काठमाडौँ: नेपाली बजारमा बिहीबार सुन–चाँदी दुबैको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन बुधबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ तथा चाँदीको भाउमा ५ रुपैयाँ वृद्धि भएको हो ।
आजका लागि छापावाल प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको भाउ प्रतितोला १ हजार ४०५ रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन बुधबार सुन ८०० रुपैयाँ तथा चाँदीको भाउमा २५ रुपैयाँले वृद्धि भएर कारोबार भएको थियो । हिजो छापावाल प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला १ लाख ७०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ बुधबार १ हजार ४०० रुपैयाँ थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १८१९.३७ तथा चाँदी २४.०५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
