Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
जारी यू -१९ एसिया कप क्रिकेटमा नेपालको अहिले ५ विकेटको क्षतीमा १८ २ ओभर ४७ रनमा कठिन अवस्थामा खेलिरहेको छ/
काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल इस्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने जनाएको छ । यसअघि ५० लाखभन्दा बढीको सेयर कर्जामा जोखिम भार १५० प्रतिशत थियो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले पोलिसी रेट घटाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत पोलिसी रेट घटाएको हो । बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ भने नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारिएको छ । त्यस्तै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत् राखिएको छ ।
बिहीबार मध्यराति काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ भने दुई जना पक्राउ परेका छन्। फ्लाई दुबईको जहाजबाट काठमाडौँ आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए। ‘उनले म त भरिया मात्र हुँ, मलाई मीन घलेले ल्याउन लगाएको भनेपछि मीनलाई पनि धुम्बाराहीबाट पक्राउ गरेका छौँ’, डीआईजी चन्दले पहिलोक्लिकलाई भने। उनका अनुसार चन्द्र घले बिहीबार राति ११ बजेर ५६ मिनेट जाँदा फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौँ अवतरण गरेका थिए। ‘उनले दुई/दुई किलोका सातवटा बिस्कुट बनाई अस्कोटमा लुकाएका रहेछन्’, डीआईजी चन्दले भने, ‘जोख्दा सुन १४ किलो…
काठमाडौँ: एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुवै समूहको पहिलो र दोस्रो…
काठमाडौँ: बंगलादेश सरकारले अन्ततः नेपालबाट ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको छ। त्यहाँको मन्त्रिपरिषद्को आर्थिक समितिले बुधबार नेपालबाट विद्युत् आयात गर्ने प्रस्ताव सैद्धान्तिकरूपमा स्वीकृत गरेको ढाका ट्रिब्युनले जनाएको छ। अर्थमन्त्री एएचएम मुस्ताफा कमलको अध्यक्षतामा बसेको समितिको बैठकमा नेपाली बिजुलीलाई तिर्नुपर्ने शुल्क भने खुलाइएको थिएन। यसबारे मन्त्रिपरिषद्कै सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी)को बैठकमा छलफल हुनेछ। गत अगस्ट २८ मा ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालबाट बिजुली आयात लगभग निश्चित भएको बताएका थिए। त्यसो त बंगलादेशले जाडो याम सुरु हुनुअघि नै नेपालबाट बिजुली आयात गर्ने योजना बनाएको थियो। त्यसको बदला बंगलादेशले पनि आफ्नो बढी भएको बिजुली नेपाललाई निर्यात गर्ने भनेको थियो।…
नक्कली शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशअनुसार धरौटी बुझाएका ५ जना र साधारण तारेखमा रिहा गरिएका एकजना थुनामुक्त भएका छन्। अदालतबाट धरौटीमा रिहा भएका ५ जनालाई सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि रिहा गरेको हो। उच्च अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका निजी सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मिया, पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, सहकारी सञ्चालक हरिभक्त महर्जन र बिचौलियाको भूमिका निर्वाह गरेका अभियुक्त रामशरण केसी सम्पत्ति शुद्धीकरण विभागबाट पनि धरौटीमा रिहा भएका हुन्। उनीहरूलाई सम्पत्ति शुद्धीकरण विभागले उच्च अदालतले भन्दा आधा कम धरौटीमा रिहा गरेको हो। उच्च अदालतले १५ लाख धरौटी…
काठमाडौं: उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ । गोकुलबहादुर रोकायाले एनसेलको शेयर खरिदबिक्रीको निर्णय सार्वजनिक भएलगत्तै उक्त कारोबारलाई नेपालभित्र मान्यता नदिन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । गत हप्ता मलेसियाली कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर गैरआवासीय नेपाली…
काठमाडौँ: सरकारले एनसेलको ८० प्रतिशत शेयर खरिद विक्री बारे भएको अपारदर्शी निर्णयबारे अनुसन्धान गर्न ५ सदस्सिय उच्चस्तरीय आध्यान तथा छानविन समिति गठन गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले छन् । समितिलाई ३० दिनको कार्यावधि दिइएको छ । समितिका सदस्य गौतम कानून समूहका सचिव हुन् । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारीमा छन् । भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् भने…
काठमाडौँ: पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो। गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क – उमाकुण्ड – गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा ती पदार्थ निषेध गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा उल्लेख छ। बालाचतुर्दशी पर्वमा सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने सूचनामा उल्लेख छ। कोही…
