काठमाडौं: यस वर्षको गणतन्त्र दिवसको मूल समारोहको कार्यक्रम सैनिक मुख्यालयभित्र आयोजना हुँदैछ। गृह मन्त्रालयका प्रबक्ता जनकराज दाहालका अनुसार विशेष समय र परीस्थितिका कारण (कोरोना) र मौसम प्रतिकुलताले गर्दा पनि मूल कार्यक्रम आज जंगी अड्डाभित्रै गर्न लागिएको हो।
यसका लागि मुख्यालय भित्र सीमित संबैधानिक पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम हुन लागेको हो। दिवसको मूल आयोजक समारोहका अध्यक्ष प्रम ओली आफै हुनुहुन्छ ।
गणतन्त्र दिवस जंगी अड्डा भित्र मनाइएको यो पहिलो घटना हो । प्राद्यापक डा सुरेन्द्र केसीले भने जंगी अड्डाभित्र लगेर गणतन्त्र मनाउनुले जनतामा राम्रो सन्देश नजाने बताए। कोभिड नै कारण हो भने गत वर्ष पनि यो ब्याधी थियो उनी तर्क गर्छन। पानी पर्यो झरी पर्यो भन्नु झन् नचाहिने तर्क हो।