Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १९ चैतः यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।
काठमाडौँ: प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
काठमाडौं : उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो भ्रमण सफल भएको बताए । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ छ । प्रतिपक्षले विदेश डुलेको भनेर आलोचना गरेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘विदेशमन्त्रीहरुले, विश्वमा देख्नुभयो भने आफ्नो देशमा बसेर…
काठमाडौं: राजस्व अनुसन्धान विभागले १० अर्ब ३६ करोड ४५ लाख २२ हजार ६ सय ४२ रूपैयाँको माग दाबी गर्दै कोटीभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दर्ता गरेको छ। कम्पनीले सेयर स्वामित्व परिवर्तमा कुनै जानकारी नदिइ कर छली गरेको आरोपमा विभागले मुद्दा दर्ता गरेको हो। कम्पनीको विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिएको भएतापनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार प्रचलित कर कानून बमोजिम तिर्नु बुझाउनुपर्ने आयकर, मूल्य अभिवृद्धि कर राजस्व समेत दाखिला नगरी राजस्व चुहावट गरेको भेटिएको आरोपपत्रमा छ। कोटीभिटी नेपाल प्रालि नेपालमा दर्ता भएको पूर्ण वैदेशिक लगानी भएको कम्पनी हो। कम्पनीले आफूमा रहेको निहीत सेयर स्वामित्वमा भएको परिवर्तन र सोबाट कम्पनीको…
काठमाडौँ: नेपाल आयल निगमले पेट्रालको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको छ । यससँगै काठमाडौं उपत्यकासँगै पोखरा र दिपालयमा पेट्रोल एक लिटरको १७५ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र वीरगञ्ज क्षेत्रमा पेट्रोल एक लिटरको १७२ रुपैयाँ ५० पैसा पर्नेछ । डिजेल, मट्टितेल र खाना पकाउने ग्लपी ग्यासको मूख्य भने हेरफेर भएको छैन । आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ खरिद मुल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेको र डिजेल र मट्टितेलमा ३९ पैसा घटेको निगमले जनाएको छ ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।राजस्व वृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी आइतबार प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोवारमा हुने सेटिङ्ग भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस् । झुटा तथा नक्कली विल विजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस्,’ प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन…
काठमाडौँ:कास्कीमा जिप दुर्घटना हुँदा कम्तीमा २ जना यात्रुको ज्यान गएको छ। घटनामा १० जना घाइते भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा ग१ज ५५४७ नम्बरको जिप दिउँसो साढे ३ बजे दुर्घटनामा परेको हो। मृतकहरूको नाम खुलिसकेको छैन। घटनामा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का २२ वर्षका धनराज सुनार, त्यही ठाउँका ७ वर्षीय बालक आरुष विक, ४१ वर्षीय राजकुमार विक र ५० वर्षीया देउमाया केसी छन्। पोखराबाट भदौरेतर्फ जाँदै गरेको जिप दुर्घटनामा पोखरा-३३ खोलाखेतका ५८ वर्षीय लक्ष्मण कामी, कार्कीतगराका ५० वर्षीय लक्ष्मण सुनार, अन्नपूर्ण-५ सल्यानका ३३ वर्षीय प्रकाश सुनार, १४ वर्षीया सोविसा सुनार र २ वर्षीय सुप्रिम सुनार घाइते भएका छन्। जिल्ला…
काठमाडौँ:ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रुपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ। बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सातवटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको हो। कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुका बारेमा जानकारी गराइएको छ। यसैगरी, बैंकले ग्लोेबल मनि विक २०२४ को अवसर पारेर देशव्यापी रुपमा वित्तीय कार्यक्रमहरु आयोजना गरिरहेको छ। अहिलेसम्म सम्पन्न विभिन्न कार्यक्रमहरुमा १४ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण…
काठमाडौँ:एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले विजयी सुरुवात गरेको छ। गुजरातको वापीमा आइतबार भएको सिरिजको पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो। गुजरातले दिएको ९९ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान रोहित पौडेल ३३ र अनिल शाह ३२ रनमा अविजित रहे। ओपनर कुशल भुर्तेल १७ र आशिफ शेखले १६ रन बनाए। त्यसअघि गुजरातको वापीमा नेपालले टस जितेर फिल्डिङ रोजेपछिब्याटिङ गरेको गुजरात १८.२ ओभरमा ९८ रन बनाउँदा अलआउट भयो। गुजरातका लागि ओपनर रुद्र पटेलले बनाएको २३ रन नै सर्वाधिक रह्यो। हेमंग पटेलले २०, सरल प्रजापतीले…
काठमाडौं । नेपालमै उत्पादित ‘ग्रिन हाइड्रोजन’ (जलविद्युत् र पानी प्रशोधन) बाट सवारीसाधन चलाउन गरिएको परीक्षण सफल भएको छ । काठमाडौं विश्वविद्याल (केयू) मा आइतबार हाइड्रोजन रिफिलिङ स्टेसनको सफल परीक्षण गरिएको नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजना प्रमुख प्रा.डा. विराजसिंह थापाले जानकारी दिए । ‘दुई वर्षको निरन्तर अनुसन्धानपछि आज बिहानैबाट हामी हाइड्रोजन इन्धनलाई कारमा राख्ने कामको परीक्षण गरिरहेका छौं,’ थापाले भने, ‘यो दिन नेपालका लागि निकै महत्वपूर्ण हुनेछ ।’ विश्वविद्यालयमा स्थापना गरिएको हाइड्रोजन रिफिलिङ स्टेसनबाट उत्पादन भएको हाइड्रोजन आज कारमा राखिएको हो ।