Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: इलामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । गठबन्धन दलहरुले बहिष्कार गरेपछि मतगणना रोकिएको हो । मतगणनामा खटिएका कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई मतपेटिका खोलेको भन्दै एकीकृत समाजवादी, नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धन दलले बिरोध जनाउँदा मतगणना प्रभावित भएको हो । राति करिब १० बजेदेखि नै मतगणना रोकिएको छ । मतगणना सुरु गर्ने बारे केही बेरमा सर्वदलीय बैठकको तयारी भइरहेको छ । जारी मतगणनामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पूर्वप्रधानमन्त्री एव‌ं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पछि परेका थिए । उनलाई एमालेका उम्मेदवार महेश बस्नेतले पछि पारेका छन् । बस्नेतले १० हजार २ सय ८७ मत पाउँदा…

Read More

काठमाडौँ: आइतबार बिहान गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ४ बजे ९ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रको भनाइ छ । यसअघि असोज १६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ र ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Read More

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल, आन्तरिक, बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएर पेट्रोल प्रतिलिटर १३६ रुपैयाँ र डिजल र मट्टितेल प्रतिलिटर ११९ रुपैयाँ कायम गरेको छ । त्यसैगरी हवाई इन्धनमा ५ रुपैयाँले बढाएर आन्तरिकतर्फ प्रतिलिटर १०१ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८९५ रुपैयाँ कायम गरेको छ । साथै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १५७५ रुपैयाँ कायम गरेको छ ।

Read More

काठमाडौँ: भारतका सडक पारवहन मन्त्री एवं भारतीय जनता पार्टीका नेता नितिन गडकरी नेपाल आउने भएका छन् । मन्त्री गडकरी पतञ्जली योगपीठ नेपालद्वारा सञ्चालन हुने आस्था नेपाल र पतञ्जली नेपाल नामक धार्मिक च्यानलको शुभारम्भ कार्यक्रममा आउन लागेका हुन् । गडकरी भाजपाका पूर्व अध्यक्ष हुन् । सो कार्यक्रममा पतञ्जली योगपीठका स्वामी रामदेव र आचार्य बालकृष्ण पनि आउने बताइएको छ । मंसिर ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्ने सो कार्यक्रममा पतञ्जली आश्रमको समेत उद्घाटन गर्ने कार्यक्रममा रहेको छ ।

Read More

काठमाडौँ: सार्वजनिक यातायातमा तोकिएभन्दा बढी भाडा लिनेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले समातेर कारबाही गरिरहेको छ । वाग्मती प्रदेश सरकारले दसैँअघि निर्णय गरेर कात्तिक १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढाएको थियो । बढेको भाडा अनुसार अहिले न्यूनतम् भाडा ८ तोकिए पनि २० भाडा लिएको पाइएको महाशाखाका सहायक प्रवक्ता सन्तोष रोक्काले जानकारी दिए । २३ भाडा तोकिएका स्थानमा खुद्रा छैन भन्दै सार्वजनिक यातयातका परिचालकले २५ भाडा लिने गरेका छन् । प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा वृद्धि गर्ने निर्णय गरेपनि सार्वजनिक यातायात चार किमी दूरिमै २५ भाडा लिने गरेको यात्रुको गुनासो छ । चार किमीमा १८ भाडा सरकारले तोकेको छ । बढी भाडा…

Read More

काठमाडौँ: नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकालाई आग्रह गरेका छन् । एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएको भन्दै गौतमले फिर्ता लिन अमेरिकालाई आग्रह गरेका हुन् । ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले बुधबार विज्ञप्तिमार्फत भनेका छन्, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’ नेपालको अवस्था मध्यनजर गरेर एकपक्षीय रपमा भए पनि एमसीसी परियोजना फिर्ता लिन गौतमले अमेरिकी…

Read More

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकको हेलम्बु–७ इचोकमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु इचोकबाट काठमाडौँका लागि छुटेको सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नम्बरको बस दुर्घटना हुँदा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार पाँच जना घाइते भएका छन् । उनीहरूलाईउद्धार गरी उपचारका धुलिखेल अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरीक्षक सुनील थापाका अनुसार बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि मंगलबार अरनिको…

Read More

काठमाडौँ: कोरोनाविरुद्धको फाइजर खोप यही कात्तिक २८ देखि मंसिर ४ गतेसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन लागेको जानकारी दिए। नेपाललाई अमेरिकाले एक लाख ६२० डोज फाइजर खोप उपलब्ध गराएको थियो। मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्रा दिइने बताएको छ। खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जान भनिएको छ। खोप मन्त्रालयले देशभरिका विभिन्न २४ वटा अस्पतालबाट लगाउने भएको छ। मन्त्रालयका अनुसार मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका,…

Read More

डडेल्धुरा: नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको बताएका छन् । बुधबार डडेल्धुरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै सूर्य चिन्ह ल्याएको भए पनि अब त्यसमा ग्रहण लागिसकेको बताए। उनले आफूहरू एस हुने वितिक्कै एमाले नो भएको टिप्पणी गरे । उनले भने, ‘हामी इन एमाले आउट, डडेल्धुरामा पनि समाजवादी एस र एमाले आउट भयो ।’ उनले एकीकृत समाजवादी एउटा अभियान भएको दाबी गरे । कम्युनिस्ट आन्दोलनलाई उचाइँमा पुर्‍याउन नयाँ संकल्पका साथ र एमालेले आन्दोलन गरेर खडा भएको कम्युनिस्ट आन्दोलनको आदर्श रक्षा गर्न, देश र जनताको हितमा एक ढिक्का भएर…

Read More

काठमाडौँ: हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य विहीबार गतेबाट सुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गर्न लागिएको विभागले जनाएको छ । जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको…

Read More