Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको चारदिने औपचारिक नेपाल भ्रमणबाट राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायसँग नेपालको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । महासचिव गुटेरेससँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको औपचारिक भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध विस्तार तथा सहजीकरण गर्न यो भ्रमणले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उक्त छलफल नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, अल्पविकसित मुलुकबाट स्तरोन्नति र दिगो विकासलगायतका विषयमा केन्द्रित भएको प्रधानमन्त्री दाहालले बताए। ‘निकै सौहार्दपूर्ण वातावरणमा दुईपक्षीय हितका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयमा विश्वासका साथ हामीले छलफल गर्यौँ । मुख्यरुपमा जलवायु परिवर्तनको विषयमा गम्भीररुपमा…
काठमाडौँ: चालु आर्थिक वर्ष २०८०/८१ को तीन महीना अर्थात असोज मसान्तसम्ममा मुलुकले ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ वैदेशिक व्यापार घाटा ब्यहोरेको छ । निर्यात घटेर आयात बढ्दा मुलुकको ब्यापार घाटा २.१५ प्रतिशतले वृद्धि भएको हो । गत आवको तीन महिनामा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँको वैदेशिक व्यापार घाटा भएको थियो । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि असोजसम्मका तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको माल वस्तु आयात भएको छ । यो आयात अघिल्लो आवको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले धेरै हो । आव…
काठमाडौं: भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत मन्त्रालययले गत ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२५ देखि २०२९–३०सम्मका लागि नविकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत, वितरित र अन्य नविकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ । भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनीहरु र खरिदकर्ताहरुका लागि अनिवार्य जलविद्युत खरिद (एचपिओ)को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत आयोजनाहरुबाट खरिद गरिएको विद्युत्लाई पनि नविकरणीय ऊर्जा खपत अंशमा राख्ने पाउने व्यवस्था गरेको…
काठमाडौं: मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार (पीके) सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ । भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको मृत्यु भएको मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो । हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न सोलुखुम्बुको लुक्लाबाट लोबुचे जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेर आगलागी भएको थियो । हेलिकप्टरमा क्याप्टेन सेढाईंमात्र थिए । दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो…
काठमाडौं: दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् । नेपाल…
काठमाडौँ: आफ्नो संस्थापन पार्टी परित्याग गरेर अहिले राजेन्द्र लिङ्ग्देनको राप्रपा प्रवेश गरेका रबिन्द्र मिश्र आज बडा दशैंको मुख्य दिन पूर्वा राजा ज्ञानेन्द्र शाहको हातबाट टिका ग्रहण गर्न जाने भएका छन् । सामाजिक संजाल ट्विटरमा एक पोस्ट गर्दै उनले सो को घोषणा गरेका हुन्। उनले टिका लगाउन जानुको ७ कारण समेत पेश गरेका छन्।हो, जाँदैछु, जीवनमा पहिलो पटकराजाको हातबाट टिका लगाउँदैछु! पाँच कारण दिँदै राष्ट्रपतिको हातबाट टिका नलगाउन हिजो आग्रह गरेपछि, कतिपयले सोधे: राजासँग टिका लगाउन जाने हो त? उत्तर: हो, जाँदैछु –छोटकरीमा भन्दा, सात कारणले जाँदैछु। १। गणतन्त्रको नाममा धेरै कुकर्म सहियो तर “राष्ट्र र राज्य”को क्रमिक र डरलाग्दो क्षयीकरण…
काठमाडौं: यू–१९ प्रिमियर कपको फाइनलमा नेपालका कप्तान देव खनालले शतक बनाएका छन् । मलेसियाको बायोमास ओभलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ थालेको नेपालको सुरुवात खराब थियो । १४ रन जोड्दा २ विकेट गुमाएको नेपालका लागि खनालले कप्तानी पारी खेले । तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरे । २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए । पाँचौं नम्बरमा आएका विकेटपिकर ब्याट्सम्यान उत्तम थापा मगरले साथ दिएपछि खनालले शतक पुरा गरे । ९० बलमा १०० रन पुरा गरेका उनी थप दुई बल फेस गरेर आउट भए । ४० ओभरको खेल सकिंदा नेपालको अहिले ४ विकेटको क्षतिमा २२० रनमा…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गरेका छन् । दशैंको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कामना गरेका हुन् । उनको शुभकामना सन्देशमा लेखिएको छ, ‘अशान्त हुन थालेको विश्वमा विजयादशमीले शान्ति ल्याउन् साथै, यस अवसरमा म मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गर्दछु ।’ राष्ट्रपति पौडेलले राष्ट्र कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायीत्व, सुशासन र समृद्धिको समेत कामना गरेका छन् । उनले देश विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुवास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना पनि दिएका छन् । यसैगरी उपराष्ट्रपति रामसहाय प्रसाद यादवले…
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसामु विद्यमान चुनौतीको सामना गर्न राष्ट्रिय एकताका पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाउन आह्वान गरेका छन् । विजया दशमीको शुभकामना सन्देश दिँदै उनले देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी रहेको बताएका छन् । ‘नेपाली जनताले युगौँदेखि साँच्दै आएको सुशासन, सामाजिक न्याय र समृद्धिको सपना पूरा गर्न ढृढतापूर्वक अघि बढ्नैपर्छ । यसका लागि जस्तोसुकै कठिनाइ आए पनि देशलाई समृद्धितर्फ लैजान हामीभित्र सकारात्मक र सिर्जनात्मक सोचको विकास हुन जरुरी छ’ उनको शुभकामना सन्देशमा लेखिएको छ । प्रधानमन्त्री प्रचण्डले नेपाली समाजलाई समुन्नत बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धतासहित सामाजिक…
काठमाडौं: नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य देवमणि भट्टराईले टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ । दुर्गा बिसर्जन गर्नका लागि समितिले १० बजेट ३७ मिनेटको साइत तोकिदिएको छ । कसैलाई टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि…
