Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु गरिँदैछ । मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ । बुधबार बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७:१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार…
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कार्बन उत्सर्जन सन् २०४५ भित्र शून्यमा पुर्याउने लक्ष्य राखेको बताएका छन् । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जन शून्य पार्ने प्रतिबद्धता जनाएका हुन् । जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) लाई स्कटल्याण्डको ग्लास्गोमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिनप्रतिदिन प्रभावित हुँदै गएकाले यसको संवेदनशीलताप्रति विश्व समुदाय चिन्तित हुनुपर्ने बताए । उनले हिमाली क्षेत्रको विशिष्ट जलवायु संकटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय अजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरे । नेपालले आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी…
सुर्खेत: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले ३ वर्ष ८ महिनापछि राजीनामा दिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । गठबन्धनमा मुख्यमन्त्री अब नेपाली कांग्रेसले लिने सहमति भएको छ । सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकारले गरेका कामको विवरण प्रस्तुत गरे र राजीनामा घोषणा गरे । मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको बताए । आफूले दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त…
काठमाडौँ: चन्द्रागिरि उद्योग वाणिज्य सङ्घका अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न सङ्घको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले उपाध्यक्षद्वयमा सुनिल रिजाल, विष्णु शाही, महासचिवमा घनश्याम लुइँटेल, सचिवद्वयमा रमेश कार्की र गीतादेवी भुसाल, कोषाध्यक्षमा राम थापा र सहकोषाध्यक्षमा अनिलकुमार बरालसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीले अधिवेशनको शुभारम्भ गर्दै समृद्ध नगरपालिका बनाउन नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाबाट व्यवसायका क्षेत्रमा परेको असरलाई माथि उठाउन नगरपालिकाले सक्दो सहयोग घोषणा गरेको छ । लगानीमैत्री वातावरण तयार र निजी क्षेत्रको थप प्रवद्र्धन गर्न नगरपालिकाले ध्यान दिएको छ ।” सङ्घको निवर्तमान…
नवीन लामिछाने मनाङ, १५ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउनुहुने भएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिनुभयो । “मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्नुहुने छ । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उहाँले अवलोकन गर्नुहुने प्रजिअ आचार्यले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिनुहुने बताइएको छ । यस…
बलेवा, १५ कात्तिक (रासस) ः दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्नुहुन्छ । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको उहाँको गोठमा बाँधिएका दुई दुहुना भैँसी उहाँका आम्दानीका स्रोत हुन् । दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उहाँको गाउँका किसान उत्साहित छन् । दक्षिण बागलुङमा भनाइ छ, ‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू !’ धुल्लुबास्कोटका धेरै किसानले रसिलो अर्थात् धेरै दूध दिने भैँसी पाल्छन् । वन तथा चरन क्षेत्र राम्रो रहेकाले यहाँ पाडापाडी हुर्काउने चलन पनि छ । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दूध, पाडापाडी र मकैबाली हो ।…
काठमाडौँ, १५ कात्तिक (रासस) : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी एण्ड सेक्युरिटी विभाग प्रमुख रहनुभएका गुरागाईँलाई विमानस्थल प्रमुखको जिम्मेवारी दिएको हो । प्राधिकरणले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई सरुवा गरी कर्मचारी प्रशिक्षण प्रतिष्ठान प्रमुखको जिम्मेवारी दिएको छ । हाल प्रतिष्ठान प्रमुख रहनुभएका देवचन्द्रलाल कर्णलाई प्राधिकरणमा ल्याइएको छ । जिम्मेवारी हेरफेर आजैबाट लागू हुने प्राधिकरणले जनाएको छ । एक साताअघि प्राधिकरणको महानिर्देशक बन्नुभएका राजकुमार क्षेत्रीले विभिन्न विभागमा जिम्मेवारी हेरफेर गर्नुभएको छ । यसअघि प्राधिकरणका निर्वतमान महानिर्देशक राजन पोखरेलले प्राधिकरणबाट बाहिरिने क्रममा कर्मचारीको सरुवा गर्नुभएको थियो । मन्त्रिपरिषद्को यही कात्तिक ९ गते…
काठमाडौँ, १५ कात्तिक (रासस) ः नेपाल राष्ट्र बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले आज ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकले ९१ दिन अवधिको रु १० करोड बराबरको र ३६४ दिन अवधिको रु एक अर्ब ५६ करोडको गरी कूल रु एक अर्ब ६६ करोडको टे«जरी बिल सोमबार जारी गर्न लागेको हो । बैंकले आइतबार जारी गरेको सूचनाअनुसार ९१ दिने टे«जरी आगामी माघ १८ गते परिपक्व हुनेछ भने ३६४ दिने टे«जरी २०७९ कात्तिक १५ मा परिपक्व हुनेछ । यसअघि यही कात्तिक ८ मा बैंकले रु…
काठमाडौँ:अर्थमन्त्री जनार्दन शर्माले सरकारी स्वामित्वमा रहेका बन्द उद्योग सञ्चालनमा ल्याएर युवामा रोजगार सिर्जना गर्ने बताएका छन। आइतबार हेटौँडामा वाइसिएल हेटौँडाको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले बन्द रहेका हेटौँडाको कपडा उद्योग, गोर्खाको टायर उद्योग, जनकपुरको चुरोट कारखानालगायत दर्जनौँ उद्योग सरकारले पुनःसञ्चालनमा ल्याएर हजारौँ युवालाई रोजगार दिने सरकारको योजना रहेको सुनाए । विद्यार्थीलाई पढाई सकिँदासम्म उद्यमी, व्यवसायी र प्राविधिक बनाइसक्ने योजनाअनुरुप सरकारले ‘कमाउँदै, पढ्दै’ योजना ल्याएको मन्त्री शर्माको भनाइ छ । यसैगरी घाइतेलाई उपचार, अतिविपन्न परिवारलाई तिहारलगत्तै रु १० हजार दिने योजना सरकारको रहेको उनले बताए । यसका साथै भर्खरै गएको बाढीले धानबाली नष्ट भएकामा किसानको खेतीअनुसार सरकारले ६५ प्रतिशतसम्म राहतको व्यवस्था…
जनकपुरधाम: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको ब्याख्या अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री भएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले देउवा सेटिङमा प्रधानमन्त्री भएको कुुरा आफूले नमान्ने बताए । शेरबहादुर देउवा सेटिङमा प्रधानमन्त्री बनेको भन्ने प्रश्नमा पौडेलले भने, ‘उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन ।’ असार २८ गते सर्वोच्चको परमादेश पछि काँग्रेस सभापति…
