झापा: कास्की र झापामा अति भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार पछल्लो १२ घन्टामा झापाको गरूडा, केचनालगायत कास्कीको जुम्लेटीपोखरा, मालेपाटन, लुम्ले, ज्यामिरेबारी, छोम्रोङ लगायतका स्थानहरूमा अति भारी वर्षा मापन भएको हो।
पछिल्लो १२ घन्टामा गरूडामा ५९.६ मिलिमिटर, केचनामा १०२.४, जुम्लेटी पोखरामा १०६ मिलिमिटर, लामापाटनमा १५९.८ मिलिमिटर वर्षा मापन भएको छ।
कोशी र गण्डक प्रदेशका केही स्थानहरूमा आज भारी वर्षाको सम्भावना छ।
भारी वर्षाले साना ठूला नदीहरूको जलसतह बढ्ने भएकाले तटीय क्षेत्र र होचा भूभागमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान् महाशाखाले अनुरोध गरेको
