Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०÷१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरु धमाधम भइरहेका छन् । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान अन्तिम चरणमा छ । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । उपकरणहरुको जडान धमाधम भइरहेको छ । २२०÷१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । नेपाल…

Read More

धादिङ: नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषकाे हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् । ‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’, अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अध्यक्ष…

Read More

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ घ्याङडाँडाका २६ वर्षीय रवीन्द्र भुजेलले रामेछापको १५ वर्षीया बालिकालाई उनकै घरबाट भगाएर गत भदौ २५ विवाह गर्ने बहानामा आफ्नो घर ल्याए । बालिकाको परिवारले खोजतलासी गरी रामेछाप नगरपालिका–८ को बाल सञ्जालको उपस्थितिमा छलफलपछि विवाह बदर गरी आफन्तको जिम्मामा पठाइएकामा पुनः ललाइफकाई भुजेलले घर ल्याएर राखेपछि उजुरीका आधारमा उनलाई बिहीबार गिरफ्तार गरिएको छ । बालिकाको आफन्तले यही माघ १४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएपछि प्रहरीको सहयोगमा पीडित बालिकाको उद्धार गरिएको हो । भुजेललाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा राखिएको कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी दिएको भोलिपल्ट पीडितको स्वास्थ्य…

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु हुँदैछ । २१ चैतसम्म चल्ने पहिलो चरणको अभियानको आज पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । सभापति लामिछानेले पार्टी पदाधिकारी र सांससहरूसहित सिन्धुपाल्चोकको मेलम्चीबाट अभियानको उद्घाटन गर्ने तय भएको छ । रास्वपाले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको हो । सिन्धुपाल्चोक-काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नेछिन् । दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् । सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्नेछन् । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । तराई–मधेश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली…

Read More

चितवन : रेष्टुरेण्ट एण्ड बार एशोसिशन नेपाल (रेवान) को आयोजनामा यही माघ २८ गतेदेखि सौराहा फुड फेस्टिबलको आयोजना गरिँदै छ । प्रणय दिवसको अवसरमा पर्यटकीय नगरी सौराहामा ‘१८औँ सौराहा फुड फेस्टिबल’ आयोजना गर्न लागिएको हो । सौराहासहित चितवनको पर्यटन प्रवर्द्धन तथा विकासका लागि प्रणय दिवसको अवसर पारेर फेस्टिबल आयोजना गर्न लागिएको रेवानका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार फेस्टिबल आगामी फागुन ३ गतेसम्म सञ्चालन हुनेछ । खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिबललाई विशेष बनाउने तयारी गरिएको गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “सौराहा फुड फेस्टिबलकोे आफ्नै गौरवमय इतिहास छ । हरेक वर्ष प्रणय दिवसको अवसरमा फेस्टिबल आयोजना…

Read More

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटले शनिवार विजेताका रूपमा नेपाल पुलिस क्लबलाई पाएको छ । पुलिसले शनिवार कीर्तिपुरमा सम्पन्न फाइनलमा विभागीय टोली नेपाल आर्मी क्लबलाई हराउँदै उपाधि उचालेको हो । पुलिस तेस्रो पल्ट च्याम्पियन भयो । उपाधि जित्ने क्रममा पुलिसले आफ्नो अपराजित यात्रालाई प्रतियोगिताभर कायम राख्यो । पुलिसले लिगमा ९ र फाइनल गरी कुल १० खेलको नतिजा आफ्नो पक्षमा पार्‍यो । प्रतियोगिताभर कुल ४६ खेल सम्पन्न भए । यसबिच यस पटक धेरै आशालाग्दा प्रदर्शन भए । हुन त सकारात्मक नतिजा आउँदा खेल मैदानको प्रभाव पनि रह्यो ।

Read More

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । अध्यक्ष ओलीले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको जिकिर समेत गरे । शनिवारबाट काठमाडौँको टुँडिखेलमा शुरु भएको युवा महोत्सव कार्यक्रममा बोल्दै उहाँले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हव हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको समेत बताए । युवालाई उद्यमी बनाउने काममा…

Read More

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा कार्यरत डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् । शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् । डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै चन्दले भने– ‘मैले व्यक्तिगत कारणले राजीनामा दिएको हुँ ।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एकजना…

Read More

कास्की । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री श्रेष्ठले भ्रष्टाचार मजदुर, किसान तथा सडक पेटीका मान्छेबाट नभएर सरकार सञ्चालन गरेका नेता तथा कर्मचारी र उद्योगीबाट हुने गरेको बताएका छन् । गण्डकी प्रदेशमा सम्पन्न सुरक्षा गोष्ठीपछि पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले एकातिर सुशासनको माग गर्ने अर्कोतिर राजनीतिक व्यक्ति कारबाहीमा परे भने राजनीतिक पार्टीका नेताहरू कराउने गरेको, नेताहरूलाई कारबाही गर्नुहुँदैन यो त पूर्वाग्रही भयो भन्ने कुराहरू आएको बताएका हुन् । ‘कोही उद्योगी पक्राउ पर्ने बित्तिकै उद्योगसँग सम्बन्धित संगठनहरु कराउँदै अर्थतन्त्रमा यस्तो योगदान गर्नेलाई कहाँ यस्तो कारबाही गर्न मिल्छ भनिरहेका छन्,’ उनले भने, ‘कर्मचारी परे भने कर्मचारी संगठन र अरू–अरू पनि कराउने गरेका…

Read More