Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रहरीले विहीबार राति पुनः ६० किलो सुन प्रकरणमा दुईजना चिनियाँ नागरिकलाई पक्राउ गएको छ। हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौँबाट पक्राउ ब्युरोले जनाएको छ । साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनीहरु ठमेलमा संचालित ‘केटीबी’ रेष्टुरेण्टका संचालकसमेत हुन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ । सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत…
काठमाडौँ: नेपाल प्रहरीमा सरुवाको नयाँ मापदण्ड लागू भएको छ। प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९ (संशोधन सहित) तयार गरी लागू गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समिति (पीसीसी) को बैठकले २०८० असार २८ गते नयाँ मापदण्ड पारित गरेको थियो। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन २१ गते स्वीकृत गरेका थिए। प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम ४९ को उपनियम ९९० को अधिनमा रही प्रहरी कर्मचारीको सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन सरुवा समय तालिका (सरुवा क्यालेण्डर) समेत समावेश गरिएको छ। सिनियर प्रहरी अधिकृतको सरुवा सम्बन्धी मापदण्ड, २०७९ मा प्रहरी कार्यालय सहयोगीदेखि जुनियर…
काठमाडौ: बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ : १३ बजे बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत साउन ३ गते विहान ९ : ५३ बजे कास्कीको मिर्सा आसपास केन्द्रविन्दू भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो।
काठमाडौँ : काठमाडौँका विभिन्न क्षेत्रमा भोलि विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो । स्युचाटार सब स्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । साथै सम्बन्धित टेकु, बालाजु, केटू र केथ्री सब स्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।
रासस काठमाडौँ, ३२ साउन : नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ । सोही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ…
काठमाडौँ: एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । यस वर्ष साउन ३२ गतेदेखि भदौ ३० गतेसम्म मनाइने भएको छ । “गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ ।” उहाँका अनुसार पछिल्लो समय बौद्ध धर्मावलम्बीसहित अन्य समुदायले पनि धाः बाजा, बाँसुरी, धिमे, भुस्या बजाएर चैत्य तथा स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायत देवीदेवताको परिक्रमामा सहभागी हुने गरेका छन्…
राष्ट्रिय समाचार समिति (रासस)महेन्द्रनगर (धनुषा), ३२ साउन : अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताउनुभएको छ ।
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा…
काठमाडौं: सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काई रहेका छन् । उनीहरूलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानबिन समिति गठन नभएका कारण सुनको तौल घटेको जिकिर गरेका छन् । एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था–समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानबिन आयोग गर्न माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको जिकिर गरेका हुन् । उनले सरकारको छानबिन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झर्नु भएको बताए । उनले विमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्यो भन्दा पनि बढी सुन तस्करी भएको हुनसक्ने बताए । उनले सुन तस्करीमा अर्बौँको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानबिन…
