Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

तनहुँ: तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ। दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी पाँच सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा देवघाट –३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। ट्रक चालकको खोजी भइरहेको उनले बताए। ट्रक दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि दमौली अस्पताल लगिएको थियो। उपचारको क्रममा आज बिहान उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका हुन्। रासस

Read More

काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षा उक्त मितिमा गर्ने निर्णय गरेको हो। बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा। महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए । बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो । तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो । यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये…

Read More

काठमाडौँ: र्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले जानकारी दिए। पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी छन्। गत सोमबारदेखि विमानस्थल भन्सार चेकिङका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ। यसअघि सामान चेकिङमा निजी कम्पनीका सुरक्षाकर्मी खटिने गरेका थिए। अर्थ मन्त्रालयको अनुरोध पछि गृह मन्त्रालयको निर्देशनमा सशस्त्र प्रहरी बल खटाउन थालिएको हो। अहिले सशस्त्र प्रहरी बल र भन्सारका कर्मचारीको टोलीले चेकिङ गर्न थालेको हो। यसक्रममा आइतबार बिहान सुनसहित एक जना समातिएका हुन्।

Read More

काठमाडौँ: सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।इच्छाराज र उनको परिवारका सदस्यलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार दोषी ठहर गरेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितलाई दोषी ठहर गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दर्ता गरेको यो मुद्दामा गत मंगलबारदेखि निरन्तर सुनुवाइ भएको थियो। विशेषले इच्छाराजलाई दोषी ठहर गरिसकेपछि अब सजाय निर्धारणका लागि अर्को पेशी तोकिने भएको छ। नेकपा एमालेका पूर्वसांसदसमेत रहेका उनीविरुद्ध तीन अर्ब ३१ करोड ८५ लाख बिगो कायम गरी १६ भदौ ०७९ गते मुद्दा चलाइएको थियो। यस प्रकरणमा इच्छाराजकी पत्नी सृजना शाक्य…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिना अर्थात पुस महिनासम्ममा मुलुकको व्यापार घाटा झण्डै ७ खर्ब रुपैयाँ पुगेकोे छ । भन्सार विभागका अनुसार यस अवधिमा नेपालले ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.६२ प्रतिशतले कम हो । विभागका अनुसार गत वर्षको सोहि अवधिमा नेपालले ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो। विभागका अनुसार ६ महिनाको अवधिमा ८ खर्ब ४३ अर्ब १३ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।…

Read More

काठमाडौँ: पछिल्ला केही दिनदेखि अधिक कारोबार भइरहेको सेयर बजारमा आइतबार साढे सात अर्ब बढीको कारोबार भएको छ । लगातार बढेको बजार करेक्सनको बाटोमा जाँदा सस्तो मूल्यमा सेयर किन्नेहरुको सक्रियता बढेपछि कारोबार रकम ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ भएको हो । बजार खुलेको केही बेरदेखि नै उतारचढाव देखिएको बजारमा खरिदकर्ताहरु हाबी भएका थिए । यद्यपी अद्यपकालीन नाफा सुनिश्चित गर्नेहरुले सेयर बिक्री गर्दा बजार परिसुचक नेप्से २५.६३ अंकले घटेर २१३०.१८ अंकमा ओर्लिएको हो । ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स ७.४१ अंकले घटेर ३८६.३० अंमा ओर्लिएको बजारमा सेन्सेटिभ फ्लोट २.७५ अंकले घटेर १२७.५१ अंकमा झरको छ । त्यस्तै समग्र…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने संकेत गरेका छन्। युगान्डा भ्रमणपछि आज बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै रुसलाई कूटनीतिक नोट पठाएर सबै कुरा भनिसके पनि नेपालको आग्रहलाई रुसले मान्ने स्थिति नरहेको बताएका हुन्। रुसी सेनामा भर्ती भएका नेपाली युवालाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको दाबी पनि प्रधानमन्त्रीले गरे। ‘रुसी सेनामा भर्ना भएकाहरुलाई फिर्ता गर्न हामीले कूटनीतिक पहल जारी राखेका छौँ। रुस-युक्रेन युद्धमा छन्। अहिले सरकारले भन्ने वित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन।’ युगाण्डामा रुसी उप विदेशमन्त्रीसँगको भेटका क्रममा पनि आफूले नेपालीहरूलाई फिर्ता पठाइदिन आग्रह गरेको उनले सुनाए।…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको सेवाका बारेमा तपाईसँग केही गुनासो छ ? तपाईको आफ्नो क्षेत्रमा बिना सूचना बिजुली काटियो वा पोलमा कुनै समस्या आयो ? प्राधिकरणका कर्मचारीले अनावश्यक दुःख दिए वा बिजुलीको मिटर लिन कुनै समस्या छ भने तपाईले पैसा नलाग्ने नम्बर ११५१ मा फोन गरेर आफ्नो गुनासो टिपाउन सक्नुहुन्छ ।सेवाग्राहीका यस्तै वा अन्य कुनै पनि प्रकारका समस्या, गुनासो भएमा सो हटलाइनमा फोन गरेर टिपाउन सक्नेछन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा यसअघि नै स्थापित सो हटलाइन सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन लागिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज हटलाइन सेवामा संलग्न मन्त्रालय र प्राधिकरणका…

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल गरेको छ । नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवद्धय मुकुन्द प्रसाद निरौला, नारायण प्रसाद शर्मा दुवाडीलगायतको उपस्थितीमा विहिबार राजधानीमा आयोजित स्वदेशी मिट एण्ड ग्रीटमा स्वदेशी उद्योगहरुको प्रबद्र्धनका लागि लिइनुपर्ने नीतिगत विषयहरुमा छलफल गरिएको हो । कार्यक्रममा मेक इन नेपाल स्वदेशी अभियानले हालसम्म गरेका विभिन्न कार्यहरुका विषयमा जानकारी समेत गराइएको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले स्वदेशी अभियानमा आवद्ध उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने लगायतका गतिविधिहरु…

Read More

काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनका लागि नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन दिएका छन। अर्थमन्त्रीको संयोजकत्वमा शुक्रबार सम्पन्न लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमा उनले यस्तो निर्देशन दिएका हुन । सरकारले आगामी वैशाख १६ र १७ तद्अनुसार अप्रिल २८ र २९ मा काठमाडौंमा लगानी सम्मेलन आयोजना गर्देछ , त्यस्तै उनले लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न निजी क्षेत्रलाई आह्‍वान गरे। आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरूसँगको सहकार्यमा नेपाल…

Read More