Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालले डुब्लिकेट पार्टी खोलेर छद्म खेल खेलेको आरोप लगाएका छन्। प्रेस चौतारी निकट पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी खोलेर आफैविरूद्ध लागेको आरोप लगाएका छन्। उनले नेपालसहित उनीपक्षीय नेताहरुमाथि कारबाही हुनेसमेत बताए। ‘उहाँहरुसँग स्पष्टीकरण माग गरिएको छ, त्यसलाई हेर्र्छौं र अविलम्ब कारबाही गर्छौं,’ उनले भने,‘ अति नै भयो अब कारबाही हुन्छ। माधव नेपालको नेतृत्वमा निर्लज्जता प्रदर्शन भयो।’ नेपालले कार्यकर्तालाई गलत क्रियाकलापमा डुबाउने, फसाउने र बागी उठाउने गरेको आरोपसमेत लगाए । नेपालले लाजमर्दो तरिकाले वरिष्ठ नेता भन्दै शितलनिवास पुगेको टिप्पणी गरे। उनले सच्चिएर आउनेलाई भने सँगै…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन्। आइतबार बालुवाटार प्रेस चौतारी निकटको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले जिम्मेवार ढंगले बजेट ल्याउने जानाकारी दिए। ‘मैले यसअघि नै घोषणा गरिसकेका कतिपय घोषणहरु, नीतिहरु समेतलाई कार्यान्वयन गर्ने गरी आउँछ । विकास निर्माणलाई महत्व दिएर बजेट आउँछ । र, मुख्यगरी कोरोना महामारीको रोकथाममा केन्द्रित भएर बजेट आउनेछ,’ उनले भने, ‘१५ गते अध्यादेशबाट जारी हुन्छ। एउटा औपचारिक कार्यक्रममा त्यसको वाचन गरिनेछ।’ उनले विशेषगरी कोभिड नियन्त्रण र रोकथाममा केन्द्रित हुने बताए। ‘यसपटक हामी विकासका ठूला आकांक्षा राख्दैनौं, सबैभन्दा प्रधानमन्त्री ओलीले यसअघि नै वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीको कीर्ते दाबीका कारण देश मध्यावधिमा गएको बताएका छन्। प्रधानमन्त्रीले आइतबार प्रेस चौतारी निकट पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीका लागि दाबी गरिएका हस्ताक्षरहरू कीर्ते भएको र आफ्नैं दलका नेताले पनि असहयोग गरेकाले मुलुक मध्यवधिमा गएको तर्क गरे। ‘विपक्षीको दाबी किर्ते, अलोकतान्त्रिक, असंसदीय र अस्वस्थ दाबी हो। अरुको दलभित्र खेलेर, दलीय अनुशासन तोडाएर राष्ट्रपतिलाई पेश गरेर वैकल्पिक सरकार बन्छ? मेरो दाबीमा सरकार बने पनि विश्वासको मत प्राप्त गर्ने आधार नभएको र विपक्षीको त कुनै आधार नै थिएन,’ उनले भने। उनले विपक्षी गठबन्धनले फर्जी, दूषित कागज राष्ट्रपतिकहाँ पेश गरेको बताए। ‘उहाँहरुले कन्फ्युजन खडा गर्नुभयो। त्यसैले मेरो दाबी…

Read More

नेकपा (एमाले) भित्र बिबाद चर्किदै गर्दा निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ताका लागि निवेदन परेको छ। अनेरास्ववियुका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ। पशुपति क्याम्पसका पूर्व नेता राई एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मान्छिन्। संखुवासभाका राईले शुक्रबार नयाँ दल दर्ता लागि निवेदन दिएका हुन्। ‘जेठ ७ गते दल दर्ताका लागि निवदेन दिएको छु । दर्ता प्रक्रिया सकिएपछि थप कुरा बताउने छु’ राईले भने। नेकपा एकीकृतको उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको छ । कार्यसमिति २५ सदस्यीय रहेको छ । शनिबार बसेको…

Read More

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनीसँग गरिएको कुराकानी : एमाले फेरि फुटको दिशामा लागेको हो ? केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ । तपाईंहरूकै चाहिँ कुरा के हो त ? ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो…

Read More

काठमाडौँ: ताउते नामको अति शक्तिशाली चक्रवातले धनजनको क्षति गरेको केही दिन नबित्दै भारतमा फेरि अर्काे शक्तिशाली चक्रवात बन्न थालेको छ। भारतीय मौसम विभागका अनुसार बंगालको खाडीको मध्यपूर्वी भागमा दबाब क्षेत्र बन्न सुरु गरिसकेको छ। यो यही मे २४ तारिखसम्म तीव्र वेगको चक्रवातमा परिणत हुने सम्भावना छ। जसलाई यास भनेर नामकरण गरिएको छ। भारतको मौसम विभागले शनिबार ट्विट गर्दै चेतावनी दिएको छ, ‘यास उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै शक्तिशाली चक्रवातमा परिणत हुनेछ। यो मे २६ साूँझसम्म बंगाल वा ओडिसाका तटीय क्षेत्र हुँदै बंगलादेशबाट अगाडि बढ्नेछ।’ यसअघि भारतको गुजरातमा बज्रेको ताउते चक्रवातको प्रभाव नेपालमा पनि परेको थियो। जसले यहाँ भारी वर्षा तथा हिमपात…

Read More

काठमाडौँ: नेकपा एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्रीसहितका नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बरिष्ठ नेता नेपालसहित अर्का बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए। कम्युनिष्ट आन्दोलनलाई कमजोर गराउन, कम्युनिष्ट पार्टीको नेतत्वलाई कमजोर बनाउन, आफ्नो नेतृत्वमा रहेको सरकार गिराउन विपक्षीसँग साँठ गाँठ गरेकोले स्पष्टीकरण सोधिएको उनले बताए। आफ्नो पार्टीको अध्यक्ष, दलको नेता,…

Read More

काठमाडौँ: विपक्षी गठबन्धनले राष्ट्रपतिको कदमविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ। आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसहितको बैठकले यस्तो निर्णय गरेको हो। राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि बैठकले ठहर गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेमतो गरेर प्रतिनिधिसभा विघटन गर्ने वदनियतपूर्ण कार्य राष्ट्रपतिबाट भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ। संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि वहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिए पनि राष्ट्रपतिबाट संवैधानिक दायित्व निर्वाह नभएको विज्ञप्तिमा भनिएको छ। विपक्षी गठबन्धनले राष्ट्रपतिको…

Read More

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुले सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् । “यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्,” पूर्व राजा ज्ञानेन्द्रले ट्विटरमा लेखेका छन् ।

Read More

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन् । बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते चुनावको मिति घोषणा गरेकी छन् । यो निर्णयको एमालेकै माधव नेपाल पक्षसहित विपक्षी गठबन्धनका दलहरुले विरोध गर्दै आएका छन् ।

Read More