Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो । बिना जानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको एक अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार एनसेलले ग्राहकको मञ्जुरीबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू अटो रिन्यू (नवीकरण) हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरूसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरूले गुनासो गरेका थिए । सोही…

Read More

काठमाडौँ: देशभरका कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरी वित्तीय पहुँच पु¥याएका छन् । धादिङको रुवीभ्याली, जाजरकोटाको जुनीचाँदे र बझाङको साइपालमा भने वाणिज्य बैंकका शाखा खुल्न सकेको छैन । ती स्थानीय तहमा पनि वाणिज्य बैंकको शाखा कार्यालय स्थापना लागि आवश्यक पहल भइरहेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार २०७८ चैत मसान्तसम्म इजाजत प्राप्त क, ख र ग वर्गका बैंकिङ संस्थाका शाखा सङ्ख्या पाँच हजार ९७८ पुगेको छ । प्रतिवेदनअनुसार निक्षेप खाता सङ्ख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता सङ्ख्या १६ लाख ८२ हजार ८४५ रहेको…

Read More

काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले प्रमुख विपक्षी दलका सांसद र नेताको व्यवहार र अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । नेकपा एमालेले कारबाहीको सिफारिस गरेको १४ सांसदलाई कारबाही गर्न दबाब दिन भन्दै सभामुख सापकोटालाई भेट्न पुगेका एमालेका सांसदहरुको अभिव्यक्ति, प्रस्तुति र व्यहार अमर्यादित र अशोभनीय रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानलेले बताए। पूर्व प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सार्वजनिक सञ्चारमाध्यममा दिएको अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा आएका विचार र प्रस्तुतीले वातावरण विगारेको सचिवालयले जनाएको छ। ‘हिजो सभामुखज्यूलाई भेट्न आउनुभएका माननीयज्यूहरुको अभिव्यक्ति, प्रस्तुति र व्यवहार अशोभनीय भयो। पछि सार्वजनिक सञ्चारमाध्यममा प्रमुख विपक्षी दलका नेताले दिएको अभिव्यक्तिसमेत हेर्दा त्यसले…

Read More

काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) को दसौं विश्व सम्मेलन आगामी कात्तिक ६ देखि ८ गतेसम्म काठमाडौंमा हुने भएको छ। सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्री अध्यक्ष रहेनगरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै यो जानकारी गराएको हो। प्रत्यके दुई वर्षमा एनआरएनएको सम्मेलन हुँदै आएको छ। समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव, विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल लगानी बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, गैर आवासीय नेपाली संघ लगायत अन्य सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधि सदस्य छन्। गैर–आवासीय नेपाली संघको नवौं विश्व…

Read More

काठमाडौँ: अर्थ समितिले सर्वोत्तमको शेयर कारोबारमा संलग्न नियामक निकायका पदाधिकारी माथि छानबिन गरी कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । शुक्रबार अर्थमन्त्रालयसँगको छलफलपछि समितिले निर्देशन दिँदै छनबिन सम्पन्न गरी कानून अनुसार कारबाही गर्न निर्देशन दिएको हो । बुक विल्डिङ विधि मार्फत मूल्य निर्धारण गरी सर्वसाधारणमा शेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको शेयर नियामक निकायका पदाधिकारीले आफन्तको नाममा खरिद गरेपछि विवाद बढेको थियो । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भिष्मराज ढुङगानाले आफ्नी छोरीको नाममा, बोर्डका सञ्चालक चन्दाप्रसाद ढकालले आफ्नो भाइको नाममा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको विषय अर्थ…

Read More

काठमाडौँ: नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन्। शुक्रबार महाराजगञ्जस्थित एरिकल इभेण्ट्स होटलमा भेला भएका उनीहरुले अहिलेको अवस्थामा देखा परेका पार्टीका समस्याहरुलाई हल गर्दै पार्टी एकतामा जोड दिने निस्कर्ष निकालेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताए। उनले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको विरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिए। नेता विष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी…

Read More

काठमाडौँ:  अर्थमन्त्री जनार्दन शर्माको वरिष्ठ आर्थिक सल्लाहकारमा डा. सुरेन्द्रकुमार उप्रेती नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो। राज्यमन्त्रीसरहको सुविधा हुनेगरी उनी नियुक्त भएका हुन्। उनले अर्थशास्त्रमा पिएचडी गरेका छन्। उनी यसअघि कर्णाली मन्त्रिपरिषद्को आर्थिक विज्ञ समेत भएका थिए। उनले विद्युत उत्पादन कम्पनीको विज्ञ सञ्चालकको रूपमा काम गरिसकेका छन्।

Read More

काठमाडौँ: अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा मात्रै १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरेको ५८औँ वार्षिक प्रतिवेदन बुझाएका हुन्। उक्त प्रतिवेदनअनुसार अहिलेसम्म बेरुजु ६ खर्ब ७६ अर्ब ४१ करोड पुगेको हाे। आर्थिक वर्ष २०७५/०७६ मा ६ अर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बेरुजु थियो। पछिल्लो समय १ दशमलव ८१ प्रतिशले बढेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ। प्रतिवेदनमा भनिएको छ, ‘बेरुजुलाई असुल गर्नुपर्ने रकम, अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको, शोधभर्ना नलिएको र पेस्की बाँकीमा वर्गीकरण गरिएको छ।’ पेस्कीअन्तर्गत कर्मचारी पेस्की, मोबिलाइजेसन पेस्की, प्रतीतपत्र पेस्की…

Read More

काठमाडौँ: निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई दल दर्ता निवेदनमा सनाखत गर्न बुधबार बोलाएको छ। नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नामको दल दर्ताको निवेदन दिएको छ। यस्तै ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल नामको दल दर्ताको निवेदन आयोगमा दिएका छन्। नेपाल पक्षको नेकपा एकीकृत समाजवादीमा ९५ जना केन्द्रीय सदस्य छन्। यस्तै ठाकुर पक्षको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ। दल दर्ताका लागि निवेदनमा नाम भएका सदस्यहरुको सनाखतका लागि बुधबार विहान ११ बजे आयोगले बोलाएको हो। ‘हाम्रो दललाई सनाखतको लागि बुधबार बिहान ११ बजे आयोगमा बोलाइएको छ,’ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी…

Read More

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् । कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले विहीवार काठमाडौंमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । ‘बहुआयामिक गरिबी दरसबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य हुँदैन । कर्णालीको गरिबी अन्त्य गर्ने कार्यक्रम प्रदेशको कार्यक्रम होइन राष्ट्रिय कार्यक्रम हो । त्यसको लागि लगानी गर्नु बैंकहरुको पनि राष्ट्रिय…

Read More