Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्। पछिल्लो आर्थिक अवस्थाका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गए पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने बताए । ‘विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ, चालु खाताको बचत बढ्ने क्रममा छ । कर्जा लगानी बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । विप्रेषण आम्दानी बढीरहेको छ,’ मन्त्री महतले भने, ‘अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा छ । यस्तै, हामीले सरकारी खर्च प्रणालीमा पनि सुधार गरेका छौं । बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड बनाउका छौं । तर, हामीले गरिरहेको…

Read More

काठमाडौँ: सरकारले गत चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको तीन सदस्यीय अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ। प्रतिवेदन बुझेपछि आयोगप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन कार्यान्वयनका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे। त्यसक्रममा आयोगका सदस्यद्वय उत्तमराज सुवेदी र गणेशप्रसाद अर्याल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराई तथा प्रवक्ता नारायणप्रसाद भट्टराई समेत उपस्थित थिए। सुरुमा तीन महिनाको लागि गठन गरिएको आयोगको म्याद एकपटक तीन महिना र अर्कोपटक दुई महिना थप गरिएको थियो। आठ महिनाको अध्ययन र कामपछि आयोगले प्रतिवेदन बुझाएको हो। अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई…

Read More

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम): कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ ।ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सोमबार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा नगरपालिका–२ खुर्कोटबाट नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको करिब ९० किलोमिटर प्रसारण लाइनको उद्घाटन गर्नुभयो । उक्त खण्डको निर्माण सम्पन्न गरी गत असोज अन्तिमबाट प्रसारण लाइन सञ्चालनमा ल्याइएको थियो ।कालीगण्डकी र यसका सहायक नदीहरुमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत एकीकृत गरी राष्ट्रिय प्रणालीमा समाहित गर्न कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो ।कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत…

Read More

काठमाडौं: अबदेखि अस्ट्रेलिया सरकारले आप्रवासी कामदार र विद्यार्थीको संख्यामा व्यापक कटौती गर्ने भएको छ । नेपाली विद्यार्थीको पहिलो गन्तव्य बनेको अष्ट्रेलियाको आप्रवासन सम्बन्धी नयाँ नीतिले त्यसको तयारीमा रहेकाहरु प्रभावित हुनेछन् । अष्ट्रेलिया सरकारले दुई वर्षभित्र आप्रवासीको संख्या आधा घटाउँने घोषणा गरेको छ । त्यसो भयो भने हाल ५ लाख बढीको संख्यामा रहेका आप्रवासीको संख्या साढे २ लाखमा सीमित हुनेछ । तर विदेशी विद्यार्थीको संख्या भने ६ लाख भन्दाबढी छ । पछिल्ला २ वर्ष ठूलो संख्यामा अष्ट्रेलिया विदेशी विद्यार्थी र कामदार लिएको थियो । अब त्यससलाई कोभिड महामारी अघिको अवस्थामा फर्काउन विदेशी विद्यार्थी र न्यून सीप भएका कामदारलाई दिने भिसामा कडाई…

Read More

काठमाडौं: अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा प्रकाशशरण महतले बताउनु भयो ।आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलपछि मन्त्री डा महतले भन्नुभयो, ‘नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन् ।’ ‘लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा लागिरहेका छौँ”, अर्थमन्त्री महतले भन्नुभयो, ‘साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिन्छ । नेपालमा लगानीका लागि धेरै सम्भावनाका…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या २ सय रहेको औपचारिक जानकारी आएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रुसी सेनामा भर्ती हुने नेपालीको संख्या २ सय रहेको औपचारिक जानकारी आएको छ : प्रधानमन्त्रीउनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको बताए । उनले रुसी सेना बनेका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही नेपाली युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए ।…

Read More

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद-बिक्री प्रकरणमा सरकारको बदनाम गर्न खोजिएको गुनासो गरेका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुको कुराकानीमा प्रचण्डले यस्तो गुनासो गरेका हुन्।आफू दुबईमा भएको बेला एनसेल खरिद बिक्रीको समाचार अनलाइनहरुमा देखेपछि आफूले यस विषयलाई गम्भीर रुपमा लिएर उतैबाट बुझ्ने काम गरेको उनले बताए। ‘मैले यो विषय दुबईबाटै बुझ्न लगाएको हो। यहाँ फर्केको भोलिपल्ट मुख्यसचिवलाई राखेर एनसेलको कर लगाएतका विषय बुझ्न लगाए। निर्देशन जारी गरेँ,’ प्रधानमन्त्रीले भने, ‘विषयको गम्भीरता हेर्दा गठबन्धन दलको बैठक बोलाएर यो स्वभाविक छैन, यहाँ गढबढ छ, बोल्डली जानुपर्छ भनियो। क्याबिनेटबाट निर्णय गरियो। तर, केही मिडियामा एनसेल प्रकरणमा सरकारले अर्बौं भ्रष्टाचार गरेको आरोप लगाइँदै छ।…

Read More

काठमाडौं । निश्चित आफन्त र नातेदारबाट मात्रै मानव अंग दान गर्न पाइने कानूनी व्यवस्थाका कारण बाँच्न पाउने हक हनन भएको दाबी गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर गरिएको छ । निश्चित आफन्त र नातेदारबाट मात्र अंगदान लिन दिन पाइने कानूनी व्यवस्था संविधानमा रहेको स्वतन्त्रतापूर्वक बाँच्न पाउने मौलिक हकसँग बाझिएको दाबी गर्दै खेमबहादुर छन्त्याल र कानूनका विद्यार्थीहरु डेविड चौधरी र ओस्निक पौडेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

Read More

काठमाडौं : संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा पदम प्रसाद पाण्डे सिफारिस भएका छन् । गौतमले आइतबार राजीनामा दिएका थिए । उनको राजीनामा राष्ट्रपति कार्यालय पुगेर स्वीकृत भएपछि प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेको नाम महासचिवका लागि सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पाण्डेको नाम महासचिवमा सिफारिस गरेका छन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

Read More

विराटनगरमोरङको: विराटनगर नजिकैको भारतीय भूमिमा एक नेपाली युवकमाथि अज्ञात समूले गोली प्रहार गरेको छ। विराटनगर महानगरपालिका–८ मधुमाराका करिब २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा गोली प्रहार भएको हो। बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए। ‘उहाँलाई कसले र किन गोली हान्यो खुलेको छैन,’ डीएसपी दाहालले नेपालखबरसँग भने, ‘पाँच सात जनाको समूहमा रहेका व्यक्तिले आफूमाथि गोली प्रहार गरेको जानकारी उहाँले दिनु भएको छ।’ संग्रौलाको अवस्था खतरामुक्त रहेको दाहालले बताए।

Read More