Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी १५ बलमै एक छक्का र ६ चौका प्रहार गर्दै ४० रनमा अविजित रहे । आजको खेलमा आशिफबाहेक पहिलो क्रमका ब्याट्सम्यान भने चलेनन् । कुशल भुर्तेल एक, सोमपाल कामी दुई र कुशल मल्ल शून्य रनमै आउट भए ।

Read More

काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको साताँै दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो ।

Read More

पोखरा : गोरखा दरबारबाट यसपालिको फूलपाती काठमाडौँस्थित दरबार हेरचाह अड्डामा पठाइएको छ । पहिले नुवाकोट हुँदै हिँडाएर लगिने डोली आजभोलि गाडीमा चढाएर पठाउन थालिएको छ । बा२झ २१२८ नम्बरको सरकारी गाडीमा राखेर चालक सहित ३ जनालाई जिम्मा लगाएर डोली पठाइएको दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । उनका अनुसार गोरखाबाट गएको टोलीले हनुमान ढोकाबाट जीवनपुर हुँदै आएको टोलीलाई भेटेर हस्तान्तरण गर्नेछ र उक्त टोली गोरखा फर्किने छ । ‘यो परम्परा निकै पुरानो छ । पृथ्वी नारायण शाहले काठमाडौँ एकीकरण गरेपछि गोरखाको संस्कार संस्कृति जोगाउनका लागि र त्यसबाट शक्ति आर्जन हुने विश्वासका साथ फूलपातीको डोली नियमित काठमाडौँ पठाउन थालिएको हो,’…

Read More

काठमाडौँ, ४ कात्तिक : उन्नाइस वर्षमुनि (यू–१९) नेपाली राष्ट्रिय क्रिकेट टोलीले जापानलाई पराजित गर्दै एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

Read More

काठमाडौँ । विवादका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएको हो । यसअघि निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गरेका थिए । शुक्रबार नै श्रेष्ठ र शर्मा पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दिनुका साथै यसबारे छानबिनका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पनि निवेदन दिएको थियो । उनीहरुले अध्यक्ष बद्री केसीले भेरो नामक विद्युतीय भोटिङ मेसिनको दुरुपयोग गरेर निर्वाचन आफ्नो पक्षमा पारेको आरोप लगाएका छन् । निर्वाचनमा केसी अध्यक्षमा विजयी भएका थिए ।शुक्रबार नै…

Read More

काठमाडौँ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा देखिएको विवादसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन भएको छ । निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ एनआरएनएको औपचारिक घोषणा गर्न लागेका छन् । राजधानीको होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठसहितको एनआरएनएहरुको भेलाले नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेको हो । एनआरएनएका उपाध्यक्ष डीबी क्षेत्रीले महेश श्रेष्ठसमेतको समर्थनमा आरके शर्मालाई नयाँ अध्यक्ष चयन गर्न लागिएको रातोपाटीलाई बताए । निर्वाचनमा धाँधली गरेर बद्री केसीलाई अध्यक्ष बनाउने कार्य भएको तथा त्यो कार्य आपत्तिजनक भएको असन्तुष्ट समूहको भनाइ छ । शुक्रबार मात्रै तीन जना अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले…

Read More

काठमाडौँ: त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले शनिवार खेलिएको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराएको हो । टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रनको विशाल योगफल तयार पारेको थियो । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा ठुलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली हङकङले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रनमात्र बनाउन सक्यो । जारी प्रतियोगितामा नेपालको यो तेस्रो जित हो भने हङकङको दोस्रो हार । यसअघि नेपालले आफ्नो पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई सात विकेटले पराजित गरेको थियो ।…

Read More

काठमाडौँ, ४ कात्तिक : सार्वजनिक खरिद सुधारका लागि सार्वजनिक खरिद व्यवस्थापन परीक्षण प्रणाली म्याप्स अर्थात् मेथोडोलजी फर पब्लिक प्रोक्युरमेन्ट एसेसमेन्ट प्रयोगमा ल्याईँदैछ । सार्वजनिक खरिद अनुगमन कार्यालयले अघि सारेको यो प्रणाली बजेटको सफल कार्यान्वयन र जनअपेक्षाको सम्बोधन गर्ने एउटा महत्त्वपूर्ण संयन्त्र हो । बजेटले मुलतः विकास निर्माणका सम्भावनालाई उजागर गर्दै सफल कार्यान्वयनमा नीतिगत, कार्यगत, प्रक्रियागत, व्यवस्थापकीय विषयको प्रभावकारिताका अतिरिक्त विनियोजित बजेटको खर्च गर्ने क्षमतामा अभिवृद्धि गरी अपेक्षित उपलब्धि हासिल गर्ने उद्देश्य राखेको हुन्छ । सार्वजनिक खरिद प्रणाली त्यसका लागि प्रभावकारी हुनुपर्ने र तदनुरुपको खरिद सुधार प्रणाली अवलम्बन गर्न लागिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले बताउनुभयो । सार्वजनिक…

Read More

काठमाडौँ, ४ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबैखाले विकृति, विसङ्गति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । बडादसैँको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामथ्र्य प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यो पर्व सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि हो ।” राष्ट्रपति पौडेलले मुलुकमा परम्परागतरूपमा हर्षोल्लासपूर्वक मनाउने गरिएका यस्ता चाडपर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको हाम्रो मौलिकतालाई थप सुदृढ गर्नुका साथै…

Read More

काठमाडौँ, ४ कात्तिक : बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । नवरात्रका नौ दिन…

Read More