Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, २ फागुन: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ । मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमा छलफल भइरहेको हो । मुख्यसचिव ढकालका अनुसार आज अपराह्न १ बजेसम्म सामूहिक छलफल हुनेछभने २ बजे प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकमा समूहका नेताले विधानमाथिको छलफलका निष्कर्ष पेस गर्नेछन् । एउटा समूहमा ५० देखि ५५ जना सदस्य छन् ।

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, २ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गर्नुभएको छ । त्यस अवसरमा उहाँले सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गर्नुभयो ।

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) देशभर आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। आज राति पनि कोशी, मधेस र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा आंशिक बदली देखि मौसम…

Read More

काठमाडौं: आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। काठमाडौं – आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। काठमाडौँ उपत्यकाका स्वयम्भू,…

Read More

पाल्पा: पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। सदरमुकाम तानसेनको डुम्रेबाट तिनाउ गाउँपालिकास्थित चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनापछि ८ जना शव घटनास्थलमा भेटिएको छ। मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए। घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ। मृतक र घाइतेको पहिचान खुलिसकेको छैन । जीप सडकबाट खसेर क्षतिग्रस्त अवस्थामा भेटिएको छ।

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १ फागुन : चालु आर्थिक वर्ष २०८०÷८१ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा सरकारको बजेट खर्च निकै न्यून छ । चालु आर्थिक वर्षका लागि कूल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बजेट विनियोजन गरिएकोमा गत पुस मसान्तसम्म रु पाँच खर्ब ७३ अर्ब ६३ करोड २९ लाख खर्च भएको छ । यो कूल विनियोजनको ३२ दशमलव ७५ प्रतिशत हुन आउँछ । यसलाई चालु, पूँजीगत तथा वित्तीय व्यवस्थातर्फ खर्च वर्गीकरण गर्दा ३८ दशमलव ८० प्रतिशत, १६ दशमलव ७० प्रतिशत र २६ दशमलव ०६ प्रतिशत खर्च भएको देखिन्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ दशमलव ७४ प्रतिशत…

Read More

काठमाडौँ:सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान अधिवेशन बुधबार दिउँसो २ बजेसम्मलाई स्थगित भएको छ। अब यो अधिवेशनमा सहभागी नेता-कार्यकर्ताहरूका २० समूहले बुधबार विधान मस्यौदामाथि छलफल गरेर सुझाव दिनेछन्। माओवादीको विधान अधिवेशनमा करिब १३ सय नेता-कार्यकर्ता सहभागी छन्। विधान मस्यौदामाथि छलफलका लागि माओवादीले अधिवेशनमा पार्टीको संगठनात्मक संरचना फेर्ने गरी छलफल गर्दैछ। माओवादीले विधान मस्यौदामाथि छलफलका लागि विभिन्न २० वटा समूह बनाएको छ। पहिले १३ वटा समूह बनाउँदा संख्या धेरै भएपछि बढाएर २० पुर्‍याइएको हो। ५० जनालाई राखेर २० समूह गठन भएपछि अब तिनले मस्यौदामाथि सुझाव दिने छन्। तीन दिनसम्म चल्ने अधिवेशनले पार्टीको विधान परिमार्जन गर्नेछ। स्थायी समितिले बनाएको विधान संशोधन मस्यौदामा माओवादीले…

Read More

सङ्खुवासभा: सङ्खुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेश्रो जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुगको छ । बाँध निर्माण क्षेत्र, सुरुङ र विद्युत गृहको निर्माण कार्यमा एकमुष्ट उक्त परिमाणमा प्रगति पुगको हो । परियोजनाको मकालु गाउँपालिका ५ स्थीत फ्याक्सिन्दा दोभानमा बाँध निर्माण भईरहेको छ । जम्मा २५ लाख ५६ घनमिटर खनेर बाँध निर्माण गर्नु पर्नेमा हाल २५ लाख ४८ हजार घनमिटर खन्ने काम सम्पन्न भईसकेको अरुण तेश्रो जलविद्युत परियोजनाको प्रवर्धक सतलज जलविद्युत निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । खनेर माटो निकालिसक्ने बित्तिकै ढलानको काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । बाँध स्थलबाट विद्युत गृहसम्मको ११ किलोमिटर…

Read More

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बेला आएको बताउनुभएको छ । उनान्तीसौँ जनयुद्ध दिवसका अवसर पारेर आज दाङ र बर्दियाबाट पार्टीमा समाहित हुने राजनीतिक÷सामाजिक क्षेत्रका अगुवालाई स्वागत गर्दै उहाँले परिवर्तनकारीको सुदृढ एकताबाट मात्रै परिवर्तनका उपलब्धिको रक्षा र विकास गर्न सकिने बताउनुभएको हो । “अहिले मुलुकमा परिवर्तनको नेतृत्व गर्ने र यसलाई उल्ट्याउन खोज्ने दुई धार देखिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजावाद निर्माणको धारको नेतृत्वमा हामीले गरिरहेका छौँ ।” परिवर्तनलाई उल्ट्याउन खोज्नेहरु पनि झिनो स्वरमा अघि बढ्न खोजिरहेका उल्लेख गर्दै उहाँले बलिदानीपूर्ण…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुङ्गाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।’

Read More