काठमाडौँ : उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको मृत्यु भएको छ । मंगलबार बिहान हृदय घातबाट उनको निधन भएको पाटन उच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले जानकारी दिए।
रजिस्ट्रार कार्की अनुसार उनलाई हृदयघात भएपछि बिहान साढे ८ बजे कलंकीस्थित नेशनल अस्पतालमा पुर्याइएको थियो।
उपचारको क्रममा बिहान १० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको कार्कीले जानकारी दिए ।
Facebook Comments Box
