Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
गोदावरी (कैलाली): सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदुरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही रु दुई लाख दिने घोषणा गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गर्नुभएको हो । मुुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना समेतव्यक्त गर्नुभएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री शाहले खोजी र उद्धार र शव फिर्ता ल्याउन दुवै देशका सरकारसँग अनुरोधसमेत गर्नुभएको छ । इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी सुदूरपश्चिम प्रदेशबाट अध्ययनका लागि गएका सात जना विद्यार्थीले ज्यान गुमाएको पुष्टि भइसकेको छ । उनीहरु सुदूरपश्चिम विश्वविद्यालको कृषि…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रलाई चलायमान बनाउँदै सही बाटोमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन आवश्यक रहेको बताउनुभएको छ ।काठमाडौँमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित रियल स्टेट व्यवसायी वृहत भेला २०८० लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले सबै मिलेर आम उपभोक्ताको आत्मविश्वास बढाउनुपर्ने बताउनुभयो ।“अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिए पनि आम उपभोक्ताको आत्मविश्वास बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । अर्थतन्त्र चलायमान बनाउन र सही ट्रयाकमा ल्याउन आम उपभोक्ताको आत्मविश्वास बढाउन जरुरी हुन्छ । यसमा अर्थतन्त्रका सबै सरोकारवाला मिलेर अगाडि बढ्नुपर्छ, ” उहाँले भन्नुभयो ।उहाँले आम उपभोक्ताको कन्फिडेन्स बढाउँदै अर्थतन्त्रलाई…
काठमाडौँ: सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको जनाएको छ । शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ । इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र…
काठमाडौँ: दसैंमा घर जानका लागि लामो तथा मध्यम दुरीको बसको टिकट बुकिङ आजबाट खुलेको छ। टिकट बुकिङ खुलेसँगै नयाँ बसपार्कका काउन्टरमा टिकट काट्नेको एकाबिहानैबाट भिड लागेको छ। टिकट बुकिङको लागि मानिसहरु बिहानैबाट लाइन लाग्ने गर्छन्। तीन/चार घण्टा लाइनमा बसेर टिकट बुकिङ गर्नुपर्ने बाध्यता रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन्। यसअघि बससेवा डटकमको एपबाट आजबाटै टिकट काट्न सकिने बताइएको थियो। यद्यपि, अनलाइन टिकट बुकिङले काम नगरेको कतिपय सेवाग्राहीको गुनासो छ। प्रमुख रुपमा नयाँ बसपार्कमा तथा पुरानो बसपार्की, कोटेश्वर, कलंकी, चाबहिल, सुन्धारा, सातदोबाटोलागयत क्षेत्रमा पनि टिकट बुकिङ गर्न सकिने नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ। महासंघले सडकको अवस्था लगायतका विषय उठाएर टिकटको अग्रिम…
काठमाडौँ: असोज २९ गतेबाट दसैंको लागि नयाँ नोट साट्न पाइने भएको छ। राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै उक्त दिनदेखि नयाँ नोट साटिने उल्लेख गरेको छ। दसैंको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ। सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन्। दसैंको लागि मात्रै राष्ट्र बैंकले करिब १० अर्बभन्दा बढी रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। विगतका दसैंहरूमा सात/आठ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो। यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश…
काठमाडौं: विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । आइतबार बसेको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राइले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुला भएको छ । सभामुख देवराज घिमिरेका अनुसार ७२ घण्टाभित्र सांसदहरुले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् । विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै शिक्षामन्त्री राईले संविधान अनुसार विधेयक ल्याइएको बताए । संविधानमा आधारभुत शिक्षा निशुल्क र अनिवर्ष भनिएको छ भने माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने भनिएको छ…
काठमाडौं: झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो । तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारको ठहर छ । विशेष अदालत, काठमाडौंमा आइतबार…
राष्टिय समाचार समिति (रासस)काठमाडौँ, २१ असोज : तीन वर्ष पहिले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क’ अहिलेको संरचनाभन्दा केहीमाथि सार्नुपर्ने भएको छ । निर्माणाधीन ‘हेडवर्क’ मा तीन वर्ष पहिले बाढीले क्षति पुर्याएको थियो । हेडवर्क भने सम्पन्न नहुँदै बाढीका कारण क्षतिग्रस्त भएको आयोजना कार्यालयले जनाएको छ । हेडवर्क प्रयोग गर्न नमिलेपछि यसअघि आयोजनाले अस्थायी बाँधमार्फत पानी ल्याउने गरेको थियो ।
काठमाडौं: प्यालेस्टाइनी लडाकू समूह हमासले गरेको श्रृङ्खलाबद्ध आक्रमणपछि दक्षिणी इजरायलमा केही नेपाली हताहत भएको हुनसक्ने सरकारले बताएको छ । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार ४ हजार ५०० नेपाली इजरायलमा केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए । सूप विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने स्थानमा अध्ययनरत थिए । नेपाली दूतावासका अनुसार गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको छ । मन्त्री साउदका अनुसार १७…
काठमाडौं: लुम्बिनी केबलकार लिमिटेडले दसैं, तिहार, नेपाल सम्वत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ। आइतबारदेखि लागु भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको छ।। अब शनिबारबाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। नेपालीहरुका महान चाडपर्वका अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए। टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेशनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट पनि दिने उनले बताए। चाडपर्वमा सर्वसाधारण परिवारसहित केबलकार चढ्न र…
