Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ। बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष ०७९/८० मा सो नाफा कमाएको जानकारी गराएका छन्। अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको उनले बताए। साथै, प्राधिकरणको तेस्रो वित्तिय पुनरसंरचना तयार गरी प्राधिरकणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी गराए। आर्थिक वर्ष ०७७÷७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो।
काठमाडौँ:पछिल्लो केही समययता काठमाडौंसहित देशभर बिजुली आपूर्ति अनियमित भइरहन्छ। लोडसेडिङ हटेको लामो समय बितिसक्दा पनि बिनाजानकारी बिजुली जाँदा उपभोक्ताले सास्ती भोग्नु परेको छ। बिहान, बेलुका जुनसुकै समयमा बिजुली अचानक जाने गरेको छ। कतिपय उपभोक्ताले खाना खाँदा खाँदै बिजुली जाने गरेको बताउँदै बरु लोडसेडिङ गरे हुने भनेर आक्रोश पोखिरहेका छन्। बिजुली अचानक गइरहने क्रममा बिहीबार नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पनि देखियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरिरहँदा केही मिनेटको बचीमा तीन पटकभन्दा धेरै बिजुली गयो। घिसिङले बोलिरहेका बेला सबैभन्दा पहिले कम्तीमा २ मिनेट बिजुली गयो। बिजुली गएपछि प्राधिकरणको हलमा उपस्थित भएकाहरुले हो-हल्ला नै गरे। पत्रकाहरुले हल्ला गरेपछि…
काठमाडौँ:साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ५.१३ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बजार ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको हो। सामान्य अंकले बजार बढेसँगै कारोबार २ अर्ब नाघेको छ। आज बजारमा २ अर्ब १५ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ८७ करोडको कारोबार भएको थियो। आज कारोबारमा आएकामध्ये १०५ कम्पनीको सेयरमूल्य बढ्दा १०८ कम्पनीको घटेको छ। त्यसैगरी ९ कम्पनीको कारोबार स्थिर देखिएको छ। आज कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूह सूचकमा गिरावट आएको छ। बाँकी ९ उपसमूहका सूचक भने बढेका छन्। आज बैंकिङ, डेभलपमेन्ट बैंकिङ, फाइनान्स, लाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्स उपसमुचक गिरावट आएको हो।…
काठमाडौँ:नेपालबाट हाल ४ सय ५२ मेगावाट विद्युत् निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी गराएको छ। बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक पत्रकार सम्मेलनर्फत् गत आर्थिक वर्षको विवरण सार्वजनिक गर्दै सो जानकारी गराएका हुन्। ‘नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत् भारत निर्यात सुरु गरी हाल ४५२ मेगावाट विद्युत् निर्यात भइरहेको छ,’ घिसिङले भने। साथै, उनले थप ६ सय मेगावटा विद्युत् थप गर्नका लागि भारतको विद्युत् मन्त्रालयमा सहमतिका लागि प्रक्रियामा रहेको पनि जानकारी गराए। विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड, सर्वसाधारणमा सेयर जारी गर्ने‘भारत निर्यातका लागि करिब ६ सय मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमतिको प्रक्रियामा…
काठमाडौँ: सुनचाँदी ब्यवसायमा आवद्ध तीनवटा महासंघले यो ब्यवसाय सञ्चालनका लागि प्रष्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई यो क्षेत्रका समस्याको बारेमा जानकारी गराउँदै त्यसको समाधानको पहलका लागि आग्रह गर्न मंगलबार सिंहदरवार पुगेको ब्यवसायीहरुको प्रतिनिधीमण्डलले यस्तो अनुराेध गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ,नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघका आवद्ध ब्यवसायीहरुले संयुक्तरुपमा यस्तो आग्रह गरेका हुन् । त्यस क्रममा प्रतिनिधीसभा सदस्य एवं संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रणेन्द्र बराइलीले ब्यवसायीहरुका तर्फवाट प्राप्त सुझाव ग्रहण गर्दै सुनचाँदी ब्यवसाय सञ्चालनका…
काठमाडौँ: सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि छलफलमा रहेको राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृतगरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्ने उद्देश्यसहित सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याएको हो । त्यस्तै बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको उनले बताइन् । बैठकले अर्थमन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।
काठमाडौँ: गए रातिदेखिको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । अविरल वर्षासँगैको बाढी पहिरोका कारण मकवानपुर जिल्ला बागमती गाउँपालिका–५ सिक्रेदोभान बस्ने ५५ वर्षीया सन्तमाया सेन्ताङ तथा सोही ठाउँका अर्का २२ वर्षीया शीला पहरीको मृत्यु हुनुका साथै पाँच जना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार बाढी पहिरोकै कारण हालसम्म कूल रु ११ लाख २५ हजार बराबरको क्षति भएको छ । देशभरका एक दर्जन जति स्थानमा पहिरो गई राजमार्ग अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोको घटना तथा क्षति भएका विषयमा जानकारी…
काठमाडौँ: काठमाडौं महानगरभित्रका व्यापारिक कम्प्लेक्सले ग्राहकसँग उठाउँदै आएको पार्किङ शुल्क नरोक्न उच्च अदालत पाटनले आदेश दिएको छ। महानगरले ग्राहकसँग पार्किङ उठाउन नपाउने व्यवस्था गरेको थियो। सो कानुनी व्यवस्थाविरुद्ध व्यवसायीले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले सोमबार महानगरसँग लिखित जवाफ माग गरेको छ। व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरूमा पार्किङ शुल्क लिन हस्तक्षेप नगर्न अल्पकालिन अन्तरिम आदेश जारी भएको हो। कम्प्लेक्स डेभलपर लिजर एशोसिएसनले काठमाडौं महानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरेको थियो। उच्च अदालतले साउन ३० गते दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
काठमाडौँ: काठमाडौं जिल्ला अदालतले सुन प्रकरणमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। सोमबार अदालतले पक्राउ परेका १७ जनाको म्याद मिलान गर्दै ७ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। ‘यसअघि नै उच्च अदालत पाटनले म्याद दिएको थियो। त्यसलाई जिल्लामा सारेर मिलान गरिएको छ। ७ दिनको म्याद मिलान भएको छ,’ उनले भने। भन्सार ऐन अन्तर्गत अवैध सुन पैठारी तथा संगठित अपराधमा म्याद थप भएको उनले बताए। यस कसुरअनुसार प्रहरीसँग अनुसन्धान गर्ने समय ६० दिन हुन्छ। तर राजश्व अनुसन्धान विभागले यस प्रकरणमा २० दिन अनुसन्धान गरेको हुँदा प्रहरीसँग ४० दिनमात्रै बाँकी छ। विभागले…
काठमाडौँ: ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका चारजना पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ। सर्वोच्च अदालतको आइतबारको आदेशलगत्तै तत्कालीन विभागीय विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको हो। त्यसैगरी राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको छ। यो प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सर्वोच्चको आदेशलगत्तै जिल्ला अदालत काठमाडौंमा पुगेर ती तीन पू्र्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी लिएको हो। सर्वोच्चको आदेशपछि यस प्रकरणमा पूर्व सचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो र दीप बस्न्यात पनि फेरि तानिने निश्चित भएको छ। उनीहरुविरुद्ध पनि प्रहरीले अदालतबाट…
