प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन्। आइतबार बालुवाटार प्रेस चौतारी निकटको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले जिम्मेवार ढंगले बजेट ल्याउने जानाकारी दिए।
‘मैले यसअघि नै घोषणा गरिसकेका कतिपय घोषणहरु, नीतिहरु समेतलाई कार्यान्वयन गर्ने गरी आउँछ । विकास निर्माणलाई महत्व दिएर बजेट आउँछ । र, मुख्यगरी कोरोना महामारीको रोकथाममा केन्द्रित भएर बजेट आउनेछ,’ उनले भने, ‘१५ गते अध्यादेशबाट जारी हुन्छ। एउटा औपचारिक कार्यक्रममा त्यसको वाचन गरिनेछ।’
उनले विशेषगरी कोभिड नियन्त्रण र रोकथाममा केन्द्रित हुने बताए। ‘यसपटक हामी विकासका ठूला आकांक्षा राख्दैनौं, सबैभन्दा
प्रधानमन्त्री ओलीले यसअघि नै वृद्धभत्तासहित सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरिसकेका छन्।