Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाहाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले आज बिदा दिने निर्णय गरेको हो । शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए । रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।
काठमाडौँ: उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक र धार्मिक सहिष्णुता खल्बल्याउने तत्त्वहरूको सूक्ष्म अध्ययन गर्न नेपाली सेनाको ध्यानाकर्षण गराएका छन् । विभिन्न विषयहरूलाई राष्ट्रिय मुद्दाको रुपमा उठाई राष्ट्रियता तथा राष्ट्रिय एकता खल्बल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभीष्ट पूरा गर्न क्रियाशील तत्त्वहरूलाई राष्ट्रिय सुरक्षाको प्रमुख चुनौतीको रुपमा लिई नेपाली सेनाले आफ्नो प्राथमिकतामा राखी कार्य गर्ने विश्वास पनि रक्षामन्त्री खड्काको छ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक, २०८० मा उद्घाटन मन्तव्य राख्दै राष्ट्रिय एकता खल्बल्याउनेहरूमाथि सूक्ष्म अध्ययन गर्न आग्रह गरेका हुन् । उनले विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने…
काठमाडौं । दुई दर्जनभन्दा स्थानीय तहका कर्मचारीहरुले भोलि बिहीबार मनाइने निजामती सेवा दिवस नमनाउने घोषणा गरेका छन् । संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने माग गर्दै विभिन्न स्थानीय तहमा कार्यरत कर्मचारीले भोलिका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकासमा पर्याप्त ध्यान नपुर्याई संघीय निजामती सेवा विधेयकको मस्यौदा तयार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधा न्यायोचित हुनुपर्ने भन्दै धेरै स्थानीय तहका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर विरोध जनाउने घोषणा गरेका छन् । उनीहरुले सेवा समूहको आधारमा सरकारी सेवा स्थानीय तहबाट मात्रै सरकारी सेवा प्रवेशको बाटो खोल्नुपर्ने माग गरेका…
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् । सर्वोच्च अदालतले मुख्यमन्त्री थापाले पाएको विश्वासको मत बदर गरिदिएको हाे । सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार सुनुवाइ गर्दै ४८ घण्टाभित्र सबैभन्दा ठूलो पार्टीका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो । अब संसद्को सबैभन्दा ठूलो पार्टी नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । थापाले विश्वासको मत लिँदा प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएका थिए । सर्वोच्चले बराबर मत भएमात्रै बैठकको सभाध्यक्षले मत दिन सक्न ठहर गरेको छ । मुख्यमन्त्री…
काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्नेनिर्णय गरेको छ । संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत संघीय निजामती र शिक्षा ऐन आउन नसक्दा स्थानीय तह र प्रदेश सरकारले संघ सरकारको आलोचना गरिरहेका छन् । सरकारले विभिन्न स्वार्थ समूहहरुले आफू अनुकुलको व्यवस्था गर्न बढाएको दबाबकाबीच दुबै विधेयकहरु संसदमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदले गत साउन १६ मा नै यो विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । तर, कसैले…
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा सिआईबीले सहसचिव झलकराम अधिकारीसँग बयान लिएको छ । सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि उनलाई अध्यागमन विभागको महानिर्देशकबाट हटाइएको थियो । भदौ ७ मा विभागबाट गृह मन्त्रालयमा तानिएका अधिकारीलाई अहिले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । अधिकारीसँग केन्द्रिय अनुसन्धान विभागमा बोलाएर बयान लिइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । अधिकारीले दावासँग सामाजिक सञ्जाल (ह्वाट्सएप)मा कुरा गरेको भेटिएको छ । ब्युरोले सुन प्रकरणमा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेश पुनसँग पनि सोमबार बयान लिएको थियो । सुन प्रकरणमा हालसम्म…
सुन र ललिता जग्गा काण्डमा मुसिएकाहरु अतिरिक्त समूहमा काठमाडौँ: सरकारले संघ, प्रदेश, आयोग र स्थानीय तहमा कार्यरत ५८ जना सहसचिवको एकैपटक सरुवा गरेको छ । राजस्व अनुसन्धानले छानबिन सुरु गरेको सुन र ललिता निवास जग्गा काण्डमा मुछिएका दुई सहसचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । सरुवाको सूचीअनुसार अध्यागमन विभागमा महानिर्देशक झलकराम अधिकारीलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । उनलाई सुन काण्डका मुख्य व्यक्तिको रुपमा चिनिएका दावा छिरिङसँग सिधा सम्पर्क रहेको भन्दै सीआइबीले बयान लिइरहेको छ । उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक भएकाबेला चोरीपैठारी रोक्न असफल भएको आरोपमा गत कात्तिकमा प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको…
काठमाडौँ: आएमई समुहद्वारा प्रवद्धित तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खरिद विक्री सम्झौतामा हस्ताक्षर गरेका हुन् । अहिले ५८ मेगावाट क्षमताको विद्युत खरिद विक्री सम्झौता भएपनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरी सकेकोले बाँकि क्षमताको पनि छिटै खरिद विक्री सम्झौता गरिने बताईएको छ । यो आयोजना म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा पर्दछ । यो आयोजना मध्य कालीगण्डकी जलविद्युत आयोजना…
