Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशभर पार्टीले ब्यहोरेको पराजयसँगै पार्टीको नेतृत्व, नीति र कार्यसम्पदानबारे गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिने बताएका छन् । रुपन्देही-२ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पौडेलले यसपटकको चुनावमा एमाले उम्मेदवारहरुको पराजय उनीहरुको व्यक्तिगत कारण नभएको बताए । पौडेल रास्वपाका सुलभ खरेलसँग ४० हजार बढी मतान्तरले पराजित भएका छन् । निर्वाचन आयोगले भने औपचारिक घोषणा गर्न बाँकी छ । बालेन शाहको प्रवेशपछि रास्वपाको पक्षमा आएको देशव्यापी लहरमा मतदाताले अन्य दलका उम्मेदवारको क्षमता, योगदान केही नहेरी चुनाव चिन्हलाई मात्रै हेरेर मतदान गर्दा अरु सबै दलका लागि प्रतिकूल नतिजा आएको बताए ।

Read More

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन् । निर्वाचन आयोगले खरेल विजयी भएको जनाएको छ । उनले निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् । त्यस्तै निकटतम् प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत मात्रै पाए । तेस्रोमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।

Read More

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक विजयी भएका छन् । लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् । यस्तै एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत ल्याए । यो क्षेत्रमा ८७ हजार २८ सदर र २ हजार ७९६ मत बदर भएको थियो । लामिछानेले यसअघि २०७९ र २०८० को उपनिर्वाचनमा यहीँ क्षेत्रबाट चुनाव जितेका थिए ।

Read More

काठमाडौँ: प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखाएको छ । शनिबार बिहानसम्म रास्वपाले १५ क्षेत्रमा जित निकाल्दा १०६ जनाले अग्रता कायम गरेका छन् । त्यसैगरी नेपाली कांग्रेस ४ क्षेत्रमा विजयी भएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई क्षेत्रमा विजयी भएको छ । कांग्रेसको अग्रता १० ठाउँमा देखिन्छ भने १३ ठाउँमा नेकपा अगाडि छ । नेकपा एमालेले एक ठाउँमा जित निकाल्दा १० क्षेत्रमा अगाडि छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले भने पाँच ठाउँमा अग्रता देखाएको छ ।

Read More

काठमाडौं: बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । निर्वाचन आयोगका अनुसार दिउँदो तीन बजेसम्म देशभरी ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।

Read More

काठमाडौँ: आज बिहान ७ बजेदेखि देशभरका १६५ मतदान केन्द्रमा मतदान जारी छ। यसैबिच नेपाल प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार बिहान ९ बजेसम्म ८ लाख ५० हजार मत खसेको छ। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको निर्वाचन आयोगले जनाएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्। केहीबेरअघि उनले काठमाडौँ–४ नम्बर क्षेत्रमा पर्ने मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रबाट मतदान गरेका उनको सचिवालयका सदस्य रविन मुडभरीले जानकारी दिए। कांग्रेस सभापति थापा सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्। मतदान गरेर थापा हेलिकप्टरमार्फत केहीबेरमै सर्लाही ४ जाने उनको सचिवालयले जनाएको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन्। मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको उनले बताइन्। तपाईंको नेतृत्वमा निर्वाचन भइरहेको छ, कस्तो लागिरहेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदै छ, म अत्यन्त खुसी छु।’ गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात् देशमा पहिलोपटक प्रतिनिधि सभा निर्वाचन भइरहेको हो। आन्दोलनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। उक्त सरकारको मुख्य जिम्मेवारी यही निर्वाचन गराउनु हो।

Read More

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् । घिसिङले काठमाडौँको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उनी काठमाडौँ-३ का उम्मेदवार हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेका बेला उनले पनि निर्धारित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

Read More

झापा । नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । उनले पार्टीको माहोल राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

Read More