Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्राध्यापक एवं प्राज्ञिकहरूले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेट गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको उल्लेख गर्नुभयो । भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने…

Read More

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् । तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त…

Read More

काठमाडौँ: प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरीले सुप्रिम सहकारीका व्यवस्थापक देखि सञ्चालक गरी २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुटवलमा बुझाएको हो। इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले सुप्रिम सहकारीका बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा पक्राउ परेका ५ जना सहित २८ जनालाई प्रतिवादी बनाएको हो। डिएसपी पण्डितका अनुसार प्रहरीले गएको जेठ ४ गते सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई पक्राउ गरेको थियो। तत्कालीन सचिव दिपेश पुनलाई काठमाडौंबाट पक्राउ गरी बुटवल ल्याइएको थियो। त्यसैगरी, पोखरामा पक्राउ परेर कारागारमा रहेका सहकारीका तत्कालीन कोषाध्यक्ष…

Read More

काठमाडौँ: नेपालको पहिलो सुरुङमार्ग सोमबार छिचोलिँदै छ। काठमाडौं उपत्यका जोड्ने मुख्य सडकको सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनलागेको हो। जलविद्युत् उत्पादन तथा पानी पथान्तरणको लागि थुप्रै सुरुङ भए पनि हालसम्म यातायातका सवारीसाधन सञ्चालन हुने सुरुङमार्ग छैनन्। त्यसकारण यो ‘ब्रेक थ्रु’ नेपालमा सुरुङ यातायातको लागि पहिलो हुनेछ। धादिङको सिस्ने खोलाबाट काठमाडौंको बलम्बु जोड्ने गरी निर्माण भइरहेको सुरुङमार्ग सोमबार दिउँसो साढे १२ बजे छेडिनलागेको हो। ‘सोमबार सुरुङमार्गको ब्रेक थ्रु हुँदै छ,’ नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख नविनमान श्रेष्ठले भने, ‘दिउँसो औपचारिक रुपमा ब्रेक थ्रु गर्ने कार्यक्रम छ।’ काठमाडौं उपत्यका जोड्ने २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको…

Read More

काठमाडौँ:सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ। आइतवार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसद अधिवेशन स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएकी हुन्। उनले स्वभाविक रुपमा भएको संसद अधिवेशनलाई अरु अर्थमा बुझ्न नहुने बताइन्। उनले सरकार संसदमा उठेका प्रश्नबाट भाग्न खोज्यो भन्ने नेपाली कांग्रेसको आरोप गलत भएको बताइन्। उनले भनिन्, ‘अलि फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिइएको हो। त्यसबाट संसद अन्त्य स्वभाविक प्रक्रियामा भएको छ। यसलाई अरु अर्थमा बुझ्नु हुँदैन। संसदमा उठेका विषयबाट भाग्न खोज्यो र अन्त्य भयो भन्ने कुरा आयो। यो गलत हो।’ उनले सरकार अब…

Read More

काठमाडौँ: मन्त्रिपरिषद्ले नेपाल सरकारका ५ सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को चैत ३० गते बसेको बैठकबाट दिनेश भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाउने निर्णय भएको छ। प्रधानमन्त्री कार्यालयकै सचिव अर्जुनप्रसाद पोखरेलले राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारीको जिम्मेवारी पाएका छन्। प्रमुख तथ्यांक अधिकृत तोयम राया महालेखापरीक्षक नियुक्तिका लागि सिफारिस भएपछि त्यस ठाउँमा पोखरेललाई पठाउने निर्णय भएको हो। महिला मन्त्रालयका सचिव सुमनराज अर्याल युवा तथा खेलकुद मन्त्रालय पुगेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरूवा भएका छन्। सामान्य प्रशासनका विनोदप्रकाश सिंह राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरूवा भएका छन्।

Read More

काठमाडौं: संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । विधेयक अधिवेशनको रुपमा लिइने संघीय संसदको २०८० साल माघ २२ गतेबाट शुरु भई आज सकिन लागेको हिउँदे अधिवेशनमा करिव ७० दिनमा ३ वटा विधेयक मात्रै पारित भएको हो । सभामुख देवराज घिमिरेले सो अधिवेशनमा भएको कामको आईतबार प्रतिनिधि सभा बैठकमा संक्षिप्त जानकारी गराउँदै सम्पती शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सभाबाट पारित भएको बताए । अन्य ६ वटा विधेयकहरु भने सम्बन्धित समितिमा विचाराधिन रहेका छन् । त्यसैगरी संघीयता…

Read More

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि सरकारी खर्चले तीव्रता पाएको छ । नयाँ मन्त्रीको आगमनपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो । पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ । बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने कामलाई रकमान्तर भनिन्छ । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च…

Read More

काठमाडौं: नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २२ सय र चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार छापावाला सुन आइतबार तोलामा २२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आइतबार तेजावी सुन पनि घटेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

काठमाडौँ: संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठक पछि संसदको हिउँदे अवधिवेशन आज राति १२ बजेबाट अन्त्य गरिनेछ । अधिवेशन अन्त्यका लागि सरकारले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा सभामुखले राष्टपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूच रहेको छ । यस्तै, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखि तथा लिखित प्रश्न र उत्तरहरु सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिनेछ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस…

Read More