Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » जीबी राई अध्यक्ष रहेको सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो वकिल कार्यालयमा

    जीबी राई अध्यक्ष रहेको सहकारीको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो वकिल कार्यालयमा

    पहिलोक्लिकपहिलोक्लिकApril 14, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरीले सुप्रिम सहकारीका व्यवस्थापक देखि सञ्चालक गरी २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुटवलमा बुझाएको हो।

    इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सुप्रिम सहकारीका बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका ५ जना सहित २८ जनालाई प्रतिवादी बनाएको हो।

    डिएसपी पण्डितका अनुसार प्रहरीले गएको जेठ ४ गते सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पक्राउ गरेको थियो। तत्कालीन सचिव दिपेश पुनलाई काठमाडौंबाट पक्राउ गरी बुटवल ल्याइएको थियो।

    त्यसैगरी, पोखरामा पक्राउ परेर कारागारमा रहेका सहकारीका तत्कालीन कोषाध्यक्ष कुमार रम्तेल र आइटी प्रमुख भविश्वर अर्याल लगायतलाई बुटवल ल्याएर अनसन्धान गरेको थियो।

    सहकारीका ठगीका मुख्य नाइके जिबी राईलाई भने अहिले सम्म प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। मलेसियामा लुकेर बसेको भनिएका उनलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरेको छ।

    गत वर्षदेखि बचतकर्ताहरूको रकम भुक्तानी दिन नसकेपछि सुप्रिम सहकारीको रकम चरम दुरूपयोग भएको रहस्य खुलेको थियो। बुटवलको सहकारीमा सबैभन्दा लामो समय व्यवस्थापकको रूपमा काम गरेर जिबी राईलाई सघाएका सागर केसी समेत हाल सम्म पक्राउ परेका छैनन्।

    लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएपछि रुपन्देही प्रहरीले अध्यक्ष गुरुङ र भैरहवा शाखामा कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।

    २०७२ साल चैत ८ गते सहकारी डिभिजन कार्यालयमा सहकारी ऐन विपरित दर्ता भएको उक्त सहकारीमा बेलखु १ ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राई अध्यक्ष राखेर दर्ता गरिएको थियो।

    राईले आफू अध्यक्ष र सहकारीको संरक्षक रहेकै बखत आफ्ना विभिन्न कम्पनीका नाममा ८४ करोड भन्दा बढी रकम ऋण लगेका थिए। सहकारीको साँवा र व्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७६५ रुपैयाँ लिएर राई सम्पर्कविहीन छन्।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.