काठमाडौं: प्रहरीले विहीबार राति पुनः ६० किलो सुन प्रकरणमा दुईजना चिनियाँ नागरिकलाई पक्राउ गएको छ।
हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्यूरोले काठमाडौँबाट पक्राउ ब्युरोले जनाएको छ ।
साउन ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति हुन् । उनीहरु ठमेलमा संचालित ‘केटीबी’ रेष्टुरेण्टका संचालकसमेत हुन् ।
डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट थाहा भएको छ ।
सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मुलका बेल्जियन नागरिक दावा छिरिङसहित २१ जना यसअघि पक्राउ परेका थिए ।
गएराति पक्राउ परेका दुईजनासहित पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

