Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताएका छन्। सांसदको शपथ लिएपछि आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले अहिलेकै गठबन्धनले नयाँ सरकार बनाउने बताए। ‘यही गठबन्धनबाट सरकार बन्छ। को प्रधानमन्त्री बन्ने सल्लाह हुँदैछ,’ प्रचण्डले भने। गठबन्धनमा पहिले को प्रधानमन्त्री बन्छ भन्ने प्रश्नमा उनले सल्लाह भइरहेको प्रतिक्रिया दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन पुस १० गतेसम्मको समय दिएकी छन्।
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बङ्गलादेशका उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो । नेपाल बङ्गलादेश बीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्बन्धमा दुई राष्ट्र बीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो । अध्यक्ष मल्लले भने, ‘नेपाल, भारत र बङ्गलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यान्वयनसँगै लगानीका लागि हामी आह्वान गर्दछौँ ।’ बङ्गलादेशमा सडक सञ्जालसँगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्बन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले…
काठमाडौँ: नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए। उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उनले बताए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले केही देशमा सङ्क्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए । नेपालमा…
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा बैंकको ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यस एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ्ग सेवा, ५२…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनमा अब ढिलाइ नहुने बताएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महेन्द्रराय यादवसँगको कुराकानी देउवाले सरकार गठनमा विलम्ब नहुने बताएका हुन्। बिहीबार बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमा रहेका सबै दलको सम्मान हुनेगरी सरकार निर्माण हुने बताए। ‘गठबन्धनभित्रका सबै दलको सम्मान हुनेगरी सरकार बन्छ। नयाँ सरकार गठनमा अब ढिलाइ हुँदैन। सबैको सम्मान हुनेगरी शक्ति बाँडफाँट हुन्छ,’ देउवाको भनाइ उद्धृत गर्दै यादवले सेतोपाटीसँग भने। नेपाल समाजवादी पार्टीले नयाँ संसदबाट नागरिकताको विषय टुंग्याउनुपर्ने र अब गठन हुने सरकारले जनतालाई सुशासनको अनुभूति दिलाउनुपर्ने सुझाव प्रधानमन्त्री देउवालाई दिएको छ। भट्टराई र यादवले नेपाली कांग्रेसको…
काठमाडौँ: नेपाली बजारमा बिहीबार सुन–चाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन बुधबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ तथा चाँदीको भाउमा ५ रुपैयाँ वृद्धि भएको हो । आजका लागि छापावाल प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ४०५ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन बुधबार सुन ८०० रुपैयाँ तथा चाँदीको भाउमा २५ रुपैयाँले वृद्धि भएर कारोबार भएको थियो । हिजो छापावाल प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला १ लाख ७००…
काठमाडौँ: काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। सधै बिहानै पारिलो घाम लाग्ने काठमाडौं उपत्यकामा आज हुस्सुले गर्दा केही अँध्यारो देखिएको छ । मौसमविद् गंगा नगरकोटीका अनुसनर काठमाडौंमा बिहानैदेखि लागेको बादल र कुहिरो दिउँसो खुल्नेछ। कुहिरो र बादल लागे पनि वर्षाको कुनै सम्भावना नरहेको उनले बताइन्। कुहिरो लागेर भिजिविलिटी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सहरूको उडान तथा अवतरण प्रभावित भएको छ। त्रिभुवन अन्तरार्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण रोकिएका छन्। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार खराब मौसमका कारण आन्तरिकतर्फको उडान पनि ठप्प भने अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ। मौसम खुलेपछि मात्रै उडान अवतरण सुरू हुने…
काठमाडौँ: यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार दुई हजार जरिवाना गरिने विभागले जनाएको छ । सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा टोकराज पाण्डेले बताए। उनले भने, “सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रुपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौँ, फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने छ, सेतो प्लेटले पनि कर…
काठमाडौँ: प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई आज शपथ खुवाइँदै छ। सङ्घीय संसद् सचिवालयका अनुसार नयाँबानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ खुवाउने कार्यक्रम छ। शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछन्। शपथलगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको उनले बताए। शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ। मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ। शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिएलगत्तै नवनिर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम…
काठमाडौँ: नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) लाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ। आज मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। सांसदहरूलाई शपथ खुवाउनुअघि बस्ने गरी संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्। यसपछि दिउँसो १ बजे उनले नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शपथ खुवाउने छन्।
