Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुनुभन्दा पहिले नै चुहिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माले असन्तुष्ट व्यक्त गरेका छन्। मन्त्री शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई मौद्रिक नीति पहिले नै चुहिएको भन्दै असन्तुष्टी ब्यक्त गरेका हुन्। संस्थाको प्रवक्ता र वेबसाइटलाई प्रभावकारी बनाएर आवश्यक सूचना प्रवाह गर्नुपर्नेमा त्यसो नगरी टेबुलमुनिबाट सूचना चुहाएको मन्त्रीले आरोप लगाएका छन्। राष्ट्र बैंकका गभर्नर अधिकारीले शुक्रबार दिउँसो सवा ४ बजे टेलिभिजनबाट लाइभ गरी मौद्रिक नीति सार्वजनिक गरेका थिए। त्यसअघि केही सञ्चार माध्यमले मौद्रिक नीतिका केही बुँदाहरुको समाचार बनाएका थिए। त्यसैलाई लिएर मन्त्री शर्माले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर गभर्नरसँग असन्तुष्टी ब्यक्त गरेका हुन्। मौद्रिक नीति सरकारको डकुमेन्ट होइन। गभर्नरले…
काठमाडौँ: नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारीबाट हटाइएका हितेन्द्रदेव शाक्यले आफ्नो पदको निरन्तरता माग गर्दै सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् । उनले सोमबार प्राधिकरणको कार्यकारी निर्देशक पदमा फिर्ता हुन रिट दर्ता गराएको सर्वाेच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । शाक्यले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरी आफूलाई पदस्थापन गराउन माग गरेका छन् । उक्त रिटमा बुधबार सुनुवाइ हुने भएको छ । सरकारले शाक्यलाई ऊर्जा आयोगमा विशिष्ट श्रेणीमा सरुवा गरेर घिसिङलाई दोस्रो पटक प्राधिकरणको निर्देशक नियुक्त गरेको थियो । पूर्ववर्ती सरकारले शाक्यलाई गत माघ अन्तिम साता प्राधिकरणको कार्यकारी निर्देशक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो । घिसिङको…
काठमाडौँ: सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य भएको जनाएका हुन् । संघीय संसदको दुवै सदनको चालु अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको उनले बताए ।
काठमाडौँ: बितेको २४ घण्टामा देशभर ३४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ३४ हजार ८३८ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ७६ हजार १५ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ भने मृतकको कुल संख्या १० हजार ३२७ पुगेको छ ।
काठमाडौँ: सोमबार नेप्से सूचक सामान्य बढेको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा झण्डै ५ अर्ब रुपैयाँले घटेको छ। सोमबार नेप्से सूचक ५.७५ अंकले बढेर ३१६०.०९ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३.५६ अंकले बढेर ५९२.९३ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम भने आइतबारको तुलनामा ५ अर्ब रुपैयाँभन्दा धेरैले घटेको छ। सोमबार १५ अर्ब ९३ करोड ८ लाख ९७ हजार ९३७ रुपैयाँ बराबरको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर खरिद बिक्री भएको छ। सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ५ वटा उपसमूहको सूचक घटेको छ। अन्य उपसमूह भने स्थिर छ।…
काठमाडौँ: कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण र तमोर नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने करिब २ हजार मेगावाट जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । लाइनलाई मंगलबारबाट ३३ केभीमा सञ्चालन (चार्च) गरिने छ । ‘इनरुवामा २२० केभीको सबस्टेसको निर्माण पूरा नहुन्जेल लाइनलाई अस्थायी…
काठमाडौं । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ४ अर्ब माथि मूनाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद मूनाफा कमाएको हो । यो भन्दा अघिल्लो वर्ष यस बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सेयर पुँजी ४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढाएको यस बैंकको निक्षेप २६.४३ प्रतिशत र कर्जा २०.२६ प्रतिशतले…
काठमाडौँ: सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्दार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्देशन दिने मन्त्रिपरिषद बैठकले निर्णय भएको कार्कीले बताए। उनले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका बाँकी रहेका समस्या सम्बोधन गर्न प्रक्रिया अगाडि बढिसकेको बताए । ‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको समस्यालाई कुटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध…
काठमाडौँ: अफगान राष्ट्रपतिको कार्यालय कब्जा गरेसँगै तालिबानले आफूलाई विजयी भएको दाबी गरेको छ । साथै उसले युद्ध पनि सकिएको घोषणा पनि गरेको छ । अफगानिस्तानका अधिकांश शहर नियन्त्रणमा लिएर आइतबार राजधानी काबुल पुगेको तालिबानले राष्ट्रपतिको कार्यालय पनि कब्जा गरेपछि आफैँले विजयी भएको दाबीसहित युद्ध सकिएको घोषणा गरेको हो । तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भनेका छन्, ‘अफगानिस्तानमा युद्ध सकिएको छ । हामीले चाहेको प्राप्त गरेका छौँ, हाम्रो देशको मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’ उनले विदेशी शक्तिहरूलाई अफगानिस्तानमा हस्तक्षेप गरेर असफल हुने प्रयास नगर्न पनि चेतावनी दिएका छन् । तालिबान लडाकु काबुल पुगेसँगै राष्ट्रपति अशरफ घानीले आइतबार नै…
काठमाडौँ: मनसुनी वायु फेरि सक्रिय भएपछि अहिले देशका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार देशका अधिकांश भू-भागमा आज सामान्यदेखि पूर्ण बदली रही आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अबको तीन दिनसम्म नै देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान श्रावण ३२ गते सोमबार दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी…
