Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक जारी भएको अध्यादेश सूचना निकालेको भरमा फिर्ता नहुने बताएका छन् । गठबन्धन सरकार संसदीय मूल्यमान्यता भत्काएर स्वेच्छाचार बन्दै गएको उनले आरोप लगाए । काठमाडौंमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले एउटा अध्यादेश रद्द गर्न अर्को अध्यादेश वा कानून चाहिने बताए । संसद चलिरहेको बेलामा सांसदबाटै कानून बनाइनुपर्ने उनको भनाइ छ । ओलीले भने, ‘दूषित मनसायका साथ अध्यादेश ल्याइयो । अहिले संसद छलेर सूचनामार्फत अध्यादेश फिर्ता भनिएको छ । अध्यादेशको कुरा, कानूनको कुरा संसदको विजनेस हो । अध्यादेश रद्द गर्न अर्को कानून चाहिन्छ । यत्तिकै फिर्ता हुँदैन । रद्द गर्नुपर्यो भने…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा ९०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६७२ पीसीआर परीक्षणमा मंगलबार थप ९०४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको २ हजार ३३१ परीक्षणबाट २५४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ३ परीक्षणमा १ हजार १५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख…

Read More

काठमाडौँ: कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन्। जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका विद्यालय दसैं-तिहारपछि मात्रै सञ्चालनमा आउने भएका छन्। कोभिड-१९ संक्रमण घटेको भन्दै लकडाउन हटाएर निषेधाज्ञा खुकुलो बनाएसँगै स्थानीय तहमा विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन हुन थालेका छन्। भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खुल्न अनुमति दिएपछि यहाँका विद्यालय असोज १ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका हुन्। सूर्यविनायक नगरपालिकाले भने दसैंअगाडि भौतिकरूपमा परीक्षा सञ्चालनको अनुमति दिए पनि दसैंपछि कक्षा ८ देखि १० सम्म र तिहारपछि सबै कक्षालाई…

Read More

काठमाडौँ: सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको थप उपचार गर्न थाइल्याण्डको बैंकक लगिने भएको छ। जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बुधबार बैंकक लगिन लागिएको सांसद एवम् पत्नी ओनसरी घर्तीले बताइन्।

Read More

काठमाडौँ: सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मन्त्रिमण्डलले विस्तारको बाटो खुलेको छ। मंगलबार वा बुधबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउने प्रधानमन्त्री शेरबहादुर देउवानिकट स्रोतले जनाएको छ। नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थन पाएका प्रधानमन्त्री देउवाले असार २९ मा पाँच सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते ल्याइएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो। लगत्तै राष्ट्रपति भण्डारीले सो अध्यादेश खारेज गरेकी छन्। सरकारले राजनीतिक दल विभाजनको अध्यादेश प्रतिनिधि सभामा पेस गरे पनि प्रक्रियामा अघि बढाएको थिएन। आइतबार गठबन्धनका शीर्ष नेताहरुबीचको…

Read More

काठमाडौँ: नेपालले महामारी, आतङ्कवाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ। ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्र सङ्घलाई पुनःजागृत गराउने’ विषयमा संयुक्त राष्ट्र सङ्घको ७६औँ महासभामा नेपालले जातीय बहुल समाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र बहुपक्षवाद भएका बताएको हो। बहुपक्षवादको अपरिहार्यतामा नेपालको अटल विश्वास रहेको र त्यसको केन्द्रमा संयुक्त राष्ट्र सङ्घ रहेको बताउँदै परराष्ट्रमन्त्री डा. नारायण खड्काले विश्वमा समझदारी…

Read More

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगरबाट प्रहरीले चोरीको मोटरसाइकल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका ३८ वर्षीय बिनोद मण्डल र निजका छोरा राकेश मण्डल छन् । बिनोद मण्डलले आलोकनगरमा ‘सर्लाही मोटर वर्कशप’ सञ्चालन गरेका छन् । वर्कशपमा प्रदेश–३–०२–००७ प २९६१ नम्बरको चोरीको पल्सर एनएस मोटरसाइकल पाटपुर्जा निकालेको अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए । अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले वर्कशपबाट १ सय ११ बोतल लागुऔषध कोरेक्स बरामद गरेको छ । आरोपीहरुमाथि महानगरीय प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज नेपाली सञ्चारमाध्यमका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । आज अपराह्न ४ बजे नयाँ बानेश्वरमा छलफलको कार्यक्रम राखिएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । सरकारबाट बाहिरिएपछि तथा पार्टी विभाजनपछि ओलीले पहिलोपटक सम्पादकहरुसँग छलफल गर्न लागेका हुन् । असोज १५ देखि १७ गतेसम्म तय भएको विधान महाधिवेशन तथा विकसित राजनीतिक घटनाक्रममा ओलीले सम्पादकहरुसँग छलफल गर्न लागेको नेता भट्टराईले बताए ।

Read More

काठमाडौं । गठबन्धन सरकारले केपी ओली ओली नेतृत्वको अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । भूमि आयोग खारेजीबाट शुरु भएको प्रक्रिया नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेजीसम्म आइपुग्दा सरकारले कतिपय समिति नै खारेजी र कतिपय व्यक्ति हटाउने दुवै नीति अख्तियार गरेको छ । यसैबीच सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकालाई हटाउने प्रक्रिया थालेको छ । युवा तथा खेलकुद मन्त्रालय स्रोतका अनुसार उनीहरुलाई हटाउन कानूनी प्रक्रिया पूरा गर्न लागिएको छ । स्पष्टीकरण सोधेर सफाइको मौका नदिई हटाउँदा…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीहरुको छैन ।’ नेपाली विशेषताको समाजवादी मोडलको चर्चा गर्नुहुँदै उहाँले थप्नुभयो ‘समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्छ ।’ अबको सन्दर्भमा संगठनको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता…

Read More