Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले शुरु गरेको वृहत एन्टिजेन विधिबाट एकै दिन ९ सय ५७ जनाले कोभिड परीक्षण गरेका छन् । दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि कामपाले समुदाय स्थरमा वृहत परीक्षण थालेको हो । शुक्रबारदेखि गरिएको परीक्षण्मा ३० महिला र ३४ पुरुष गरी ६४ जनामा पोजेटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले शुक्रबार वडा ५, ८, १२, १५, १५, १६, १९, २८, ३१ र ३२ गरी १० वटा वडाका तोकिएका केन्द्रमा परीक्षण गरेको थियो । परीक्षणबाट तत्काल रिपोर्ट आउँछ । त्यसपछि पोजेटिभ देखिएकालाई आइसोलेसनका माध्यमबाट समुदायबाट छुट्याउँदै लाने योजनाअनुरुप परीक्षण थालिएको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर…

Read More

काठमाडौं । विपक्षीले संविधान मिचेर अगाडि बढेको आरोप लगाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने संविधानको कार्यान्वयनमार्फत् जनताको हातमा प्रतिफल पुर्याउन दत्तचित्त भएको बताएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रलाई कसैको स्वार्थसिद्धिका लागि उपभोगको रुपमा अर्थ्याउने परिभाषा हानिकारक भएको पनि बताएका छन् । शनिबार बिहान सैनिक मुख्यालयमा आयोजित १४ औं गणतन्त्र दिवसको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘गणतन्त्र दिवस जनताले ऐतिहासिक सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो। जनता वास्तविक अर्थमा सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो। जनताले सात दशक लामो बलिदानीपूर्ण…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँँदैन भनेर भ्रमपूर्ण प्रचार गरिएको गुनासो गरेका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष भएको बताए । निर्वाचनले जनादेशलाई पुनर्ताजगी गर्नुका साथै निर्वाचनपछि बन्ने सरकारलाई सुदृढ बनाउन जनअपेक्षाअनुसार काम गर्न उत्प्रेरित गर्ने भन्दै उनले कात्तिक २६ र मंसीर ३ गते दुई चरणमा आम निर्वाचन घोषणा भएको स्मरण गरे । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यतिबेला चुनाव हुँदैन र गराईँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’

Read More

काठमाडौं: यस वर्षको गणतन्त्र दिवसको मूल समारोहको कार्यक्रम सैनिक मुख्यालयभित्र आयोजना हुँदैछ। गृह मन्त्रालयका प्रबक्ता जनकराज दाहालका अनुसार विशेष समय र परीस्थितिका कारण (कोरोना) र मौसम प्रतिकुलताले गर्दा पनि मूल कार्यक्रम आज जंगी अड्डाभित्रै गर्न लागिएको हो। यसका लागि मुख्यालय भित्र सीमित संबैधानिक पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम हुन लागेको हो। दिवसको मूल आयोजक समारोहका अध्यक्ष प्रम ओली आफै हुनुहुन्छ । गणतन्त्र दिवस जंगी अड्डा भित्र मनाइएको यो पहिलो घटना हो । प्राद्यापक डा सुरेन्द्र केसीले भने जंगी अड्डाभित्र लगेर गणतन्त्र मनाउनुले जनतामा राम्रो सन्देश नजाने बताए। कोभिड नै कारण हो भने गत वर्ष पनि यो ब्याधी थियो उनी तर्क गर्छन। पानी…

Read More

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश जारी भएपछि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्ने छन् । बजेट प्रधानमन्त्री कार्यालयबाट अपराह्न चार बजे सार्वजनिक हुने अर्थ मन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिए । बजेटबारे निर्णय गर्न बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ । सरकारले करीब १६ खर्ब हाराहारी आकारमा बजेट ल्याउने तयारी गरेको छ । संसद विघटन भए पनि १५ जेठमा बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता रहेको मन्त्रालयको भनाइ छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरलगायत सहभागी हुनेछन् ।

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक बिहान ११ बजे बस्ने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए । बजेट भाषण अघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलले आजै बजेट भाषण सार्वजनिक गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्‍ट्रका नाममा सम्बोधन गरेका छन्। उनले सो सम्बोधनमा जारी कोरोना महामारीमा सरकारले गरेका गतिबिधि, महामारी नियन्त्रणका लागि गरेका प्रयत्नहरुको विवरण पेस गरेका थिए। प्रधानमन्त्री ओलीले विभिन्न देशबाट कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि प्रयास भइरहेको र सबै नेपाली वयस्क नागरिकलाई खोप लगाउने प्रतिवद्धता व्यक्त गरे। त्यसैगरी उनले सम्बोधनमा आफू नेतृत्वको सरकारले धेरै राम्रा कामहरु गर्न चाहेपनि आफ्नै पार्टी एमाले र अरुको असहयोगका कारण गर्न नपाएको फेहरिस्त प्रस्तुत गरेका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अन्य दलहरुलाई पनि सरकारमा सहभागी हुन आग्रह गरे। ‘ताजा जनादेशमा जानु प्रतिगमन होइन। जनतालाई दलहरूबारे मूल्याङ्‍कनको मौका दिनु र…

Read More

काठमाडौँ: कोभिड रोकथाम तथा उपचारको लागि वैशाखसम्म सरकारले २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको जनाएको छ। देशभर औषधि, उपकरण, उपचार सामग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन, कोभिडसम्बन्धी पूर्वाधारलगायतमामा ३४ अर्ब ११ करोड रुपैयाँ व्यवस्था गरिएको थियो। अर्थ मन्त्रालयले कोरोना कोषसहित वैशाखसम्म १० अर्ब ९५ करोड रुपैयाँ खर्च हुन बाँकी रहेको जनाएको छ। संघीय कोरोना कोषमा वैशाखसम्म २ अर्ब ९३ करोड रकम जम्मा भएकोमा २ अर्ब ५२ करोड खर्च भइसकेको छ। त्यसैगरी चालू आर्थिक वर्षमा समेत गरी संघीय बजेट प्रणालीबाट कोभिड १९को संक्रमण १३ अर्ब ६१ करोड विनियोजन भएकामा ८ अर्ब ५४ करोड खर्च भएको छ। वैशाखसम्म प्रदेश र…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको निर्णय लत्याएर नीतिहीन गठबन्धनको भर्‍याङ चढेर सरकारमा जान खोज्नु अराजनीतिक र झेली काम भएको टिप्पणी गरेका छन् । शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले संसदीय दलको निर्णय नमान्ने राजनीतिक दलका गुटगत पद्धति राजनीतिक अस्थिरताको कारण भएको दावी गरे । उनले निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु जनताको सार्वभौम अधिकारलाई अस्वीकार गर्नु रहेको उल्लेख गरे । उनले भने–‘लोकतान्त्रिक पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने छ । निर्वाचन निष्पक्ष हुने कुरामा मैले बारम्बार प्रतिबद्धता जनाएको छु । निर्वाचनका लागि सबै दलहरूलाई सरकारमा सहभागी बन्न आग्रह गर्दछु ।’ उनले आफूले प्रतिनिधि सभा पुरै अवधी चलोस् भनेर कुनै कसर बाँकी…

Read More

काठमाडौँ: शुक्रबार ६ हजार ९५१ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसै अवधिमा थप ९ हजार ८४१ जना कोरोनाबाट मुक्त भएका छन्। एकै दिन कोरोनाबाट निको हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो। थप ९६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ। यस दिन कुल २० हजार ११० जनाको नमुना परीक्षण गरिएको थियो। जसमध्ये पिसिआर १९ हजार ३१३ र एन्टिजेन परीक्षण ७ सय ९७ जनाको गरिएको थियो। पछिल्ला दिनमा निको हुनेको दर बढ्दै गएको छ। मन्त्रालयका अनुसार हाल निको हुनेको दर…

Read More