Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस,…

Read More

काठमाडौँ: जेन्जी आन्दोलन पछि सम्पूर्ण सुरक्षा जिम्मा हातमा लिएको नेपाली सेनाले काठमाडौँ उपत्यकामा जनजीवन केहि सामान्य हुँदै गएको भन्दै फरक फरक समय निर्धारण गर्दै निषेधाज्ञा र कर्फ्यू आदेश विहिबार र शुक्रबारका लागि जारी गरेको छ। विहीबारका लागि सेनाले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र बेलुका ७ बजेदेखि २७ गते शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको बियाप्तिमा भनिएको छ ।यस्तै अत्यावश्यक कार्यका लागि बिहान ६ बजेदेखि बिहान १० बजेसम्म सबै नागरिक हिंड डुल गर्न सक्ने र साँझ ५ देखि ७ बजेसम्म पनि सबै जनता हिड्न सकिने जनाइएको छ।तर अत्यावश्यक सेवा जस्तै यम्बुलेंस, तरकारी, दुध जस्ता बोकेका सवारी…

Read More

काठमाडौँ । ‘सेभ आवर कन्स्टिट्युशन’ नामक समूहले संविधान जोगाउन भन्दै बिहीबार (आज) बिहान १० बजे माइतीघरमा प्रदर्शन गर्ने भएको छ। समूहले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो। यसअघि सोमबार र मंगलबार जेनजी समूहले भ्रष्टाचार र विसङ्गतविरुद्ध देशव्यापी आन्दोलन गरेको थियो। सो आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने जेनजीहरुले अन्तरिम सरकार गठन गर्नुपर्ने माग अघि सारेका थिए। तर, अन्तरिम सरकारको नेतृत्वको विषयमा बुधबार साँझसम्म सहमति जुट्न सकेको छैन। Shivam Cementयस्तै परिस्थितिमा ‘सेभ द कन्स्टिट्युशन’ समूहले संविधान जोगाउन भन्दै माइतीघरलाई केन्द्र बनाएर प्रदर्शन गर्न लागेका हुन्।

Read More

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले मुलुकमा परिवर्तनको नयाँ सङ्केत दिएको भन्दै १० जना अग्रणी व्यक्तिहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। वक्तव्यमा आन्दोलनले सम्पत्ति, शक्ति र अवसरको असमान वितरणकै कारण असफल राष्ट्रतर्फ धकेल्ने खतरालाई उजागर गरेको उल्लेख छ। संयुक्त वक्तव्यमा भनिएको छ, “नेपाली जनताले शताब्दीयौँ लामो सङ्घर्षपछि संविधानसभाबाट प्राप्त संविधानले सुनिश्चित गरेको लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता र धर्मनिरपेक्षतासहितका अधिकारहरूलाई पछाडि फर्काउने कुनै पनि प्रयास अस्वीकार्य छ।” वक्तव्यमा मुलुकमा देखिएका खोट, विकृति र समस्याहरूको समाधानका लागि दलभित्र आमूल परिवर्तन आवश्यक रहेको निष्कर्ष निकालिएको छ। साथै, विगतका कमजोरीप्रति गम्भीर आत्मालोचना गर्दै राज्यको प्रगतिशील रूपान्तरण र जनताको आकांक्षा अनुसारको…

Read More

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनमा परी हालसम्म ३० जनाको मृत्यु भएको जनाएको छ । यसैगरी एक हजारभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ जनाको उपचार भएको छ । उनले मन्त्रालयले विभिन्न अस्पतालमा सम्पर्क गरी प्राप्त भएको विवरण सार्वजनिक गरेको बताए । यो सङ्ख्या जेनजी पुस्तामा भएको हिंसात्मक प्रदर्शनमा भएको घटनाको हो ।निजामती कर्मचारी अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना,…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ‘जेन-जी’ पुस्ताले ल्याएको आन्दोलनलाई समर्थन गर्दै अब देशलाई अन्तरिम सरकारको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् । शाहले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि गरिएको प्रस्तावमा आफ्नो पूर्ण समर्थन रहेको बताएका हुन्। शाहले आफ्नो फेसबुक पोस्टमार्फत जेन-जी पुस्ताको सुझबुझ, विवेक र एकताको प्रशंसा गर्दै उनीहरूले देशलाई सुनौलो भविष्यतर्फ डोऱ्याइरहेको उल्लेख गरेका छन् । उनले अहिलेको विषम परिस्थितिमा धैर्य र संयम राख्न जेन-जी पुस्तालाई आग्रह गर्दै, अब बन्ने अन्तरिम सरकारको मुख्य काम चुनाव गराएर देशलाई नयाँ जनादेश दिनु रहेको स्पष्ट पारेका छन्। अहिले नै नेतृत्वमा आउन चाहने युवाहरूलाई लक्षित गर्दै शाहले भनेका छन्,…

Read More

काठमाडौं । मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा ‘विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पु¥याउने काम’ गरेको भनिएको छ । यस्तोमा त्यसलाई नियन्त्रणमा लिन सम्पूर्ण राष्ट्रवासीलई सहयोगका लागि अपिल समेत गरिएको छ । ‘तत्पश्चात सुरक्षा स्थितिको पुनर्मूल्यांकन गरी थप सूचना जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

Read More

काठमाडौँ । नेपाली सेनाले हाल भइरहेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण समाधानका लागि आग्रह गरेको छ। एक अपिल जारी गर्दै प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत समूहलाई वार्ताका लागि आह्वान गरेका हुन्। सिग्देलले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारलाई समवेदना दिएका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलनका कारण भएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय एकताको रक्षामा नेपाली सेना सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उनले अहिलेको असहज परिस्थितिमा थप क्षति हुन नदिन सबैलाई शान्त रहन आग्रह गरेका छन्। सिग्देलले राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, आम…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो । सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए । कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेलमार्फत सन्देश जारी गर्दै उनले भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाका लागि आफू तयार रहेको पनि बताएका छन् ।

Read More

काठमाडौं । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा गरेका छन् । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए । अहिले सिंहदबारभित्र थुप्रै युवाहरू प्रदर्शनरत छन् । उनीहरूले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् । ्स्थिति अनियन्त्रित बनेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ । सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ । सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि सोमबार प्रहरीले अत्यधिक बल प्रयोग…

Read More