Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । संवैधानिक परिषद् बैठक बस्नु एक दिन अघि सोमबार दुई नेताबीच भेटवार्ता हुनुलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली बीच भेटवार्तामा मुख्यतः सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउनेका साथै संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० देखि अनिवार्य अवकाशमा जान लागेका छन् । यसअघि आइतबार पनि ओली, प्रचण्ड र शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो ।
काठमाडौँ: अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म ५५ जिल्लामा कूल २३ हजार ९ सय ६१ उजुरी दर्ता भएका छन्। गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म २ हजार ५ सय २० वटा उजुरीमा मिलापत्र भएको छ। मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए। उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल १ अर्ब २० करोड ४६ लाख २४ हजार ८ सय १२ कारोबार भएको उल्लेख थियो। ती पीडितहरुसँग साहुले भने २ अर्ब २२ करोड २५ लाख ९२ हजार १ सय ९९ माग दाबी गरेको भेटिएको छ। त्यसमध्ये अहिलेसम्म रु ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन…
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा बस्ने बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ । यसअघि साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्राविधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तय गर्ने देखि रिक्त…
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । राती भने देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती,…
काठमाडौँ: आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् । यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको…
काठमाडौं : प्रधानमन्त्री पु्ष्पकमल दाहालले संघीय शिक्षा ऐन सदनबाट पारित गर्ने प्रयास भइरहेको बताएका छन्। आइतबार समाजवादी मोर्चाको विद्यार्थी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री दाहालले संघीय शिक्षा यही अधिवेशनबाट पारित हुने विश्वास व्यक्त गरेका हुन्। ‘शिक्षाको क्षेत्रमा जहाँजहाँ जेजे खालि छन् त्यसलाई पदपूर्ति गर्ने प्रक्रियामा समग्ररुपमा लागिरहेका छौं,’उनले भने,’ऐन आउनु वित्तिकै शिक्षा क्षेत्रका समस्याहरु हट्नेछन्।’ उनले संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पनाअनुसार त्यो कामको सुरुवात शिक्षा क्षेत्रबाट हुनुपर्ने बताए। प्रधानमन्त्री दाहालले शिक्षा क्षेत्रमा समाजवादीको भ्रूणहरु नरोपिएसम्म समाजवादको कुरा कागजमै सीमित हुने बताए। ‘जबसम्म शिक्षाको क्षेत्रमा समाजवादीको भ्रूणहरू रोपिदैनन् जबसम्म सामाजिक क्षेत्रमा, सामाजिक न्यायको युग, समृद्धिको नयाँ युगतिर देशलाई डोर्याउने शैक्षिक क्यालेन्डर बन्दैन…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ । आइतवार विहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा वताउनुभएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आ.व.२०७९÷८० मा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गर्नुभएको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरुवातमा बोर्डका अध्यक्ष रहनुभएका प्रधानमन्त्री समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेश गर्ने र बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था बमोजिम प्रतिवेदन प्रस्तुत गरिएको…
काठमाडौं: नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ ।चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत्को निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ ।मध्यकोटीशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरु निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ ।बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ…
“तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएका रहेछन्,’ ती अधिकृतले भने, ‘पछि बेल्जियम पुगेर त्यहीँको पासपोर्ट बनाई एनआरएनए बनेका रहेछ।” काठमाडौँ: ठमेलमा सञ्चालित होटल भियनामा राजस्व अनुसन्धान विभागको टोलीले शनिबार छापा मारेको छ। त्यस होटललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोहले काठमाडौंमा काम गरिरहेको सूचना पाएपछि विभागले छापा मारेको हो।त्यस क्रममा दावा छिरिङलाई विभागले पक्राउ पनि गरेको छ। उनी बेल्जियमका नागरिक रहेको खुलेको छ। तर, नेपालबाट बेल्जियम पुगेर उनले त्यहीँको पासपोर्ट बनाई भिजिट भिषामा नेपाल आएको अनुन्धान गरिरहेका राजस्व विभागका एक अधिकृतले जानकारी दिए। ‘तिब्बतीयन मूलका दावाले सुरुमा नेपाली नागरिकता लिएका रहेछन्,’ ती अधिकृतले भने, ‘पछि बेल्जियम पुगेर त्यहीँको पासपोर्ट…
काठमाडौँ: अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ…
