Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई बिजनेस दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूको तयारीबारे दाहालले छलफल गरेका हुन्। अघिल्लो संसद् अधिवेशनले कानुन निर्माणका प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेका बेला प्रधानमन्त्रीले यो अधिवेशनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। बैठकमा प्रधानमन्त्रीले भने, ‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ। सरकारले पनि बिजनेस दिएन भन्ने मत पनि छ। तर, यसपटक त्यस्तो नहोस्।’ ‘संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि…

Read More

काठमाडौँ: पशुपति क्षेत्रका जग्गा हडपेर व्यक्तिगत घर बनाएका संरचना हट्ने भएका छन्। पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकले घर हटाउने निर्णय गरेको हो। कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेको अवैधानिक संरचना खाली गराउन महानगरलाई निर्देशन दिएका छन्। बैठकमा मन्त्री किराँतीले कोषको जग्गामा हैकम जमाएर व्यावसायिक संरचनाहरु सञ्चालनमा रहेको बताउँदै तत्काल एक्सनमा जान कोषका पदाधिकारीलाई निर्देशन दिएका हुन्। बोर्डका सदस्य समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्राविधिक मूल्याङ्कन आएको एक घण्टाभित्र जग्गामा बनेको संरचना खाली गर्ने जिम्मा आफ्नो भएको बताएका छन्। तत्काल कानुनी प्रक्रिया पुर्‍याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका…

Read More

काठमाडौँ : नेपाल यो वर्ष पनि व्यापक भ्रष्टाचार हुने देशहरूको सूचीमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपाल व्यापक भ्रष्टाचार हुने देशभित्रै परेको हो। तर नेपालले व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा रहेर पनि गत वर्षभन्दा केही सुधार गरेको छ। नेपालले गत वर्ष ३४ अंक पाएको अवस्थामा यो वर्ष ३५ अंकसहित केही सुधार गरेको हो। त्यहीकारण नेपाल सुशासनको सवालमा तय गरिएको वरीयतामा दुई स्थान माथि उक्लिएको छ। गत वर्ष नेपाल ११० औँ स्थानमा थियो। तर यस वर्ष १ अंक सुधार गरेकाले १०८ औँ वरीयतामा रहन सफल भएको हो। ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार नेपाल ५० भन्दा कम अंक…

Read More

काठमाडौँ : उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको मृत्यु भएको छ ।​ मंगलबार बिहान हृदय घातबाट उनको निधन भएको पाटन उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले जानकारी दिए। रजिस्ट्रार कार्की अनुसार उनलाई हृदयघात भएपछि बिहान साढे ८ बजे कलंकीस्थित नेशनल अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्कीले जानकारी दिए ।

Read More

काठमाडौँ, १६ माघ : आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो लगाएको सचिवालय सहसचिव एवम् लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति रहेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय रहेको छ…

Read More

काठमाडौँ: प्रधान सेनापाती प्रभुराम शर्माको निमन्त्रणामा बेलयती सेना प्रमुख जनरल प्याट्रिक स्यानडर्स नेपाल भ्रमणमा मंगलबार आइपुगेका छन् । त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्षमा विशेष स्वागत पश्चात उनले अहिले आफ्ना समकक्षी शर्मासँग जंगी अड्डामा भेट वार्ता गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक तथा सहायक रथी कृष्ण भण्डारीका अनुसार प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच सदियौँदेखि रही आएको पारस्परिक सम्बन्ध तथा दुई देशका सेनाबीच रही आएको सुमधुर सम्बन्ध लगायत आपसी चासोका विषयमा छलफल भएको छ। शिष्टाचार भेटघाट अघि बेलायतका सेना प्रमुखको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यही…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १६ माघ : कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलव्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु एक लाखसम्म र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलव्ध गराउँदै आएको छ । अहिले यो कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नीसमेतलाई समावेश गर्ने व्यवस्था मिलाइएको कोषका प्रशासक जितेन्द्र धितालले राससलाई जानकारी दिनुभयो । “यसअघि सञ्चयकर्तालाई…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १६ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताउनुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्जालो दिन जीवन अर्पण गर्नुभएका चार शहीद प्रति नमन व्यक्त गर्नुभएको छ । प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन शहीदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताउनुभएको छ । शहीद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहीदहरूले उच्च बलिदान गर्नुभएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।” शहीदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने…

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपातको पनि सम्भावना छ। तराई मधेशका क्षेत्रमा लागेको हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More