Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन् । एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उल्लेख गरेका हुन् । संयुक्त राष्ट्रसङ्घले दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ नारा तय गरेको छ । यस अवस्थामा प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वर्द्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम सञ्चालन गर्दा ज्येष्ठ…
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको पीसीआर रिपोर्ट निगेटिभ आएको छ। स्वास्थ्यमा समस्या देखिएपछि हिजो (बुधबार) त्रिवि शिक्षण अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्री नेपालको आज गरिएको परीक्षण रिपोर्ट निगेटिभ आएको अस्पतालले जनाएको छ। नेता नेपाल सामान्य ज्वरो, वान्ता आउने, पेटमा गडबढी, छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको ‘इलेक्ट्रोलाइट सोडियम लेभल’ मा सुधार आएको, शरीरको तापक्रम, रक्तचाप सामान्य रहेको तथा सिजनल भाइरल फिभर सम्बन्धी उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जारी गरेको बुलेटिनमा उल्लेख छ।
काठमाडौँ: काठमाडौँमा बिहीबारदेखि सभा जुलुस गर्न रोक लगाइएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बिहीबार एक आदेश जारी गर्दै अर्को आदेश नभएसम्मका लागि सभा जुलुस गर्न प्रतिबन्ध लगाएका छन् । कोरोना महामारीको जोखिम यथावत रहेको भन्दै बढी भीडभाड हुने कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको हो । चाडपर्व तथा कोरोना महामारीलाई ध्यानमा राखेर आदेश जारी गरिएको छ । चाडपर्व मनाउँदा पनि आफ्नै परिवारभित्रमात्र बनाउन आग्रह गरिएको छ । होटल, पार्टी प्यालेसलगायतले पनि स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने आदेशमा उल्लेख छ । यस्तै सार्वजनिक यातायातको टिकट काट्दा आधिकारिक काउण्टरबाटमात्र काट्न यात्रुहरुलाई आग्रह गरिएको छ । बसमा यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक,…
काठमाडौँ:नेपालमा थप एक हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार ७८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ११ हजार सात सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय १० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल १८ हजार १६८ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले तत्काल पार्टीको नेतृत्व नछाड्ने बताएका छन् । बिहीबार राजधानीमा अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले आफ्नो पार्टीमा केही नेताहरु प्रचण्डबाट हुँदैन भन्नेमा लागेकोसमेत बताए । उनले भने, ‘मुखमा त भन्न सक्दैनन्, तर अब प्रचण्डबाट हुँदैन भन्छन् रे । सबैलाई समेटेर लिने भेटिए त म किताब लेखेर बस्छु । तर यसो हेर्छु…। लास्ट एक पटक लडाइँ लड्छु ।’ माओवादी केन्द्रले महाधिवेशनको तयारी गरिरहेका बेला प्रचण्डले फेरि पार्टीको नेतृत्व नछाड्ने बताएका हुन् । प्रचण्ड माओवादीको स्थापनाकाल २०५२ देखि लगातार नेतृत्वमा छन् । तर, उनले आफूसँग प्रतिस्पर्धामा आउन भने नेताहरुलाई आह्वान गरे…
भोलिबाट शुरु हुने एमाले विधान महाधिवेशनमा ६ हजार प्रतिनिधिले बेलुकाको खाना आफैले व्यवस्था गर्नुपर्ने
काठमाडौँ: शुक्रबारदेखि ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले शुक्रबार सवा १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए । महाधिवेशन व्यवस्थापन समितिका संयोजक थापाले पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा बस्ने उल्लेख गर्दै मुल हलमा ३ हजार प्रतिनिधि रहने जानकारी दिए । दायाँ बायाँको हलमा एकएक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एकएक हजार क्षमताका हल बनाइएको छ । सबै…
काठमाडौँ: नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरुको उठान गरेका मुद्दामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँगमात्र सिधै छलफल गर्नुपर्ने टिप्पणी गरे । अरु दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उनको भनाइ छ । एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए । एमालेको एजेण्डामा गर्ने गरी सरकार र सभामुखले छलफल नै नगरेको भट्टराईको तर्क छ । उनले आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसँग आपत्ति रहेको र पार्टी फुटाउन संसद्…
काठमाडौँ: शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ । यो साता बुधबारमात्र शेयर बजार उकालो लागेको थियो । बिहीबार बजार मापक परिसूचक नेप्से ३२.५१ अंकले घटेर २६३३.४२ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि ६.४१ अंकले घटेर ४९७.०५ को बिन्दुमा झरेको छ । बिहीबार १ बजेसम्म हरियाली देखिएको बजार त्यसपछि भने घटेर राताम्य भएको थियो । यसदिन १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहमा मात्र हरियाली आएको छ । ट्रेडिङ, अन्य र म्युचुअल फण्डमामात्र वृद्धि हुँदा अन्य १० वटा उपसमूहमा गिरावट आएको हो । यसदिन २२५ कम्पनीका ७३,२१,०१४ कित्ता शेयर किनबेच हुँदा ३,७०,००,२९,५०७ रुपैयाँको…
काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । सभामुख अग्नि सपाकोटाले बैठकको कारबाही अगाडि बढाएपछि एमाले सांसदहरुले नाराबाजी सुरु गरेका थिए । तर, सभामुख सापकोटाले बैठकको कार्यसूची अनुसार राष्ट्रपति कार्यालय पत्र पढेर सुनाए । बजेट आश्रित दुईवटा विधेयक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको पत्र सभामुखले सुनाएका हुन् । त्यसपछि प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको प्रतिवेदन पेश गरे । सो प्रतिवेदन पेशपछि सभामुख सापकोटाले आगामी मंगलबारसम्मका लागि बैठक स्थगित गरे । बिहीबार एमालेको अवरोधबीच बैठक करिब ८ मिनेट चलेको थियो ।
काठमाडौं: परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँग न्यूयोर्कमा भएको भेटमा विशेष छलफल नभएको बताएका छन् । गत आइतबार खड्कासँगको भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सन्जालमा दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गरेका थिए । बिहीबार स्वदेश फर्किएका मन्त्री खड्कासँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले भारतीय विदेशमन्त्रीले उल्लेख गरेको ‘विशेष सम्बन्ध’बारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा मन्त्री खड्काले भने, ‘त्यो विशेष भन्ने विषय हाम्रो छलफलमा आएको थिएन ।’ जयशंकरले सहमति भयो भनेर आफ्नो ट्वीटर लेखे पनि त्यस्तो केही नभएको बताउँदै मन्त्री खड्काले भने, ‘त्यो उहाँको ट्वीट हो, मैले धैरै भन्ने कुरा…
