Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- कक्षा १२ को परीक्षाफल सार्वजनिक
- सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँले घट्यो
- प्रतिनिधि सभाबाट बजेट पारित
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, पूर्वाधार विकास क्षेत्रमा ६१ प्रतिशत बिनियोजन
- आज बजेट पारित हुँदै, अर्थमन्त्री वाग्लेसहित मन्त्रीहरुले जवाफ दिने
- लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छ: नेपाल चेम्बर
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ ः चेम्बर अध्यक्ष अग्रवाल
- कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: न्याय परिषद्को आजको बैठकले राजश्व न्यायाधिकरण काठमाडौँमा रिक्त कानून सदस्य एवं अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश किशोर सिलवाललाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय गरेको छ । संविधानको धारा १४३ बमोजिम सिलवाललाई सो पदमा तोक्न सरकारलाई परामर्श दिने निर्णय भएको हो । बैठकबाट उच्च अदालतका विभिन्न १७ न्यायाधीशको काज बिदा समर्थनको पनि निर्णय भएको परिषद्ले जनाएको छ ।
काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष राज कंडेलले नेपालको समृद्दी र बिकासको लागि नीजि क्षेत्रसंगको सहकार्य र साझेदारिता समृद्दीको यात्रामा सुरु देखि अन्त्य सम्म हुनुपर्ने बताएका छन् कुरा उल्लेख गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसंग भाबि योजनाबारे छलफल गर्दै उनले सो कुरा बताएका छन् । नेपालको बिकासबारे नीजि क्षेत्रको धारणा लिने क्रममा उनले भने, “नीतिगत, योजनागत र कार्यन्वयन लगाएत सबै तहमा हुने नीजि क्षेत्रसंगको सहकार्यले सार्थक परीणाम निस्कन्छ ।“ सोहि क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको बिकासको लागि लगानी प्रधान कुरा भएको र स्वदेशी पूंजीको उचित परिचालनको…
काठमाडौँ : पछिल्लो केहि दिनदेखि अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । नेपाल राष्टबैंकले मंगलबारका लागि जारी गरेको डलरको खरीद तथा बिक्री दर हालसम्मकै उच्च बनी नयाँ किर्तिमान कायम भएको हो । केन्द्रीय बैंकले मंगलबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.३७ रुपैयाँ र खरीद दर १०९.४४ रुपैयाँ र बिक्री दर ११०.०४ रुपैयाँ तोकेको थियो । तर आज केन्द्रीय बैंकले बुधबारका लागि प्रति अमेरिकन डलरको बिक्री दर ११०.०३ रुपैयाँ तोकेको छ जुन मंगलबारको तुलनामा ३५ पैसाले कमि हो । अमेरिकी अर्थतन्त्र सवल हुँदैै गएपछि डलरको मूल्य आकाशिएको नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायण पौडेलले बताए । डलरको मूल्य घटबढ…
काठमाडौं ः सुन काण्डका अभियुक्त एसएसपी श्याम खत्रीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत, मोरङले आज भएको बयान र थुनछेक बहसपछि खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनले आजै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेपछि जिल्ला न्यायधिश नारायणप्रसाद शर्माले बयान लिएका थिए । उनलार्इ जिल्ला कारागार, मोरङमा राखिएको छ ।
बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । बैंकको मुख्यालय बेइजिङमा सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी दिए । उनले लगानीकर्तालाई नहच्किन पनि भने । प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष जेनले लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा आउन आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताएका थिए । (रासस)
काठमाडौँ: नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको जिम्मेवारी टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरी सेवा सञ्चालनमा ल्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा २०७५ असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएकोमा नेपाल टेलिकमले २०७५ जेठ मसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा उपकरण जडान गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको, टेलिकमले जनाएको छ । ग्रामीण क्षेत्रमा समेत दूरसञ्चार सुविधा उपलब्ध गराउने…
काठमाडौँ: विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्न तोकिएको मापदण्ड विपरीत दुई वटा ‘प्रि–फ्याब’ (अस्थायी प्रकृतिका) भवन बनाइएको छ । विसं २०६४ देखि नै पशुपति क्षेत्र विकास कोषले कार्यालय भवन बनाउने तयारी गरेको थियो । कोष सञ्चालक परिषद्मा पुराना सत्तल नै जीर्णोद्धार गरेर बस्नुपर्छ भन्ने मत बढी भएपछि सफल हुन सकेको थिएन । भूकम्पपछि धेरै सरकारी कार्यालयले ‘प्रि–फ्याब’ भवन बनाए । त्यसको प्रभाव सम्पदा क्षेत्र पशुपतिमा पनि प¥यो । कोषले कार्यालय भवन बनाउन पुरातत्व विभागमा सिफारिसका लागि २०७० माघ २४ गते निवेदन दिएको थियो । विभागले त्यसै वर्ष भवन निर्माण हुने स्थलको निरीक्षण ग¥यो । निरीक्षणपछि तलाको उचाइ…
नवलपरासी: गण्डक नहरका कारण खेतीयोग्य जमिन डुबेपछि पीडित किसानले भारततर्फ जाने गण्डक नहरको बाँध भत्काएका छन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । खेतमा जमेको पानीको निकास नभएपछि सुस्ता गाउँपालिका– २ लक्ष्मीपुरका किसानले नहरको डिल भत्काएका हुन् । रातको समयमा उनीहरूले डिल भत्काएर खेतमा जमेको पानी नहरमा पठाएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । भारतीय पक्षले पानीको निकासका लागि साइफल मर्मत नगर्दा बर्सेनि नेपालतर्फको खेतीयोग्य जमिन डुबानमा पर्ने गरेको छ ।
काठमाडौं: आर्थिक वर्षको अन्त्यमा लिपापोती गरेर बजेट सक्ने विकृति दुईतिहाइ बहुमतको सरकारले पनि रोक्न सकेको छैन । बरु, सर्वोच्च सचिवालयको आँगनमै विकासका नाममा मध्यअसारपछि पैसा बगाउने काम भइरहेको छ । अहिले फुटपाथ भत्काइएकाले सिंहदरबार हिलाम्मे छ । फुटपाथका स्ल्याब निकालेर हतारहतार नयाँ राखिँदै छ । सिंहदरबार मर्मतसम्भारको जिम्मा पाएको सिंहदरबार सचिवालय पुनर्निर्माण समितिले भने कार्यक्रम स्वीकृत नै ढिलो भएकाले अन्तिम अवस्थामा काम गर्नुपरेको जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ । सचिवालयका सदस्यसचिव वसन्त राईले भने, ‘म समितिको नेतृत्वमा आएको दुई महिना मात्र भयो, म आएपछि काम भटाभट भएको हो, यसपालि असारमै प(यो के गर्ने त ?’ समितिका इन्जिनियर…
काठमाडौं: विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो । आजको नगरिक दैनिकमा समाचार छ । विशेषका न्यायाधीशहरु द्धारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले मंगलबार सरकारी जग्गा व्यक्तिका नाममा दर्ता मुद्दामा मिलेमतो गर्ने कर्मचारी सहितलाई आंशिक दोषी ठहर गरेको हो ।