Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: देशभर तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित बनेको छ।तापक्रम बढ्दै जाँदा तराई मधेशका जिल्लामा तालो हावा (लु) चल्न थालेको छ। जसको कारण तराई मधेस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। आइतबार भैरहवा र जनकपुरको अधिकतम तापक्रम ४० डिग्री भन्दा माथि मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो भैरहवामा अधिकतम तापक्रम ४०.६ डिग्री सेल्सियस मापन भएको छ। त्यसैगरीमा जनकपुरमा ४०.२, धनगढीमा ३८.५, नेपालगन्जमा ३८.४ र सिमरामा ३९.२ डिग्री सेल्सियस मापन भएको छ। काठमाडौँमा आइतबार अधिकतम तापक्रम ३३.५ डिग्री मापन भएको छ।

Read More

काठमाडौँ, १० वैशाख : नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसकेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ । महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाउनुभयो । महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि सङ्गठन…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज परेको समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक विज्ञप्तिमार्फत उहाँले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरू तथा जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो । साथै सो विज्ञप्तिमार्फत उहाँले यस अवसरमा सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र दीर्घजीवनको कामना पनि गर्नुभएको छ । लेनिन जयन्तीको अवसर पारेर नेपालमा…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताउनुभएको छ । ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेता कर्माचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताउनुभयो । “उहाँको नाममा ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा ‘नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय’ स्थापना भएको छ ।” दिवङ्गत कर्माचार्यले २००५ सालदेखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प्रधानमन्त्री…

Read More

पोखरा: गोरखाको वीरेन्द्र ताल फुटेको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो । चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ । ‘माथि खासै ठुलो क्षति भएको छैन । एउटा काठेपोल बगाएको भन्ने छ,’ उनले भने, ‘तल्लो क्षेत्रमा नदी बढेको छ । सतर्कता अपनाउन भनेका छौँ ।’ बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो ।

Read More

काठमाडौँ : वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट रु ५० करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट रु ५० करोड ५६ लाख ६५ हजार तीन सय ९९ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको हो । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले सगरमाथा आरोहणमा उत्साहवद्र्धकरुपमा आरोही आइरहेको बताउनुभयो । उहाँका अनुसार सगरमाथा आरोहीबाट हालसम्म राजस्व राजस्व सङ्कलन भइरहेको छ । अघिल्लो वर्षकै हाराहारी रोयल्टी उठ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । विभागले अद्यावधिक गरेको विवरणअनुसार सगरमाथा आरोहणका लागि ३३ आरोही समूहका ६५ महिला र…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ । तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव एक सय ९० किलोमिटर सुरुङ…

Read More

काठमाडौँ: अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फकिर्एका छन् । वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् । चार सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । मन्त्री पुन विश्व बैंक र मुद्रा कोष बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा संक्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी भए । पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका…

Read More

काठमाडौं: चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पुरा भएको जानकारी दिएको हो । एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा हुनेछ । बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने बैशाख १३ गते सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका तय भएको इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । विद्युतको…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार)देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ। गोदावरीस्थित सनराइज सभाहलमा २ दिन चल्ने परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ। एमालेले चितवन महाधिवेशपछि पहिलोपटक परिषद् बैठक गर्न लागेको हो। मिसन ग्रासरुट, झुलाघाट-चिवाभञ्याङ संकल्पयात्राजस्ता ठूला र देशव्यापी अभियान सम्पन्न गरिसकेपछि एमालेले महाधिवेशनपछिको सबैभन्दा ठूलो भेला गर्न लागेको हो। शनिबार बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले परिषद्को उद्घटन गर्ने कार्यक्रम छ। शुक्रबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजना गरी नेताहरुले बैठकको सबै तयारी पूरा भएको जानकार दिएका थिए। परिषद् बैठकमा पार्टी अध्यक्ष…

Read More