Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको लागि खसी बोका र च्याङग्रा काठमाडौं ल्याएको छ। विभिन्न जिल्लाबाट खरिद गरेर आज काठमाडौं ल्याइएको हो। आज केही आइपुगेको र केही बाटोमा रहेकोले भोलि अर्थात् मंगलबार देखि बिक्री सुरु गरिने कम्पनीले जानाएको छ। कम्पनीले खसी बोका दाङ, मकवानपुर, नुवाकोट, तनहुँबाट खरिद गरेको हो भने च्यांग्रा जुम्ला र हुम्लाबाट ल्याएको हो। घटस्थापनाको दिनदेखि नै बिक्री गर्ने लक्ष्य लिएपनि बाटोको समय लम्बिएको कारण दुई दिन ढिला बिक्री सूरु गर्ने भएको छ। कति मूल्यमा बिक्री वितरण गरिने विषय तय नभएको कम्पनीको सूचना अधिकारी शर्मिला न्यौपाने सुबेदी बताउँछिन्। उनी भन्छिन्, ‘लागत मूल्य हरेर आज साँझसम्म मूल्य…

Read More

काठमाडौँ, २९ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको समृद्धि, समुन्नति र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्ने बताउनुभएको छ । ६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उहाँले मुलुकको आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले समग्र मुलुकको समृद्धि, कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिएको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सुनिश्चित गर्न चाडपर्वलगायत आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव हरेक पुस्ता र पिँढीका लागि प्रेरणाको स्रोतका रूपमा रहने उल्लेख गर्नुभयो । उहाँले साधन स्रोतको अभावमा पनि राज्यले सुम्पेको…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण…

Read More

काठमाडौं: इजरायलमा गत हप्ता भएको प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका दशमध्ये पाँच नेपालीको शव दूतावासलाई प्राप्त भएको छ। नेपाली दूतावास तेल अबिबले शव प्राप्त भएको र चाँडै नेपाल पठाइने जनाएको छ। दूतावासका अनुसार मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेश राज विष्ट र आशीष चौधरीको शव प्राप्त भएको छ। अन्य शव प्राप्त हुने क्रममा रहेको दूतावासले विज्ञप्तिमा जनाएको छ। घटनामा घाइते भएका चारमध्ये दुईको अस्पतालबाट डिस्चार्ज भएको र एक जना नेपाल फर्किएको पनि विज्ञप्तिमा जनाइएको छ। घाइते दूतावासकै हेरचाहमा रहेको र दुई जना उपचाररत रहेका छन्। सम्पर्कविहीन रहेका विपीन जोशीको खोजी कार्य जारी रहेको दूतावासले…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (२९ असोज) देखि नयाँ नोट सटही सुविधा दिँदैछ। नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो। राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएकोछ। विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्। राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्। काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको…

Read More

काठमाडौँ: यस वर्षको मनसुन गएराति नेपालबाट बाहिरिएको छ । नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकोमा यस वर्ष १३ दिन ढिलो बाहिरिएको छ । जेठ ३१ गते मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । अहिले नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ। दिउँसो देशको लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूर पश्चिम, कर्णाली र…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल र्कोरेसन आईओसीबाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

Read More

काठमाडौँ: हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गरिएको हो । विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजका दिनलाई घटस्थापना भन्ने गरिन्छ । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्नाका साथै विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको, महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्यको र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा…

Read More

काठमाडौँ: पशुसेवा विभागले काठमाडाँै उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्ने भएको छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वस्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले पशुपक्षीको स्वास्थ्य परीक्षणका लागि टोली परिचालन गर्ने भएको हो । उक्त टोलीले पशुपक्षीबाट नमूना सङ्कलन, रोग निदान र उपचार समेत गर्नेछ । विभागका महानिर्देशक डा उमेश दाहाले आज विज्ञप्ति जारी गरी कलङ्की खसी बजार, बल्खु कालिमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार, खाद्य संस्थान, लोकन्थली खसी बजार, साल्लाघारी च्याङ्ग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल, आकाशे धारा, थानकोट, दहचोक, मूलपानीमा टोली परिचालित हुने जानकारी दिनुभयो । नमूना सङ्कलनपछि स्वस्थ्य देखिएमा…

Read More

विराटनगर: कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् । कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको सहयोगमा मन्त्री बन्न सफल भएका हुन् ।

Read More