Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा बढिरहेका छन्: अर्थमन्त्री

    अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा बढिरहेका छन्: अर्थमन्त्री

    पहिलोक्लिकपहिलोक्लिकDecember 13, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशामा अगाडि बढिरहेको बताएका छन्।

    पछिल्लो आर्थिक अवस्थाका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गए पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने बताए ।

    ‘विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ, चालु खाताको बचत बढ्ने क्रममा छ । कर्जा लगानी बढिरहेको छ । पर्यटन क्षेत्र चलायमान भएको छ । विप्रेषण आम्दानी बढीरहेको छ,’ मन्त्री महतले भने, ‘अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा छ । यस्तै, हामीले सरकारी खर्च प्रणालीमा पनि सुधार गरेका छौं । बहुवर्षिय ठेक्का सम्बन्धी मापदण्ड बनाउका छौं । तर, हामीले गरिरहेको प्रयासले उत्पादन बढ्न ,रोजगारीका अवसर सिर्जना हुन समय लाग्छ ।’

    डा महतले बजारमा बढिरहेको निरासाका बीच सरकारले जिम्मेवार भएर सुधारका काम गरिरहे पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने बताए ।

    ‘हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्या पनि छ । त्यसमा एक्कै पटक सुधार हुन सक्दैन, ’महतले भने,‘चालु आर्थिक वर्षको बजेट मार्फत् सरकारी खर्च प्रणालीमा केही सुधार गर्ने प्रयास गरेका थियौं । आगामी आर्थिक वर्षमा कुन क्षेत्रमा कस्तो सुधार गर्ने भन्ने विषयमा आन्तरिक तयारी सुधार भएको छ । सरकार संरचनात्मक सुधार गर्न जिम्मेवार तथा प्रतिवद्ध छ ।’

    आफूले मन्त्रालयको नेतृत्व लिँदा बाह्य क्षेत्र दबावमा हुनुको साथैं अर्थतन्त्रका कैयौं सूचक सकारात्मक नभए पनि पछिल्लो समय सबै निकाय बीच सहकार्यमा भएको कामले अर्थतन्त्रले सही दिशा समाएको महतले बताए ।

    कोरोना महामारीको क्रममा लिइएको लचिलो मौद्रिक नीतिले व्यापक कर्जा लगानी हुँदा अर्थतन्त्र दबावमा परेको महतको भनाइ छ ।

    ‘बाह्य क्षेत्र कमजोर भएपछि त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निकै कसिलो मौद्रिक नीति लियो । जसले गर्दा बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अर्थतन्त्र समस्यामा परेको थियो,’ महतले भने,‘ पछिल्लो समय राष्ट्र बैंकसँग भएको निरन्तरको छलफलबाट मौद्रिक नीतिमा सुधार हुन सकेको छ । मौद्रिक नीतिको समीक्षाले सेयर बजारमा समेत सकारात्मक अवस्था सिर्जना गरेको छ।’

    विगतमा वित्त नीतिमा समेत बहुवर्षिय ठेक्कामा रहेको विकृति हटाउने अर्थमन्त्रालयले प्रयास गरिरहेको बताए ।

    ‘हामीले बजेट मार्फत् धेरै सुधारका प्रस्ताव गरेका थियौं । केही विषय कार्यान्व्यन भएका छन्, केही विषय कार्यान्वयन हुने क्रममा छन्,’ महतले भने ।

    बढ्दो ऋणको सावाँ ब्याज दायित्वले सरकार चापमा परेको भन्दै वित्त नीतिमा समेत सुधार गर्नु पर्ने महतले बताए ।

    Facebook Comments Box

    अर्थतन्त्र
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.