Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

पहिलोक्लिक रिपोर्टरकाठमाडौँ, ४ असोज : सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका नेपाल शिक्षक महासङ्घ र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता भएको छ । काठमाडौँ केन्द्रित सडक आन्दोलनको दोस्रो दिन आज उपप्रधानमन्त्री श्रेष्ठसँग महासङ्घको नेतृत्वले महासङ्घको नेतृत्वले भेटवार्ता गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसमेत सहभागी वार्तामा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलनलाई मर्यादित बनाउन आग्रह गर्नुभएको थियो । शिक्षक नेताहरुले देशभरका सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीका माग पूरा गरेर फर्कने निधोका साथ काठमाडौँ आएकाले माग सम्बोधन नभएसम्म आन्दोलन स्थगन नहुने अडान लिएका थिए । महासङ्घका अध्यक्ष कमला तुलाधरले आफूहरुको टे«ड युनियन अधिकारलाई…

Read More

काठमाडौँ: आजबाट सडक आन्दोलन गर्दै देशभरका सामुदायिक विद्यालयको पठनपाठन बन्द गरेका काठमाडौँ महानगर भित्रका शिक्षकहरुको हाजिरीमा रातो चिन्ह लगाउन (गयल) काठमाडौँ महानगरले विद्यालयमा महानगर प्रहरी परिचालन गर्ने निर्णय गरेको छ। सबै शिक्षकहरुले पढाउन छोडेर सडकमै हिजो हाजिरी गर्ने भनेपछि महानगरले हाजिरको ढड्डामा रातो चिन्ह लगाउन नगर प्रहरी परिचालन गर्न लागेको हो। अहिले शिक्षक विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका…

Read More

काठमाडौँ । सामुदायिक शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो। नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन्। हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो। आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ। ‘जति…

Read More

काठमाडौँ: घरेलु मैदानमा आज (बिहीबार) सुरु हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह चरणको पहिलो खेल जित्दै नेपाली युवा टोली अन्तिम चारमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। घरेलु मैदानमा समर्थकको साथमा नेपाली टोली उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। नेपाली टोली उमेर समूहमा इतिहास दोहोर्‍याउने योजनामा छ। साफमा नेपाल मालदिभ्स र पाकिस्तान रहेको समूह एमा छ। समूह चरणको अन्तिम खेलमा नेपाल मालदिभ्ससँग सोमबार दिउँसो साढे १ बजे भिड्नेछ। आजै हुने पहिलो खेलमा बंगलादेश र भारत भिड्नेछन्। सो खेल दिउँसो साढे १ बजे हुनेछ। समूह बीमा भारत, भुटान र बंगलादेश…

Read More

काठमाडौँ: संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्रसंघ मुख्यालयमा भेटवार्ता भएको छ। भेटमा प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको छ। दुई प्रधानमन्त्रीबीच भएको भेटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए। प्रधानमन्त्री दाहालले राष्ट्रसंघका फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिएका छन्। रासस

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो। विद्यालय बन्द गरेर विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए। ‘विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन। विद्यालय खुल्छन्। महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ’, उनले भने। महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ। आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा…

Read More

काठमाडौँ: काठमाडौंदेखि भक्तपुरसम्म द्रुत बस सेवा सुरू भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा बुधबारदेखि रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको हो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवाको शुभारम्भ गरे। उक्त बसका लागि ‘डेडिकेटेड’ लेनको व्यवस्था गरिएको छ। बिहीबारदेखि कार्यालय समयमा बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सञ्चालनमा आउनेछन्। काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ। रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ। निर्धारित समयका लागि ४० सिट क्षमताका २५…

Read More

काठमाडौँ : सरकारले संसद्‍मा दर्ता गराएको ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०८०’ विरुद्ध देशभरका शिक्षकहरु आन्दोलित भएका छन्। देशभरबाट आएका हजारौँ शिक्षकहरु बुधबार काठमाडौंको सडकमा उत्रिएका हुन्। विभिन्न प्रदेशबाट गाडी रिजर्भ गरेर आएका शिक्षकहरु काठमामाडौंका चोक चोकमा जम्मा भएर माइतीघर मण्डल पुग्दैछन्। उनीहरुले शिक्षकको हकहितविरोधी विधेयक ल्याएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजीसहित आलोचना गरेका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा थालिएको आन्दोलनमा सामुदायिक र संस्थागत-निजी तथा आवासीय विद्यालयका शिक्षकहरुसमेत सहभागी हुँदैछन्। देशभरका ३४ हजार विद्यालयका दुई लाखभन्दा बढी शिक्षकहरु आन्दोलनमा उत्रने भएपछि करिब ७० लाख विद्यार्थीको पढाइ नराम्ररी प्रभावित हुने अवस्था आएको छ। आधा शिक्षक काठमाडौंमा हुने आन्दोलनमा…

Read More

काठमाडौँ । ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् । यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने प्रचलन रहीआएको छ । आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज देशभरका ऋषेश्वर…

Read More

काठमाडौँ । आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदै छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्या भूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ । यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ । समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात्रै वितरण हुने र पदक वितरणको सूचना पछि आउने मन्त्रालयले जनाएको छ ।…

Read More