काठमाडौँ:
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब दुई घण्टा भेटवार्ता भएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकी सिंहदरबारबाट बाहिरिएका हुन्।
भेटवार्तापछि ओलीले समसामयिक राजनीतिक विषयमा छलफल भएको बताए।
साथै, उनले संसदको बजेट अधिवेशन बोलाउने मामिला संसद र सरकारको भएको भन्दै छिटै अधिवेशन बोलाउने विश्वास पनि व्यक्त गरे।
Facebook Comments Box
