Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिने: प्रधानमन्त्री

    लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गरिने: प्रधानमन्त्री

    पहिलोक्लिकपहिलोक्लिकJuly 30, 2023No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ ।


    आइतवार विहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले उक्त कुरा वताउनुभएको हो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आ.व.२०७९÷८० मा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गर्नुभएको हो । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरुवातमा बोर्डका अध्यक्ष रहनुभएका प्रधानमन्त्री समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेश गर्ने र बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था बमोजिम प्रतिवेदन प्रस्तुत गरिएको हो ।


    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकासका लागि आवश्यक पर्ने नीतिगत, कानूनी तथा संस्थागत सुधारको खाँका प्रस्तुत गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिनुभयो । प्रधानमन्त्रीले यो संस्थालाई तुलानात्मक रूपले थोरै तर रणनीति पूर्वाधारमा परियोजना निर्माणमा कि इन्ष्टिच्यूडका रूपमा विकास गर्ने सोंच वर्तमान सरकारको रहेको बताउँदै यस संस्थाले गरेको कार्यप्रगतिले यस दिशामा संरचना तयार भइसकेकोे विश्वास व्यक्त गर्नुभयो ।
    समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा लगानी बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महशसु गरेको बताउँदै प्रधानमन्त्रीले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको सम्वृद्धी र विकासमा योगदान पु¥याउन आग्रह गर्नुभयो । आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिनुहुँदै प्रधानमन्त्रीज्यूले आफ्नोतर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो ।
    प्रधानमन्त्रीले गत आ.व.मा लगानी बोर्डको कार्यालयबाट भएका कार्यले आफूलाई देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित निजी क्षेत्रको लगानी भित्र्याउन सकिन्छ भन्नु हुँदै पूर्वाधार विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिवद्ध रहेको बताउनुभयो । बोर्डको कार्यालयबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाको रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत लगानी बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको उहाँले उल्लेख गर्नुभयो ।
    उहाँले परियोजना विकासमा बार्डले अपनाएको स्क्रीनिङ प्रक्रिया वैज्ञानिक तथा समयसापेक्ष भएको र अब परियोजनाको पहिचान र स्ट्रक्चरिङमा सम्बन्धित मन्त्रालयबाट सहयोग लिई सार्वजनिक निजी साझेदारी (सानिसा) परियोजना बैंकलाई अझै घनीभूत तथा उपयोगी बनाई दिगो, निश्चित समयसारिणीसहित क्षेत्र विशेषका परियोजना सूची तयार गरी लगानी बोर्डको समन्वयमा सम्बन्धित मन्त्रालय तथा प्रदेश सरकारबाट समेत सहयोग लिन सकिने सुझाउनुभयो ।
    सो अवसरमा कार्यसम्पादन प्रतिवेदन पेश गर्दै लगानी बोर्डका अध्यक्ष सुशील भट्टले गत आ.व.मा बोर्डको म्यान्डेट, बोर्डको व्यावसायिक योजना सहितको रणनीतिक योजना तथा नेपाल सरकारको बजेट तथा कार्यक्रमको अधीनमा रही विभिन्न समयमा प्रधानमन्त्रीज्यूबाट प्राप्त निर्देशनहरू समेतका आधारमा सम्पन्न भएका कार्यप्रगतिबारे विस्तृत प्रतिवेदनमा प्रस्तुत गरिएको बताउनुभयो ।
    उक्त प्रतिवेदनमा सम्झौता बमोजिमका विषयमा चार खम्बे रणनीति बमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारी अन्तर्गतका कार्य प्रस्तुत गरिएको छ । प्रत्येक कार्यलाई परिणाममा आधारित सूचक एवं संक्षिप्त व्याख्या सहित राखिएको छ । प्रतिवेदन बुझाउँदै बोर्डका अध्यक्ष भट्टले गत आ.व.मा चार ओटै स्तम्भमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै आगामी आर्थिक वर्षमा आफूले सम्पन्न गर्ने मुख्य कार्यहरू संक्षिप्त रूपमा प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गर्नुभएको थियो ।:

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.