बताए ।
Facebook Comments Box