Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो । नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले दुबै प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको स्रोतले जानकारी दिएको हो । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ । हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने…
काठमाडौं: बिहीबार जे जसरी भएपनि विस्तार हुने भनिएको मन्त्रिपरिषद आज पनि अन्तत सत्तारुढ ५ दलबीच सहमती नहुँदा विस्तार हुन सकेन। सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बताएको छ । अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।
काठमाडौं: बैंक तथा वित्तीय संस्थामा तरलताको दबाव बढ्दै गएको र व्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघले ध्यानाकर्षण भएको जनाएको छ । तरलता र व्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुनुपर्ने परिसंघको भनाइ छ । बैंक तथा वित्तीय संस्था र उद्योगीसँगको छलफलमा हाल बजारमा तरलताको चाप बढ्दै गए पनि यो समस्या दीर्घकालीन नभई तत्कालका लागि मात्र भएको धारणा आएको भन्दै परिसंघले समस्या समाधान गर्न तत्काल उचित कदम नचाल्ने हो भने समस्या विकाराल हुनेमा सजग हुन समेत परिसंघले सबै पक्षलाई आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाले हाल तरलताको चाप देखिनुको मुख्य विषय कर्जा स्रोत…
काठमाडौँ: मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् । आन्द्राभुडी राखिएको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २०० र ह्याकुलासहित रोजाइ (ग्राहकले रोजेअनुसार)को मूल्य रु एक हजार ३०० निर्धारण गरिएको हो ।यस्तै कुखुराको मासु प्रतिकिलो रु ३०० तथा रागाँ र बङ्गुरको मासु रु पाँच÷पाँच सय तोकिएको छ । राष्ट्रिय मासु व्यवसायी सङ्घले फुलपातीका दिनदेखि लागू हुने गरी काठमाडौँ उपत्यकासहित देशभर खसी, बोका, कुखुरा र राँगाको मासुको मूल्य निर्धारण गरिएको जनाएको हो । सङ्घका अध्यक्ष रमेश खड्गीले…
काठमाडौँ: विश्व बैंकले सन २०२१/२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । कोभिड १९ का कारण खस्किएको अर्थतन्त्र पुर्नस्थापनाको क्रम जारी रहेकाले गत आर्थिक वर्षमा १.८ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा बढेर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकका अनुसार सन २०२२/२३ मा नेपालको आर्थिक आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने अनुमान छ । कोभिड विरुद्धको खोप अभियानका साथै आर्थिक गतिविधिहरुमा आएको बढोत्तरीले अर्थतन्त्र सुधारन्मुख रहेको उल्लेख गरेको छ । गत असारपछि लकडाउन खुला हुँदै गएको र यस वर्ष आर्थिक गतिविधि पनि वृद्धि भएका कारण चालू आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरूको शपथ हुने बताएका छन्। आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा आज शपथ कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन्। टीभी पञ्चली एट.के को उद्घाटन समारोहमा प्रचण्डले भने, ‘‘आज शपथ ग्रहण हुन्छ होला, क्याबिनेटले पूर्णता पाउँछ होला।’ यस क्रममा आफूले आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी पनि दिए। पार्टीबाट बनाउनुपर्ने मन्त्रीको नाम टुंगो लगाइसकेका छैनन्। यस्तै जनता समाजवादी पार्टी पनि बिहानैदेखि मन्त्री छान्न छलफलमा जुटेको छ।
काठमाडौँ: सन् २०२३ को डाइभर्सिटी भिसा (डीभी) को लागि बुधबार रातिदेखि आवेदन दिन सकिने भएको छ। नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार राति ९ः४५ बजेदेखि कात्तिक २३ सम्म डीभी चिठामा सहभागिता जनाउन चाहनेले आवेदन दिन सक्नेछन्। डीभी भर्नेले अनिवार्य पासपोर्ट नम्बर पनि भर्नुपर्नेछ। अमेरिकी राजदूतावासले डीभी भर्नुअघि निम्न कुरामा ध्यान दिन आग्रह गरेको छ– १. दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस्। २. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस्। ३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस्। ४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस्। ५. स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क नतिर्नुहोस्। डीभी आवेदन निःशुल्क र आफैँले…
एजेन्सी: पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देख्न सकिन्छ । प्रारम्भिक रिपोर्टका अनुसार भूकम्पको तीव्रता ५.७ रेक्टर स्केलको रहेको थियो । सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।
काठमाडौँ: नेपाली काँग्रेसको महाधिवेशन मिति सर्ने भएको छ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा महाधिवेशनको मिति सार्ने सहमति भएको हो । काँग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने तय गरेको छ । तर ५ जिल्लामा क्रियाशील सदस्य विवाद नटुंगिएको तथा कतिपय जिल्लाको अधिवेशनसमेत सुरु हुनसमेत नसकेकाले निर्धारित समयमा महाधिवेशन गर्न नसकिने निष्कर्षसहित मिति केही पर सार्ने समझदारी भएको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार महाधिवेशन मंसिर अन्तिम वा पुस पहिलो साता गर्नेगरी कुराकानी भएपनि निर्णय भने हुन बाँकी छ । काँग्रेसको हालसम्म ८ जिल्लामा…
काठमाडौँ: यो पटकको दशैं/तिहार लगायत चाडपर्वमा नेपालीहरूको भान्सा थेग्नै नसक्ने गरी महँगिने भएको छ । अघिल्लो दशैंको तुलनामा यो पटक सबैजसो खाद्यान्नको मूल्य बढेको छ । यस अवधिमा खानेतेल, दाल, चामल, चिनी लगायतका वस्तुको मूल्य बढेको हो । नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक सबै उपभोग्य वस्तुको मूल्य उकालो लागेको छ । खानेतेल र वनस्पति घ्यूको मूल्य ९० रुपैयाँसम्म बढेको छ । यस्तै, मस्यौराको मूल्य प्रतिकिलो ८० रुपैयाँसम्म बढेको छ । यो अवधिमा केही वस्तुको मूल्य भने सामान्य घटेको देखिन्छ । मैदा, सुजी, आँटा र जीराको मूल्य घटेको खुद्रा व्यापार संघले जानकारी दिएको छ । गत असोजदेखि यो…
