Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चालू आर्थिक वर्षमा तोकिएको ४.०१ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पूरा नहुने भएको छ। चालू आवको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोनाको दोस्रो लहर फैलिएसँगै निर्धारित ४.०१ प्रतिशत वृद्धिको लक्ष्य पूरा हुन चुनौतीपूर्ण रहेको बताएका हुन्। सरकारले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। त्यसलाई फेरि संशोधन गरी ४.०१ प्रतिशतमा झारिए पनि पूरा नहुने भएको हो। ‘स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वाृद्धिदर चालू आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएको थियो’, मन्त्री पौडेलले भने, ‘तर चालू आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड महामारीको दोस्रो लहरको कारणले अनुमानित आर्थिक वृद्धिदर हासिल…

Read More

काठमाडौँ: बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ। जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत पोलिटले सहयोग सामग्रीबारे विमानस्थलमै भिडिओ पनि बनाएकी छन्। स्वास्थ्य मन्त्री त्रिपाठीले कोरोनाविरूद्धको नेपाल र नेपालीको लडाइँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए। राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्। बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टिलेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन्। सोही जहाजले नेपालमेडयुकेले पठाएको…

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनसम्बन्धी परेका निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारको बहस सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायतको रिटको पालो आएपछि आजको बहस सकिएको हो । बाँकी मुद्दामा आइतबारबाट बहस सुरु हुनेछ । प्रतिनिधिसभा दोस्रोपटक विघटनपछि १ सय ४६ सांसदले दायर गरेको सहित यससम्बन्धी ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका छन् । ती निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुनुवाइ सुरु भएको हो । सुनुवाइका क्रममा पहिलो दिन संवैधानिक इजलासले रिट निवेदकको बहस सुनेको थियो । निवेदकमध्येका सन्तोष भण्डारीले पहिलो बहस गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम नियुक्ति पाएर धारा…

Read More

अर्थ मन्त्रालयले आज आर्थिक सर्वेक्षण र पहेँलो किताब सार्वजनिक गर्दै छ। मन्त्रालयले भर्चुअल कार्यक्रम गरी दिउँसो २ बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको समग्र पक्षको विषयमा उल्लेख रहेको हुन्छ भने पहेँलो किताबमा सरकारी संस्थानको वित्तीय अवस्थाको बारेमा उल्लेख गरिएको हुन्छ। अर्थ मन्त्रालयले स्वास्थ्य संवेदनशीलतालाई विशेष ध्यानमा राखी क्यामरापर्सन र फोटो पत्रकारलाई आवश्यकताअनुसार सो कार्यक्रममा प्रत्यक्ष सहभागी हुनसक्ने बताएको छ। बाँकी जुममार्फत जोडिन सक्नेछन्। मन्त्रालयले सार्वजनिक गर्ने सामग्री सबैको लागि अर्थ मन्त्रालयको वेबसाइटमा राखिने जानकारी दिएको छ।

Read More

राँझा, १४ जेठ (रासस) : नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना हुनुभएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु…

Read More

काठमाडौँ, १४ जेठ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी पेशी तोकिएको हो । प्रधानन्यायाधीश जबराको एकल इजलासले बिहीबार १९ वटा रिट निवेदन संवैधानिक इजालमा पठाउने आदेश गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ आज हुनेछ । निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनस्र्थापन गर्नुपर्ने पक्षमा छन् । प्रतिनिधिसभामा आफ्नो बहुमतको आधार पेश गर्नुभएका प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै…

Read More

काठमाडौ: चीन, टर्की र कतारमा अन्तर्राष्ट्रिय उडान खोल्ने बारे कुनै प्रष्ट निर्णय विहिबारको क्याबिनेटले नगरको संचार तथा सूचना प्रविधि मन्त्री पार्बत गुरुङले जनाएका छन् । आज साँझ बसेको मन्त्रीपरिषद बैठकले उड्डयन मन्त्रालयको प्रास्तावमाथि छलफल मात्रै भएको तर निर्णय नै भने भैनसकेको उनले बताए । केही संचार माध्यमले भने जेठ १८ देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला खोल्ने निर्णय गरेको भनेर समाचार आएका छन् । ती देशहरुमा सातामा एउटा उडानमात्र खुला गरिएको समेत केहि संचार माध्यम भनिएका छन्। वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि…

Read More

काठमाडौँ, १३ जेठ: कोरोनाका कारण उपत्यकामा थप कडाइ गरेसँगै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आवश्यक पर्ने उपभोक्ताले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट अत्यावश्यक खाद्य सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको छ । कोभिड–१९ को सङ्क्रमणदर कम गर्नका लागि यही १४ देखि २० गतेसम्मका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएपछि यसअघि सञ्चालन हँुदै आएका खाद्य पसल पनि बन्द हुने भएका छन् । जसका कारण उपभोक्तामा पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै प्रशासनले यस किसिमको व्यवस्था गरेको हो । त्यसका लागि फोन नम्बर पनि सार्वजनिक गरिएको छ । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था…

Read More

काठमाडौँ: संसद विघटनविरुद्ध परेका रिटको सुनुवाइ जारी रहेका बेला प्रधानन्यायाधीशले चोलेन्द्र जबराले ७६ (५) मा एकभन्दा बढीले दाबी गरे के गर्ने व्यवस्था छ? भन्दै प्रश्न गरेका छन् । “‘२७१ को निवेदन पर्‍याभए के हुन्थ्यो? सबै निवेदन संसदमा पठाइदिएर हुन्छ,?” उनले न्यायाधिशमाथि जिज्ञासा राखेका छन्। बहसमा अधिवक्ता अजय बुढाथोकीले प्रधानमन्त्रीमा दाबी पुगेको नपुगेको छुट्याउने संवैधानिक अधिकार छ कि छैन भनी राष्ट्रपतिको विज्ञप्ति माथि प्रश्न उठाएका छन्। उनले राष्ट्रपति संविधानको पालक र संरक्षक भएको बताए। ‘यहाँ उहाँको अधिकार हैन, कर्तव्य हो,’ उनले भने। कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेस गरेमा राष्ट्रपतिलाई प्रधानमन्त्री नियुक्त गर्ने कर्तव्य दिएको उनले बताए।…

Read More

काठमाडौँ: संसद विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासमा पठाइने भएको छ। आजको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै १९ वटा रिट संवैधानिक इजलासमा पठाइने बताए। बजेट आउँछ आउँदैन थाहा नभएको अवस्थामा आन्तरिम आदेश दिन नपरेको बताउँदै उनले सबै रिट अब संवैधानिक इजलासमा सुनुवाइ हुने बताए। प्रधानन्यायाधीश राणाले संसद विघटनविरुद्ध परेका १९ वटा रिटको पेसी आफ्नै बेन्चमा राखेर सुनुवाई सुरु गरेका हुन्। रिटमाथि आजदेखि वहस सुरु भएको हो।

Read More