Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एकीकृत समाजवादीले साउन १६ गतेदेखि गर्ने भनेको सबै बैठक स्थगित भएको बताएको छ। एकीकृत समाजवादीले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक स्थगित गरेको हो। पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले तयारी पूरा नभएकाले बैठक स्थगित गर्नुपरेको बताएका छन्। असार २९ र ३०, साउन १, २, ४, ५ गते बसेको पार्टीको सचिवालय बैठकले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक आह्वान गरेको थियो। त्यस बैठकले साउन १५ गते सचिवालय, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो। साउन १५ गतेको सचिवालय बैठक बस्ने तर १६ गतेदेखिको…

Read More

झापा: कास्की र झापामा अति भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछल्लो १२ घन्टामा झापाको गरूडा, केचनालगायत कास्कीको जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायतका स्थानहरूमा अति भारी वर्षा मापन भएको हो। पछिल्लो १२ घन्टामा गरूडामा ५९.६ मिलिमिटर, केचनामा १०२.४, जुम्लेटी पोखरामा १०६ मिलिमिटर, लामापाटनमा १५९.८ मिलिमिटर वर्षा मापन भएको छ। कोशी र गण्डक प्रदेशका केही स्थानहरूमा आज भारी वर्षाको सम्भावना छ। भारी वर्षाले साना ठूला नदीहरूको जलसतह बढ्ने भएकाले तटीय क्षेत्र र होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको

Read More

काठमाडौँ: नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कोशी प्रदेश सरकार निर्माणका लागि मध्यावधिमा जानु पर्ने धारणा राखेका छन् । कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत मध्यावधि निर्वाचनको विकल्प सुझाएका हुन् । उनले भनेका छन्– ‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत् शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्विकार्नु उपयुक्त होइन र ?’ उनले सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा…

Read More

चितवन: पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड आज बिहानबाट खुलेको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक शुक्रबार राति बिहान १ बजे पहिरो खस्दा सडक बन्द भएको थियो। एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सञ्चालन भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। पहिरोका कारण नारायणगढ मुग्लिन सडक पटकपटक बन्द हुने गरेको छ।

Read More

काठमाडौँ: आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव-बाघ सहअस्तित्व’ रहेको छ । वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३-३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिनुभयो । कार्ययोजनामा बाघको सङ्ख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्नेसम्बन्धी…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजदेखि लागू हुने गरी विदेश भ्रमणमा जानेलाई डलर सटही सुविधा बढाएको छ । अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले गत आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाउने घोषणा गरेको थियो । जुन व्यवस्था कार्यन्वयनका लागि शुक्रबार निर्देशन जारी गरको हो । भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रति पटक अमेरिकी डलर २ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको…

Read More

काठमाडौँ :परराष्ट्र मन्त्रालयले रोजगारीका लागि विदेश जाँदा पर्यटक भिसामा नजान आग्रह गरेको छ । थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि क्षेत्रमा आकर्षक रोजगारी तथा तलबको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दक बनाएको भन्दै श्रम स्वीकृतिबिना त्यहाँ नजान परराष्ट्र मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयले शुक्रबार एक ट्राभल एडभाइजरीसहितको सूचना जारी गर्दै समस्यामा परेका नेपालीहरुका लागि सम्पर्क गर्न भन्दै नम्बर समेत सार्वजनिक गरेको छ । यसरी म्यानमारको म्यावडी क्षेत्रमा पुगी बन्धक बनाइएका तथा अलपत्र परेका नेपालीहरूले आफ्नो उद्धारका लागि नेपालस्थित आफन्तजन र नेपाली राजदूतावासहरू बैंकक तथा यांगुनमा सम्पर्क गर्ने भनेको मन्त्रालयले जनाएको छ । नेपाली दूतावासले स्थानीय सरकारसँग समन्वय…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा र अटो कर्जाको जोखिम भार घटाएको छ। शुक्रबार सर्कूलर जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा र अटो कर्जाको जोखिम भार घटाएको हो। यसअघि २५ लाखमाथिको कर्जाको जोखिम भार १५० प्रतिशत थियो। अब ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत झारिएको छ। त्यसैगरी ५० लाखमाथिको सेयर धितो कर्जाको जोखिमभार भने १५० प्रतिशत नै कायम रहेको छ। व्याक्तिगत २५ लाखसम्मको अटो कर्जाको जोखिम भारसमेत १०० प्रतिशत कायम गरिएको छ। यसअघि यस्तो कर्जाको हकमा जोखिम भार १५० प्रतिशत थियो। त्यसैगरी २५ लाखमाथिको व्याक्तिगत अटो कर्जाको जोखिम भार…

Read More

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ । राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

Read More

तनहुँ, १२ साउन (रासस) :तनहुँको दमौलीस्थित आन्तरिक राजस्व कार्यालयले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका ५६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ । तनहुँ, लमजुङ र गोरखाका उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको हो । तनहुँका २७, लमजुङका १३ र गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका सुब्बा रामकाजी गुरुङले जानकारी दिनुभयो । “अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन् । कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ”, उहाँले भन्नुभयो । कार्यालयले २०८० वैशाख ५ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयका निमित्त प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । व्यवसायीको आम्दानी…

Read More