काठमाडौँ:नेपालमा थप एक हजार ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एक हजार ७८ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ११ हजार सात सय ६५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
८ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण र तीन हजार २ सय १० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १८ हजार १६८ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ।
Facebook Comments Box