Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सांसदलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा उनले संघीय संसदका दुवै सदनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् । दलको बैठकले संसद् सञ्चालन गर्न प्रमुख प्रतिपक्षी दलका नेतालगायत सत्ता पक्षका शीर्ष नेतासँग छलफल गर्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए । एक क्विन्टल सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरिरहेको । एमालेले उक्त सुन काण्डको छानविनका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको छ । संघीय संसदका प्रतिनिधिसभा र…
काठमाडौँ: डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतरहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ। विभागले आज बिहान ८:५० बजे सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन परामर्श दिएको हो।
नेपालगन्ज: भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार गए राति श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र ६ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताका छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु…
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु-छोरीको मृत्यु भएको छ । गएराति करिब आठ बजेतिर पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा भने सकुशल रहेको मेयर महर्जनले जानकारी दिए
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ । टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा कुराकानी भएको थियो । यो टेलिफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहमा रहेको समझदारीलाई निरन्तरता दिएको पनि भारतको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
महेन्द्रनगर, २० साउन (रासस) : गत बिहीबार राति भारतको उत्तराखण्ड राज्यको रूद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन नेपालीको पहिचान खुलेको छ । कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार कालिकोट घर भई गौरीकुण्ड क्षेत्रमा काम गर्ने तीन जनाको उनीहरुका आफन्तबाट पहिचान खुलेको हो । “घटनास्थलमै रहेका आफन्तबाट तीन शवको पहिचान खुलेको हो”, नयाँ दिल्लीबाट रासससित कुरा गर्दै उहाँले भन्नुभयो । घट्नास्थल वरपर सयौँ नेपाली नागरिक घोडा चालकका रुपमा, स–साना होटल सञ्चालन तथा अन्य मजदुरी गरेर बस्दै आएका वरिष्ठ प्रहरी…
काठमाडौँ, २० साउन (रासस) :नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हरेक देशले राष्ट्रिय हितको पक्षमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । सार्वभौम समाजमा पारस्परिक लाभ र पारस्परिक सम्मान गर्नुपर्ने उल्लेख गर्दै उहाँले यही पारस्परिक लाभ र सम्मान नहेरिकन राष्ट्रिय हितको मात्रै पक्षपोषण गरियो भने त्यो अन्यायपूर्ण हुने उल्लेख गर्नुभयो । नेकपा (एमाले) को परराष्ट्र मामिला विभागले यहाँ आज आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ कार्यक्रममा अध्यक्ष ओलीले निषेधको नीतिले सकारात्मक परिणाम आउन नसक्ने बताउनुभयो । “हरेक देशको आफ्नै प्रकारको विदेश नीति हुन्छ, अवस्था कस्तो छ,…
काठमाडौँ, २० साउन (रासस) :नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताउनुभएको छ । “भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।” पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको रहेको उहाँले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राख्नुभयो । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूप फेरिएको उल्लेख गर्दै उपमहासचिव पुनले अहिलेको मूल…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो । छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्य सहभागी थिए । सुन कारोबारको प्रकृति ‘सङ्गठित’ देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । छलफलमा महान्यायाधिवक्ता डा.पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताएका थिए । सुन तस्करीको ‘सङ्गठित जालो’ बारे अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागले सिआईबीलाई लेखेर…
काठमाडौँ: महोत्तरी जिल्लासँग जोडिएको नेपाल र भारतबीचको दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा आज हटाएका छन्। नेपालतर्फ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ७ र ८ मा तथा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर सहरमा पर्ने सीमा स्तम्भ नम्बर २९५÷९ देखि सीमा स्तम्भ नम्बर २९५ सम्मको करिब तीन किलोमिटर अतिक्रमित दशगजा क्षेत्रलाई दुवै देशका संयुक्त सुरक्षाकर्मीले खाली गराएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरले जनाएको छ। नेपालको तर्फबाट सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलेश्वरका सशस्त्र प्रहरी नायब निरीक्षक रवीन्द्र मेहत्तरी सुडीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोली र भारतको बिहार राज्यको मधुबनी जिल्लाको…
