काठमाडौँ: आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन दलले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि साथमा लैजाने ढोका बन्द भएको छ ।
शनिबार सत्ता गठबन्धनमा रहेका ४ दलको बैठकले अब एमालेलाई साथमा लिएर जान नसकिने भन्दै गठबन्धन दलहरूबिच नै सिट बाँडफाँड गरेर जानेबारे छलफल भएको हो ।
गठबन्धन दलको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने–‘अब एमालेलाई समेट्ने स्थिति रहेन । एउटा बृहत लोकतान्त्रिक सन्दर्भमा राष्ट्रिय सभामा सबै दललाई समेटेर जाने हो कि भन्ने सोचाई हो । तर एमालेले सत्ता गठबन्धन दलको सदासयतालाई थोरै कमजोरीको रूपमा बुझेको जस्तो देखियो त्यस कारण उहाँहरूसँग कुरा मिलेन ।’
