Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 29
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्ताव- उत्तराधिकारी तयार गरेर जाऔँ

    माओवादी बैठकमा उपमहासचिवद्वयको प्रस्ताव- उत्तराधिकारी तयार गरेर जाऔँ

    पहिलोक्लिकपहिलोक्लिकAugust 5, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ, २० साउन (रासस) :
    नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले सुरु गरेको जनपक्षीय काममा सबैले समर्थन गर्नुपर्ने बताउनुभएको छ ।

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि धारणा राख्दै उहाँले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताउनुभयो ।

    “भ्रष्टाचारको विरोधमा भएको कामलाई समर्थन र स्वागत गर्नुपर्छ । यो देश, समाज र पार्टीको पनि शुद्धीकरण हो । यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि हामी तयार हुनुपर्छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अभियानमा हाम्रो दह्रो साथ छ ।”

    पार्टी पुनःनिर्माणको ऐतिहासिक सम्भावना रहेको रहेको उहाँले पार्टीलाई रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले अबको पार्टी डिजिटल युग सुहाउँदो हुनुपर्ने धारणा राख्नुभयो । वर्ग सङ्घर्ष र राजनीतिक सङ्घर्षका रूप फेरिएको उल्लेख गर्दै उपमहासचिव पुनले अहिलेको मूल मोर्चा सरकार भएको स्पष्ट पार्नुभयो ।

    “अहिलेको समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔँ”, उहाँले भन्नुभयो, “अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन । अध्यक्षलाई सम्पूर्णरूपले सहयोग गरेर जान म तयार छु ।” बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको भन्दै उहाँले अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराउनुभयो ।

    अर्का उपमहासचिव जनार्दन शर्माले सरकारले थालनी गरेका सुशासनसम्बन्धी काममा आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पार्नुभयो । पार्टीलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भनेर आफूले पहिलेदेखि नै आवाज उठाउँदा अध्यक्षलाई असहयोग गरेको भनेर प्रचार गरिएको भन्दै उहाँले गुनासो गर्नुभयो ।

    पार्टीलाई जनतासँग जोड्नुपर्ने, पार्टी पङ्क्ति उत्पादनमा होमिनुपर्ने, भौगोलिक र पर्यावरणीय, जातीय तथा सांस्कृतिक विविधता, प्राकृतिक स्रोत साधनको समुचित प्रयोग गरेर आर्थिक विकास, गरिबी अन्त्य, रोजगारी सिर्जना र आत्मनिर्भताका लागि पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, “पार्टीलाई विधिसम्मत चलाउन विधान नमिच्ने सङ्कल्प गर्नुपर्छ । नेतृत्व चयनका लागि पार्टीभित्र मनोनयनको सट्टा निर्वाचनको प्रक्रिया प्रारम्भ गर्नुपर्छ । समावेशी प्रतिनिधित्वका लागि सम्बन्धित ‘क्लष्टर’मा निर्वाचन गर्नुपर्छ ।”

    उपमहासचिव शर्माले अहिलेको पदाधिकारी र स्थायी समितिबाट कम्तीमा एकतिहाइले विभागीय काम र सल्लाहकारको जिम्मेवारी लिन तयार हुनुपर्नेमा जोड दिनुभयो ।

    “पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

    पार्टीलाई पूर्णतः डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा पनि उहाँले जोड दिँदै उत्तराधिकारीको लामबन्दी तयार गर्नुपर्ने बताउनुभयो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.