Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशबाट नेता कृष्ण सिटौलालाई उम्मेदवार बनाउने भएको छ। पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सत्ता गठबन्धनका राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला आजै कोशी प्रदेशको राजधानी विराटनगर गएका छन्। कांग्रेसले पाएका १० सिट मध्ये अरू ९ सिटमा भने सहमति भइसकेको छैन। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोशीमा खाली भएका दुई सिट मध्ये अन्यतर्फ कांग्रेसबाट उम्मेदवार उठाउने निर्णय गरेको थियो। यही माघ ११ गते १९ सिटका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन छ।

Read More

काठमाडौं: नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठकले दुई देशबीच सीमापार विद्युत् प्रसारण लाइनको क्षमता अभिवृद्धि गरी विद्युत् आदान–प्रदान सहज बनाउन विभिन्न ८ बुँदे सहमति गरेको छ । ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को गत शुक्रबार (पौष २०) गते चितवनको मेघौलीमा बसेको ११ औँ यस्ताे सहमति गरेकाे हाे । बैठकले नेपाल-भारतबीचको मौजुदा विद्युत् प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका जलविद्युत आयोजना तथा अन्तरदेशीय विद्युत् आयात-निर्यात लगायतका विषयमा छलफल गरेको थियो । बैठकले सहसचिवस्तरकाे संयुक्त कार्य समूह (जेडब्लुजी) को बैठकको सिफारिसका विषयमाथि छलफल गर्दै नेपाल-भारत र अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुर्‍याउन सहमति गरेको हो…

Read More

काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले १९ पुसमा भएको नेपाल–भारत दीर्घकालीन ऊर्जा व्यापार सम्झाैता (लङटर्म पिपिए) को स्वागत गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर इपानले उक्त सम्झौताको स्वागत गरेको हो । कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले २०७१ कात्तिक ४ मा भएको नेपाल–भारत विद्युत् व्यापार सम्झौता (पिटिए) पछि दुई देशबीच अल्पकालीन रूपमा विद्युत् व्यापार हुँदै आएको स्मरण गर्दै अबको १० वर्षमा दैनिक १० हजार मेगावाट विद्युत् भारत पठाउन सकिने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता ऐतिहासिक र स्वागतयोग्य रहेको बताए । कार्कीले भारत र नेपालबीच भएकाे ऐतिहासिक निर्णय सफल पार्न थुप्रै चुनौती रहेको बताए । ‘हिजोका दिन…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्र्नपुर्ण गाँउपालिका वडा नं. ०६ पोखरे आधारभुत बिद्मालयमा १८० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान…

Read More

गोरखा: विगतका वर्षजस्तै यस वर्ष पनि गोरखाबाट नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । नेपाल एकीकरणको क्रममा प्रयोग भएको गोरखादेखि काठमाडौसम्मको ऐतिहासिक पदमार्गमा शनिबारदेखि पदयात्रा सुरु भएको हो । शनिबार गोरखा दरबारबाट सुरु भएको पदयात्रामा अधिकृतको कमाण्डमा ३० जनाको टोली सहभागी छन् । उनीहरु टर्च र नेपाली सेनाको पहिलो पाँच कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर गण र सबुज गणको झण्डासहित पदयात्रामा सहभागी भएको रिपुमर्दन गणका गणपती अशोक कुमार क्षेत्रीले बताए । उनीहरुलाई गोरखा दरबार परिसरमा एक कार्यक्रमका बीच टर्च र झण्डा हस्तान्तरण गरेर बिदाइ गरिएको छ । पश्चिम पृतना हेडक्वाटर पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल र स्थानीय…

Read More

काठमाडौँ: आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन दलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि साथमा लैजाने ढोका बन्द भएको छ । शनिबार सत्ता गठबन्धनमा रहेका ४ दलको बैठकले अब एमालेलाई साथमा लिएर जान नसकिने भन्दै गठबन्धन दलहरूबिच नै सिट बाँडफाँड गरेर जानेबारे छलफल भएको हो । गठबन्धन दलको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने–‘अब एमालेलाई समेट्ने स्थिति रहेन । एउटा बृहत लोकतान्त्रिक सन्दर्भमा राष्ट्रिय सभामा सबै दललाई समेटेर जाने हो कि भन्ने सोचाई हो । तर एमालेले सत्ता गठबन्धन दलको सदासयतालाई थोरै कमजोरीको रूपमा बुझेको जस्तो देखियो त्यस कारण उहाँहरूसँग कुरा मिलेन ।’

Read More

काठमाडौँ । सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर शाहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । शनिवार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी सो घटनामा मृत्यु भएका साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको हो । साथै सो घटनाबारे सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । छानबिन समितिको सदस्यमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् । शुक्रवार वरहथवा नगरपालिका ५ मा प्राथमिक स्वास्थ्य…

Read More

काठमाडौं: रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान उत्पादनमूलक क्षेत्रमा खुलाइएको भाषा परीक्षामा १ लाख ६४ हजार भन्दा बढीले आवेदन दिएका छन् । ईपीएस कोरिया शाखाका अनुसार शुक्रबार साँझ ५ बजेसम्म १ लाख ६४ हजार ३२२ जनाको आवेदन परेको छ । जसमध्ये २० हजार ५२२ जना सिपबिल्डिङ तर्फको परीक्षामा सहभागी भएका परीक्षार्थीहरू छन् । शाखाका अनुसार उत्पादनमूलक क्षेत्रमा मात्रै आवेदन दिनेको संख्या १ लाख ४३ हजार ८ सय जना छन् । शुक्रबार राति १२ बजेसम्म आवेदन दिन पाउने समय रहेकोले परीक्षार्थीको संख्या बढ्ने ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलले जानकारी दिइन् । शाखाले उत्पादनमूलक क्षेत्रमा १५ हजार ८ सय…

Read More

काठमाडौँ:नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बजार चलायमान नहुँदा राजश्व घटेको बताएका छन्।नाडा अटो मोबाइल्स एसोसिएसनको ४७ औँ वार्षिक साधरण सभालाई शुक्रबार सम्बोधन गर्दै थापाले यसो भनेका हुन्। एसोसिएसनबाट देशको राजश्वमा २१ प्रतिशत योगदान रहेकोमा अहिले घटेको उनले बताएका हुन्। २ वर्षदेखि अर्थतन्त्रमा मन्दीको अवस्था रहे पनि अब सुधारको चरणमा रहेको उनले बताए। थापाले अटो मोबाइल क्षेत्रले एक लाख रोजगारी दिएको बताउँदै एसेम्बल उद्योग, लुब्रिकेन्ट र ब्याट्री उत्पादन हुन थाल्नु सकरात्मक भएको बताए। अटो क्षेत्रमा १ खर्ब लगानी रहेको बताएका उनले निर्जीवन बीमा कम्पनीको ४७ प्रतिशत रहेको उल्लेख गरे। सरकारले सवारी साधनलाई विलाशीताको रूपमा राखेकोमा अहिले अत्यावश्यक…

Read More

काठमाडौँ: सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो भएको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ। शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयलाई लिएर सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधि लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम रोक्न कर्फ्यु लगाउनुपरेको प्रशासनले जनाएको छ। प्रशासनले बरहथवा नगरक्षेत्र (उत्तर सोती/चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सीमा क्षेत्रभित्र आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न र उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी कर्फ्यु लगाइएकव जनाएको छ। प्रशासनले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि…

Read More